शनिबार , बैसाख ८, २०८१

काठमाडौं महानगरका मेयर बालेन शाहले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आक्रोश पोखेका छन्।

 

सामाजिक सञ्जालमा हिलाम्य सडकको भिडियोसहित उनी लेख्छन्, ‘श्रीमान प्रचण्डज्यू! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर।’त्यसो त मेयर बालेनप्रति माओवादी केन्द्रका युवा नेता तथा उपराष्ट्रपति पुत्र दिपेश पुन खनिएका छन्।

 

उनी अखिल क्रान्तिकारीका महासचिव समेत हुन्। आफ्नो असक्षमता लुकाउन बालेनले प्रचण्डमाथि निशाना साँधेको भन्दै आक्रोशित बनेका छन्।

 

‘बालेन्द्रजी काम गर्न कति गाह्रो रहेछ यो देशमा राम्रोसँग बुझ्नु भयो। अब प्रचण्डलाई गाली गरेर रमाउनुस्,’ उनले भनेका छन्, ‘अँ साँच्ची तपाईंलाई दाह्री काट्न नदिएको पनि प्रचण्डले नै हो कि!’महासचिव पुनले माओवादी सरकारले ल्याइदिएको बिजुलीबाट वाईफाई चलाएर प्रचण्डलाई सामाजिक सञ्जालमा गाली गरेको जिकिर गरेका छन्।

 

आजकल क्या गज्जबको हावा चलेको छ। आफ्नो असक्षमता लुकाउन प्रचण्डको नाम लिएर विषयान्तर गर्दियो आनन्द। माओवादीले काठमाडौं उपत्यकामा बाटो फराकिलो नबनाइदिएको भए।

 

आजकल काठमाडौंका फराकिला बाटाह?मा थुप्रिएका फोहोर बालेन्द्रले कहाँ लगेर राख्थे होला?’प्रचण्डकाे आलाेचनापछि बालेनप्रति खनिए उपराष्ट्रपति पुत्र पुन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय