शुक्रबार , चैत्र १६, २०८०

एजेन्सी

भारतको मुजफ्फरनगरमा एक सानोे बालक फूटपाथमा कुकुर च्यापेर सुतेको कारुणिक तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कठ्यांग्रिदो चिसोमा उक्त बालक एउटा ओढ्ने र एउटा ओछ्याउने कुरा लिएर कुकुरसँग सुतेको देखिन्छ ।

अंकित नामक ती बालक ड्यानी नामक कुकुरको सहारामा बाँचिरहेका छन् ।

तस्वीर भाइरल भएपछि प्रहरी प्रशासनको मन पनि पग्लेको छ । जम्मा १० वर्षको यस बालकका पिता कारागारमा छन् र आमाले उसलाई छोडेर गएकी छन् ।

उसले आफ्नो परिवारमा आमा र बुवा बाहेक अरू कसैलाई चिनेको छैन । बिहान उठेर चियापसलमा कप र प्लेट माझ्ने चिसो रातमा फूटपाथमा सुत्ने उसको नियति बनेको छ । कुकुरले अंकितको देखभाल गर्ने गरेको छ ।

प्रहरीले बालकलाई न्यानो कपडा र जुत्ता उपलब्ध गराएको छ । अनि बच्चालाई रेखदेख पनि गर्ने बताएको छ ।

बालकलाई अहिले एक विद्यालयमा भर्ना गरिएको छ ।

प्रहरीले बालककी आमालाई पनि खोजी गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय