शुक्रबार , चैत्र १६, २०८०

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाट निर्वाचन लड्ने घोषणा गरेका छन् । काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।

 

उनले ट्वीटरमा लेखेका छन्, ‘काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’

 

 

अघिल्लो निर्वाचनमा उनी झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए । तर नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

 

उनि लेख्छन

फेरि प्रस्ट्याउँ – वाग्मतीको किनारलाई श्रद्धापुर्वक ढोग्ने हो l तर मान्छे म मेची र निन्दा किनारकै हो !

 

काठमाडौ ५ मा चुनाव प्रचारमा पुग्नेछुनै l तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु l प्रेम उता घरजम यता कुरै हुन्न l

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय