बुधबार , बैसाख १२, २०८१

काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन्।

 

सामाजिक सञ्जालमा हिलाम्य सडकको भिडियोसहित उनी लेख्छन्, ‘श्रीमान प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’त्यसो त मेयर बालेनप्रति माओवादी केन्द्रका युवा नेता तथा उपराष्ट्रपति पुत्र दिपेश पुन खनिएका छन्।

 

उनी अखिल क्रान्तिकारीका महासचिव समेत हुन्। आफ्नो असक्षमता लुकाउन बालेनले प्रचण्डमाथि निशाना साँधेको भन्दै आक्रोशित बनेका छन्।

 

‘बालेन्द्रजी काम गर्न कति गाह्रो रहेछ यो देशमा राम्रोसँग बुझ्नु भयो। अब प्रचण्डलाई गाली गरेर रमाउनुस्,’ उनले भनेका छन्, ‘अँ साँच्ची तपाईंलाई दाह्री काट्न नदिएको पनि प्रचण्डले नै हो कि!’महासचिव पुनले माओवादी सरकारले ल्याइदिएको बिजुलीबाट वाईफाई चलाएर प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गरेको जिकिर गरेका छन्।

 

आजकल क्या गज्जबको हावा चलेको छ। आफ्नो असक्षमता लुकाउन प्रचण्डको नाम लिएर विषयान्तर गर्दियो आनन्द। माओवादीले काठमाडौं उपत्यकामा बाटो फराकिलो नबनाइदिएको भए। आजकल काठमाडौंका फराकिला बाटाह?मा थुप्रिएका फोहोर बालेन्द्रले कहाँ लगेर राख्थे होला?’

 

र यो पनि

बालेन शाहलाई फोहोर आफै बोकेर बन्चरे डाँडा पुग्न हर्क साम्पाङको आग्रह (हेर्नुहोस भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

 

यो पनि पढ्नुहोस: बाबुरामजी र म एकठाउँमा उभियौँ, अब कसैले रोकेर रोकिँदैन: प्रचण्ड

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू र नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई एक ठाउँमा उभिएको बताएका छन्। अब एक ठाउँमा उभिन आफूहरुलाई कसैले रोक्न नसक्ने पनि प्रचण्डले बताए।

 

‘बाबुरामजी र प्रचण्डसँगै उभिने कुरा धेरै ठूलो अर्थ छ । हामी उभियौँ अब। अब कसैले रोकेर रोकिँदैन’, प्रचण्डले मंगलबार सञ्चारकर्मीहरुसँग भने, ‘त्यो ठूलो कुरा हो भनेर म भन्न चाहान्छु।’ यद्यपि आजनै पार्टी एकता भने नभएको उल्लेख गर्दै प्रचण्डले चुनाव पछाडि एउटै केन्द्र बनाउने भन्ने समझदारी भएको बताए।

 

‘अहिले चुनाव चिह्न, घोषणापत्र, उम्मेदवार साझा हुने भएपछि हामी एक ठाउँमा उभियौँ’, प्रचण्डले भने, ‘यसले नेपालको राजनीति र परिवर्तनलाई संस्थागत गर्ने कुरामा, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने कुरामा पनि निकै ठूलो महत्व छ।’

 

उनले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने बताए। ‘एकता चुनावअघि सम्भव छैन। तर चुनावपछि चाहिँ नेकपा वा त्यसको पछाडि समाजवादी वा अरु केही हुनसक्छ’, प्रचण्डले भने। उनले निर्वाचन आयोगमा माओवादी र नेसपाले संयुक्त रुपमा पार्टी दर्ता गराएपछि बाबुरामलगायतसँग फेरि बैठक बसेर मिलेर जाने विषयमा गम्भीर छलफल भएको पनि बताए।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय