शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको एक स्टाटसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लज्जित हुनेगरी स्टाटस लेखेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डको मथिङ्गल हल्लाउनेगरी बालेनले एक स्टाटस लेखेका हुन् ।

 

 

 

प्रचण्डका लागि केपी ओलीका भन्दा झन् कडा बनेर निस्किएका छन् बालेन ।बालेनको स्टाटसपछि उनको समर्थनमा सामाजिक सञ्जालमा व्यपाक प्रतिक्रिया आएका छन् ।

 

 

 

 

बालेनले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएकामा प्रचण्डको कडा शब्दमा आलोचना गरेका छन् । हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै बालेनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठाएका छन् ।यो सडक निर्माणको जिम्मा शैलुङ कन्स्ट्रक्सनले पाएको छ ।

 

 

यो ठेकेदार कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी हुन् । उनी हाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत हुन् ।

 

 

 

बालेनले लेखेका छन्, ‘श्रीमान प्रचण्डज्यू उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।

 

 

 

 

’यस्तै यता काठमाडौं महानगरपालिकाका मेयर बालेनले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर काठमाडौंको फोहोर व्यवस्थापनको विषयमा छलफल गरेका छन् ।

 

 

 

छलफलमा उनले धादिङको धुनवेशी नगरपालिकाका सत्तारुढ गठबन्धन दलकै स्थानीय नेताले फोहोर व्यवस्थापन रोक्न माग गर्दै विज्ञप्ति जारी गरेकामा प्रधानमन्त्रीसँग गुनासो गरेका थिए । बालेनले सत्तारुढ दलले असहयोग गरेको भन्दै समाधानको पहल गरिदिन प्रधानमन्त्रीसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ ।

 

 

 

बालेनको सचिवालय अनुसार मेयर साहले बञ्चरेडाँडामा जाने सडक तत्काल बनाउन प्रधामन्त्रीले पहल गरिदिनुपर्ने पनि बताएका थिए । ‘भेटमा मेयरले बाटो निर्माणको विषयलाई प्राथमिकता दिएर फोहोर व्यवस्थापनमा संघीय सरकारको सहयोग आवश्यक भएको बताउनुभएको थियो ।

 

 

छलफलपछि प्रधामन्त्रीज्यूले सहयोग गर्न तयार रहेको जवाफ दिनुभएको छ, उहाँले सकरात्मक उर्जा सहित सबै खालको सहयोग गर्न तयार छु भन्नुभएको छ,’ बालेनको सचिवालयका एक सदस्यले भने ।

 

 

सत्तारुढ दलका स्थानीय कार्यकर्ता नै फोहोर व्यवस्थापनमा अवरोध गर्दै सडकमा आएपछि बालेनले प्रधानमन्त्रीसँग भेट गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय