बिहिबार , बैसाख १३, २०८१

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जति षड्यन्त्र गरे पनि चितवन माओवादीको किल्ला भएको बताएका छन्। शनिबार रौतहटको कटहरीमा भएको जनसभामा अध्यक्ष प्रचण्डले आफू र माओवादीलाई क्षति पुर्याउने लक्ष्यका साथ एमालेले चितवनमा महाधिवेशन गर्न लागे पनि त्यो सम्भव नभएको बताएका हुन्।

 

आफू र माओवादीलाई सिध्याउन भन्दै एमालेले सम्पूर्ण शक्ति चितवनमा केन्द्रित गरे पनि माओवादीलाई हराउन सक्ने तागत एमालेसँग नभएको जिकीर गरे। अध्यक्ष प्रचण्डले चितवनमा माओवादीलाई कमजोर बनाउने एमालेको योजनालाई त्यहाँका नागरिकले सफल हुन नदिने बताए।

 

आउँदो चुनावमा माओवादी केन्द्रले २०६४ सालमा जस्तै विजयी प्राप्त गरेर पहिलो दल बन्ने सम्भावना देखेको प्रचण्डको भनाई थियो। देशमा संघीयता, गणतन्त्र, पछि परेका समूदाय, मधेसी लगायतलाई अधिकार दिलाउने काम माओवादीले नै गरेकाले चुनावमा त्यसको गुन तिर्न प्रचण्डले आग्रह गरे।

 

माओवादी केन्द्र र ४ दलबीच एकताका लागि हस्ताक्षर, माओवादी अब एमालेभन्दा ठूलो दल !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ दलसँग माओवादीको एकता हुन लागेको बताएका छन् । उनको नयाँ खुलासाले राजनीति वृतमा चर्चा पाएको हो । यो खुलासाले नेकपा एमालेलाई धक्का लागेको छ ।

 

सत्तारुढ गठबन्धनमा रहेका चार पार्टीबीच आउँदो चुनावमा गठबन्धन गर्ने समझदारी भएको खुलासा गरेका हुन् । बिहीबार चितवनमा आयोजित कार्यक्रममा उनले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच आगामी चुनावमा गठबन्धन हुने बताएका हुन् ।

 

‘हामी, एकीकृत समाजवादी, उपेन्द्र यादवको जसपा र मोहनबिक्रम सिंहको पार्टीबीच अहिले नै गठबन्धन बन्ने कुरामा प्रतिवद्धता पनि छौँ र आधार छ’ उनले भने, ‘कांग्रेससँग जहाँ निरंकुश प्रवृत्ति, प्रतिगामी प्रवृत्ति हावी हुन्छन् ।’

 

‘जहाँ तिनीहरु अलि बलियो छन् । त्यो ठाउँमा हामीले कांग्रेससँग सिट एडजस्टमेन्ट गर्ने बाँकी ठाउँमा प्रतिस्पर्धा गर्ने र गठबन्धनलाई कायम राख्ने भन्ने केन्द्रीय स्तरमा समझदारी छ’ उनले भने ।

 

प्रचण्डले आउँदो चुनावमा यसरी गठबन्धन गर्न सकेमा देशको एक नम्बर मोर्चा बन्ने र राजनीतिक नेतृत्व आफूहरुको हातमा आउने बताए । उनले पार्टीको वैचारिक, सांगठनिक स्थिति मजबुत बनाउन कार्यकर्तालाई निर्देशन दिए । ‘जनतासँगको सम्बन्ध मजबुत बनाउन सकेनौं भने मोर्चाबाट मात्र सफलता प्राप्त गर्न सकिँदैन’ प्रचण्डले भने ।

 

कांग्रेसका नेताहरुले गठबन्धनमा चुनाव नलड्ने बताइरहेका बेलामा प्रचण्डले त्यसैलाई बल पुग्ने कुरा गरेपछि राजनीतिले नयाँ मोड लिएको छ । अब देशमा त्रिपक्षीय भिडन्त हुने भएको छ । आगामी निर्वाचनमा एमाले, कांग्रेस र माओवादीबीच तिब्र प्रतिशपर्धा हुने छ ।

 

यो पनि, कांग्रेसका शीर्ष नेतालाई टिकट सुनिश्चित गर्ने विकल्पको खोजी

सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि चार नीतिगत आधार तय गरेको छ । जसमध्ये एक हो, प्रतिनिधिसभा निर्वाचन २०७४ को प्रत्यक्ष निर्वाचन । २०७४ मा प्रत्यक्षतर्फ गठबन्धनमा आवद्ध दल जहाँ जितेको छ, त्यो सिटमा स्वतः दाबी रहने कार्यदलमा रहेका नेताहरुले बताएका छन् ।

 

तर यो सहमति गर्दा सत्तारुढ दलका प्रमुख नेताहरुले नै टिकट नपाउने अवस्था देखिन्छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ-१ मा नेकपा एमालेबाट कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए ।

 

श्रेष्ठ हाल सत्तारुढ गठबन्धनमा रहेको दल एकीकृत समाजवादीमा छन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा-१ मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए । अरु नेताहरुको पनि यस्तै अवस्था छ ।

 

यस्ता क्षेत्रहरुको कसरी बाँडफाँट गर्ने भनेर विकल्पबारे छलफल सुरु भएको कार्यदलका एक सदस्य बताउँछन् ।‘कांग्रेसका कतिपय नेताहरुलाई टिकट नदिई भएको छैन, तर उहाँको निर्वाचन क्षेत्रमा अघिल्लो पटक गठबन्धनकै अर्को दलका उम्मेदवार विजयी भएका छन्’, ती सदस्य भन्छन्, ‘माओवादीतर्फ पनि त्यस्ता निर्वाचन क्षेत्रहरु होलान् ।’

 

दलहरुको आफ्नो अप्ठ्यारो बुझ्न गठबन्धनमा आवद्ध दलहरुबीच द्विपक्षीय सम्वाद गर्ने सहमति भएको छ । ‘अघिल्लोपटक जितेका केही ठाउँमा त्यही दलका उम्मेदवार नहुन पनि सक्छन् ।

 

कांग्रेसमा धेरै आकांक्षी छन्’, कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले भने, ‘कांग्रेसका माथिल्लो तहका नेताहरुको व्यवस्थापनको चुनौती छ । तर, अरु दलले अघिल्लोपटक जितेको क्षेत्र संख्या घट्दैन ।’

 

 

 

धेरै आकांक्षी छन्’, कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले भने, ‘कांग्रेसका माथिल्लो तहका नेताहरुको व्यवस्थापनको चुनौती छ । तर, अरु दलले अघिल्लोपटक जितेको क्षेत्र संख्या घट्दैन ।’

 

बिहीबारको बैठकमा संसदमा रहेको दलहरुको संख्या, स्थानीय निर्वाचन २०७९ को जनमत र पार्टीको संवेदनशीलता लगायतलाई आधार बनाउने नीतिगत समझदारी भएको छ ।

 

२०७९ को स्थानीय चुनावमा कांग्रेसले ३४.३ प्रतिशत मत पाएको छ भने माओवादीले १३, जसपाले ५, एकीकृत समाजवादीले ३.७ मत पाएको छ ।

 

 

हालको संसदमा कांग्रेसका ६३, माओवादी केन्द्रका ५०, एकीकृत समाजवादीका २४, जसपाका १३ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् ।

 

प्रत्यक्षतर्फ माओवादीले ३६, एकीकृत समाजवादीले १२ (तत्कालीन समयमा एमालेबाट), जसपाले ८ र जनमोर्चाले १ सिट जितेको थियो ।त्यसमा थप क्षेत्र बढाउने उनीहरुको बल हुनेछ ।

 

 

कांग्रेस नेताहरुले भने ९० देखि १०० सिट आफ्नो दलले पाउनुपर्ने कर्त गर्दै आएका छन् । यद्यपि कार्यदलमा यसरी छलफल भइसकेको छैन ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय