शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको एक मन्त्रीले बताए । श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवका अनुसार बैठक शुरु भए लगत्तै प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाएर हिडेका छन् ।

यसअघि पनि बिभिन्न अध्यादेश ल्याई सरकारमा हलचल मचाईरहेका बेला आजको यो निर्णय ले भने ठुलै राजनीतिक हलचल मच्चिने निश्चित भएको छ ।

नेकपाका अर्का अध्यक्ष प्रचण्ड बालुवाटारमै रहेका बेला संसद बिघटनको सिफारिस भएको हो । प्रधानमन्त्री निस्केपछि मन्त्रीहरु आश्चर्यमा पर्दै आपसमा छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय