बिहिबार , चैत्र १५, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति नगर्ने बताएका छन्।

 

उनले काठमाडौंको फोहोर बन्चरेडाँडामा व्यवस्थापन गर्ने क्रममा राप्रपाको स्थानीय नेता तथा कार्यकर्ताको संलग्नता रहेको भन्ने प्रचारमा पनि सत्यता नभएको बताएका छन्।काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सत्तारूढ दलहरू र विपक्षी दल एमाले र राप्रपाले पनि सडक अवरोध गरेर फोहोर व्यवस्थापन गर्न नदिएको उल्लेख गर्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए।

 

‘फोहोर लैजाने कुरा सहज भएन। सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दल एमाले र राप्रपाका स्थानीय नेताले पनि साथ दिएको देखियो,’ मेयर बालेनले भनेका थिए।बालेनलाई लक्षित गर्दै राप्रपा अध्यक्ष लिङ्देनले मंगलबार फेसबुकमै लेखे- फोहोरमा राजनीति गर्नेजस्तो फोहोरी काम राप्रपा गर्दैन।

 

उनले फोहोर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको संलग्नता नरहेको दाबी पनि गरेका छन्।

 

‘फोहर बोकेका गाडी अबरूद्ध गर्ने काममा राप्रपाको संलग्नता छैन र रहने छैन,’ लिङ्देनले भनेका छन्, ‘यसप्रकारका गतिविधिमा कुनै कार्यकर्ता संलग्न भएमा त्यस्ता कार्यकर्तालाई कारबाहीसमेत गर्नेछ।’

 

उनले जिम्मेवार स्थानबाट गलत प्रचार हुनु उचित नहुने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय