बिहिबार , चैत्र १५, २०८०

नेपाल समाजवादी पार्टीका नेता डम्बर खतिवडाले डा. बाबुराम भट्टराईको साथ छाडेका छन्।

 

 

उनले नेसपा–माओवादी एउटै चुनाव चिन्हबाट लड्ने निर्णयसँगै आफ्नो साधारण सदस्यता समेत परित्याग गरेको जनाएका छन् ।सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता खतिवडाले भनेका छन्,

 

 

 

‘करिब ८ बर्षको सहकार्यका लागि डा बाबुराम भट्टराई र साथै करिब ३ बर्षको सहकार्यका लागि उपेन्द्र यादव र उहाँहरुको टिमप्रति आभारी छु। आजबाट जसपा–नेसपा लफडाबाट पुर्णतः मुक्त छु।

 

 

 

’माओवादी परित्याग गरेसँगै भट्टराईलाई साथ दिएका खतिवडाले आज पार्टी परित्यागको घोषणा गरेका हुन्।त्यस्तै उता चार दशकदेखि बाबुराम भट्टराईको साथ नछोडेका कपिलवस्तुका नारायणप्रसाद खनालले माओवादीबाट चुनाव लड्ने भट्टराईको निर्णयले ठूलो धोका भएको बताएका छन् ।

 

 

 

वैकल्पिक राजनीतिक शक्ति बनाउन यति ठूलो लगानी गराएर बीचमै आफ्नो स्वार्थ पूरा गर्न अलपत्र पारेको खनालको गुनासो छ ।

 

रुपन्देहीका मनिकर कार्कीले पनि बाबुरामको साथ छाडेको घोषणा गरेका छन् । खनाल र कार्की दुवैले सामाजिक सन्जालमार्फत भट्टराईसँग अलगिएको जानकारी गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय