बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ:

सरकारले गरेको राम्रा कामलाई आझेलमा पार्ने गरी आलोचक तथा एउटा कालो

कोठामा बसेर आलोचना गर्नेहरुको लागि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका एक सय ७० वटा महत्वपूर्ण कामहरुको सूची सार्वजनिक गरिएको छ ।

आफ्नै पार्टी भित्रका केही स्वार्थी नेताको मन जित्न नसके पनि प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारका एक सय वटा महत्वपूर्ण कामहरुले जनताको मनलाई भने जित्न सफल भएको छ ।

आम नेपाली जनताले बुझेका छन्, प्रम ओलीको नेतृत्वमा नै नेपालको विकास र समृद्धिको यात्राले लक्ष्य पुरा गर्न सक्नेछ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेको १ सय ७० वटा महत्वपूर्ण विकासका आयोजनाहरुको सूची यस प्रकार छन्,

१. धुलाम्मे र हिलाम्मे काठमाडौँ उपत्यकाका सडकलाई सुन्दर र मनोरम,

२. बीपी कोइरालाको जन्मस्थल, दुम्जा (सिन्धुली) र पुष्पलाल श्रेष्ठको जन्मस्थल, भँगेरी (रामेछाप)मा स्मृति उद्यानको नेपाल सरकारले निर्माण,

३. संघीय संसद भवन-सिंहदरबारमा तिव्र गतिका साथ निर्माणको क्रममा रहेको,

४. प्रधानमन्त्री निवास वालुवाटार आधुनिक तथा सुविधासम्पन्न भवन निर्माणको क्रममा रहेको,

५. मन्त्रि निवास- भैंसेपाटी, प्रदेश प्रमुख एवं मुख्यमन्त्री आवास- भैसेपाटीमा निर्माणको क्रममा रहेको,

६. ३ हजार सिट क्षमताको सभा हल ललितपुरको गोदावरीमा तिव्र रुपमा काम भइरहेको,

७. उपत्यकाभित्र तयार भइरहेका झण्डै ४ हजार बेड क्षमताका क्वारेन्टिन तथा आइसोलेसन सेन्टरहरूको निर्माण कार्य,

८. उपत्यकाका मनोहरा, बाग्मती, हनुमन्तेलगायतका नदीहरुमा कोरिडोर निर्माण,

९. लामो समयदेखी दलाली र पुँजीपतिहरुले कव्जालाई तोड्दै जमाएर राखेको जग्गा पुनः सरकारी बनाएको,

१०. भक्तपुरमा सुविधा सम्पन्न आधुनिक वीर अस्पतालको निर्माण प्रारम्भ,

११. जातीय राज्य सहितको १३ राज्यको नाराको अन्त्य,

२२. भारतीय हेपाह प्रवृत्तिको डटेर बिरोध,

१३. धर्म प्रचार प्रसार गर्ने बेलायती राजदुतलाई फिर्ता तथा अरुलाई कार्बाही समेत गरिएको छ,

१४. बैज्ञानिक कृषि प्रणालीलाई जोड, किसानहरुलाई प्राथमिकता र किसान-पत्रकार अन्तरबार्तालाई प्रोत्साहन गरिएको छ,

१५. अरु सरकारको पालामा कर लिन नसकेको एनसेलबाट सम्पूर्ण कर असुली गरिएको छ,

१६. बालुवाटार लगायत देशभरका सरकारी जग्गा घोटालाको पर्दाफास, दोषीलाई कठघरामा ल्याउने कार्य भइरहेको,

१७. नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय बिमानस्थलको निर्माण तिब्र रुपमा गरिदैँ,

१८. राष्ट्रिय गौरवका आयोजनाका कामहरु अरु सरकारका पालामा भन्दा छिटो काम गरिएको छ,

१९. अन्तर्राष्ट्रिय पेट्रोलियम पाइपलाइनको निर्माण कार्य सुरु गरिसकिएको छ,

२०. नेपाललाई लोडसेडिङ मुक्त बनाइएको छ,

२१. काठमाडौँ निजगढ द्रुत राजामार्ग निर्माणमा भारतीय ठेक्का खारेज गर्न सक्ने हिम्मत भएको सरकार र खारेज पनि गरिसकिएको छ,

२२. पश्चिमा शक्ति केन्द्रको अनावश्यक चलखेल नियन्त्रण गर्न प्रयास गरिएको छ,

२३. सुन, तामा, पेट्रोलियम पदार्थ युरेनियम लगायतका पदार्थको खानिको अनुसन्धान तथा परिक्षण गरिएको छ,

२४. नयाँ तथा पुराना भ्रष्टाचारमाथी छानविन एवं कारबाही,

२५. उपत्यका भित्र भूमिगत तार बिछ्याउने काम चलिरहेको छ,

२६. देशमा समृद्धिका मुर्छित सपनालाई साकार पार्न सँधै नेपाल सरकार अघि अब्बल रहेको छ,

२७. देशको आर्थिक सूचक इतिहासकै उच्च विन्दुमा पुर्याउन सफल रहेका छन्,

२८. पछिल्लो एक वर्षमा देशभर ३४२ पुलहरूको काम सम्पन्न गरिसकेको र अन्य पुलहरूको काम पनि तीव्ररुपमा गरिएको छ,

२९. सत्यसँग नलढ्ने र शक्तिसँग नझुक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म स्थल अयोध्यापुरीमा राम मन्दिर बनाउने काम सुरु गरेका छन्,

३०. भ्रष्टाचारले सीमा नाघेको देशमा ओली सरकारले भ्रष्टाचारलाई ह्वात्तै घटाई भ्रष्टाचारीलाई कडा कार्य समेत गरेको छ,

३१. उत्पादन क्षेत्रलाई बढी ध्यान दिए देशलाई आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ,

३२. देशका कुनै कुनै क्षेत्रमा आधुनिक कृषि प्रणाली अपनाई हजारौंलाई रोजगारी दिने अवसर मिलेको छ,

३३. काम गर्न चाहनेहरूलाई सरकारले प्रोत्साहन गरी आर्थिक सहयोग समेत गरेको छ,

३४. देशभर शिक्षा स्वास्थ्य रोजगारीलाई प्राथमिकता दिई उच्चतम सन्तुष्टि पनि हासिल गरिसकेको छ,

३५. देशभरका साना सडकहरुलाई चौडा बनाई सडक विस्तार गरिएको छ नयाँ सडकहरु पनि बनाउने काम तीव्ररुपमा गरेको छ,

३६. बाढी पहिरोबाट क्षति हुने सम्भावित क्षेत्रमा रहेका बासिन्दाको बस्ती स्थानान्तरण गरिएको र क्षति पुर्याएका क्षेत्रमा राहतको व्यवस्था गरेको छ,

३७. जुन क्षेत्रमा जे उत्पादन हुन्छ त्यस्तो क्षेत्रलाई छनोट गरी धेरै मात्रामा उत्पादन गर्ने तयारी गरिएको छ । इलामको चियालाई विश्व बजारमा पुर्याउन उद्देश्य पनि राखिएको छ,

३८. राउटे समुदायका मानिसहरुलाई पनि समाजमा ल्याई घर बनाइदिएको छ र उनीहरूलाई पनि आरक्षणको व्यवस्था गरिएको छ । शिक्षा, स्वास्थ रोजगारीका क्षेत्रमा पहुँच पुर्याइएको छ,

३९. पुँजीपतिहरुलाई धुलो चटाउने सरकार समाजवादतर्फ उन्मुख रहेको छ,

४०. भूमि बैंकको स्थापना गर्ने कार्य प्रारम्भको चरणमा रहेको,

४१. अमलेखगञ्जको पेट्रोलियम पाईपको माध्यबाट ढुवानीमा लाग्ने प्रतिवर्ष करिव १ अर्व रकम जोगिएको,

४२. देशमा लगानी मैत्री वातावरण सिर्जना गरिएको छ,

४३. काठमाडौँ उपत्यकामा चार वटा स्मार्ट सिटीको निर्माण कार्य प्रारम्भ,

४४.दरवार हाइस्कुल पुनः निर्माणको कार्य सम्पन्न । साथै अन्य भुकम्प पछि पुनः निर्माणका कार्यहरुले अपेक्षा गरेभन्दा बढी प्रगति,

४५. अंगिकृत नागरिकता ७ वर्षपछि मात्र पाउने प्रावधान । संसदमा पास हुने क्रममा रहेको,

४६. राष्ट्रपति महिला उद्धार कोष मार्फत हेलिकप्टरबाट सुत्केरीको उद्धार तथा उपचार,

४७. प्रधानमन्त्री रोजागर कार्यक्रम अन्तरगत प्रत्येक वर्ष करिव ६ लाखलाई रोजगारी,

४८. पहुँचका भरमा काम नगर्ने ठेगदारलाई कारवाही,

४९. नेपालमा नै रासायनीक मल कारखाना खोल्ने प्रकृया अघि बढेको,

५०. सडक मानवमुक्त निर्माण,

५१. विभिन्न मुलुकसँग हवाई उडान सम्झौता,

५२. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुटिक निर्माण, आधुनिक, सुविधासम्पन्न, तथा व्यवस्थीत बनेको,

५३. विद्युत उत्पादनको व्यापक वृद्धि, लोडसेडिङ अन्त्य,

५४. कोरोना बीमाको विशेष व्यवस्था,

५५. लिम्पियाधुराका नागरिकलाई नागरिकता वितरणको तयारी,

५६. एसिड पिडित पिडितको माग सम्बोधन गरी कठोर कानुन निर्माण गर्ने साथै १५ दिनभित्र मस्यौदा तयार गर्न निर्देशन

५७. आत्महत्या रोकथामको लागि निशुल्क हटलाई सेवा सुभारम्भ (११६६),

५८. नेपालमा इतिहासमा नै हुन नसकेको पीसीआर परिक्षण व्यापक मात्रामा हुने गरी प्रविधिको विकास,

५९. मुलुकभर फोर जी को विस्तार,

६०. निरोगी नेपालको अभियानलाई सार्थकताका्े बाटोमा अघि बढेको,

६१. प्रत्येक गाउँपालिकामा १५ सैयाको अस्पताल निवार्य निर्माणको प्रकृया अघि बढेको,

६२. त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कलेजो प्रत्यारोपण कार्यको शुभारम्भ,

६३. साक्षर नेपालको घोषणा गर्ने तयारी,

६४. चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश अभियान सञ्चालन,

६५. बालबालिकालाई विद्यालय ल्याऔं, पढाईमा टिकाऔंको अभियान सञ्चालन,

६६. नेपालभर ६ सय ७ स्थानीय तहमा प्राविधिक तथा व्यवसायीक शिक्षाको विस्तार,

६७. दुई वर्षमा ४ करोड विभिन्न प्रकारका विरुवा उत्पादन गरी कृषकलाई वितरण गरिएको,

६८. सम्पूर्ण जग्गाको वर्गिकरण, कृषियोग्य जग्गाको संरक्षण अभियान सञ्चालन भइरहेको,

६९. मालपोतहरुमा अनलाईन प्रणालीको विकास,

७०. कैलालीको हरैयामा व्यापार विशेष क्षेत्र र कञ्चनपुरको दोधारा–चाँदनीस्थित कञ्जभोगमा सुक्खा बन्दरगाह निर्माणको प्रारम्भको तयारी,

७१. भारतको सिलिगुडीदेखी झापाको चारआलीसम्म पेट्रोलियम पाईपलाईनको अध्ययन प्रकृया अघि बढेको,

72- चिनका रास्ट्रपति सि जिङ पिङ को 23 बर्ष पछि नेपाल भ्रमण सम्पन्न भएको छ गत २ वर्षमा नरेन्द्र मोदिले 4 पटक सफल भ्रमण गरिसकेका छन ।

73- 13 औ दक्षिण एसियाली खेलकुद साग समप्न्न भएको छ । 1999 पछिको खेलकुद क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको छ ।

74- भ्रमण बर्ष 2020 मनाउन व्यापक प्रचार सहित 20 लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ तर कोरोना भाइरस ले गर्दा सोचेअनुरुप हुन सकेको छैन ।

75- भुपरिवेष्ठित नेपाललाइ भुजडित मुलुमा रुपान्तरण गर्ने हाम्रो घोषित आकान्क्षा पूरा भएको छ ।

77- कोरोना भाइरस covid-19 test मा दक्षिण एसियामा भुटान बाहेकका देशभन्दा बढी गरेको र कोरोना नियन्त्रण र रोकथाममा सबै भन्दा अगाडि ।

78-भारतले मिचेको भुमी लिपुलेक, लिम्पियाधुरा, कालापानी सहित नेपालको नया नक्सा सार्बजनिक, भुमी फिर्ता ल्याउनमा बार्ताको लागि बारम्बार कोसिस ।

79- नेपाली पुरुष संङ विवाह भएको अरु देशका महिलाले 7 वर्ष पछि नागरिता पाउने व्यवस्था ।

80- रुकुम हत्याकाण्डका दोषिलाइ कार्बाहिको दायरामा ल्याएका छन ।

81- विदेशी महङ्गो मदिरा आयतमा रोक

82- 33 किलो सुनकान्डका अरोपी पक्राउ

83- देशमा बनेका ठुला आयोजनाहरु अन्तिम चरणमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमान स्थलको काम लगभग 95% पूरा

84- भारतिय न्युज च्यानल हरु नेपालमा प्रतिबन्ध गराएका

85- बाढी पहिरो पिडितलाई तत्काल राहत दिने व्यवस्था, उद्दारको काम पनि छिटो छिटो गराएको

86- मेलम्ची को पानी पनि अब छिट्टै आउने तयारि पानी राखेर परिक्षण पनि गरिसकिएको

87- कोरोना भाइरसका बिरामी निको हुने दरमा वृद्धि अहिलेसम्म 50% भन्दा बढी बिरामी निको र थोरै मात्रामा बिरामिको मृत्यु भएको । कोरोना भाइरस नियन्त्रणमा नेपाल दक्षिण कोरिया भन्दा पनि अगाडि ।

88- नेपालमा भित्रिएको सलह किराको ब्यवस्थापन तथा अब आउने सलह प्रती सजग हुँदै पुर्व तयारी । सलह किराले अनुमान गरे भन्दा कम क्षति गरेको र सलक किरा ब्यवस्थापनमा सरकारले छिटो चासो देखाएर काम गरेको हुनाले क्षति कम भएको ।

89- जस्तो सुकै ठगी गर्नेलाई पनि ओली सरकारले कार्बाहिको दायरामा लिएको ।

90- नेपालमा कोरोना परिक्षण मा RDT परिक्षण कम गरि PCR परिक्षणको दायरा बढाएको र PCR बढाउन माग गरेका आन्दोलनकारी अनसन बसेकाहरुसङ वार्ता गर्दै सबैको सल्लाह लिएर काम गरेको त्यसैले त ओली सरकारलाई जनता को सरकार भनिन्छ ।

91- भुकम्पबाट क्षति भएका संरचनाहरुको पुननिर्माणको काम अन्तिम चरणमा । धरहराक्क काम पनि 10 तलासम्म ढलान भइ सकेको ।

92- मौलिक धर्म संस्कृतको रक्षा गर्दै परम्परागत कलाहरुको संरक्षण गर्नमा चासो दिदै काम पनि प्रभावकारी रुपमा गरेको ।

93- वृद्ध आमाबुबाको स्याहार गर्ने सरकार ओली सरकार जस्ले हरेक वर्ष वृद्धभत्ता दर बढाउछ ।

94- सूचना तथा प्रविधिमा विकास करिब 72% नेपालीमा network को पहुँच पुर्याउन ठूलो योगदान ।

95- ओली सरकार कै पालामा नेपालीले बनाएको नेपाली झन्डा अङकित नेपालको स्याटलाइट अन्तरिक्षमा ।

96- ओली सरकारकै पालामा शिक्षा क्षेत्रमा विकास तथा कोहि पनि आधारभुत शिक्षाबाट बन्चित हुन नपरेको ।

97- ओली सरकारले ठुला आयोजनादेखि स-साना विकासका कामहरुलाई पनि ध्यान दिदै स्थानिय तहलाइ विकास निर्माणका कामहरु गर्न प्रेरित । स्थानिय सरकार सङ मिलेर विकास निर्माणका कामहरु तिब्र रुपमा।

98- प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन गरि बेरोजगारी दर घटाएको ।

99- ओली सरकारले नेपाललाई निम्न आय भएको मुलुक बनाउन ठुलो योगदान गरेको तथा ओली प्रधानमन्त्री भएको बेला नेपाल निम्न आय मुलुक मा रहन सफल ।

100- कोरोना महामारीको बेला लकडाउनले गर्दा लामो समयसम्म शिक्षाबाट टाढा रहेमा विद्यार्थीलाई शिक्षा दिन अनलाइन तथा बैकल्पिक शिक्षा सहजीकरण को व्यवस्था । जहाँ जे उपलब्ध हुन्छ त्यही अनुसार शिक्षा लाई प्रभावकारी बनाएको ।

101-“मधेस एक प्रदेश र जातिय प्रदेश राज्य” हुनबाट नेपाललाई बचाइ संघ, प्रदेश र स्थानिय तह गरि तीन तह रहेको राजनितीक तथा प्रशासनिक व्यवस्था, निर्वाचनको प्रक्रियामा 33% महिनाको अनिवार्यता सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान जारी गर्न सफल ।

102-भारतिय नाकाबन्दी 2073 बिरुद्ध नेपाली जनताको एकताको समर्थनलाई नेतृत्व गरि नेपालको स्वभिमान नझुकाइ नाकाबन्दीलाई असफल बनाउने सफल प्रधानमन्त्री ।

103-पहिलो पटक चीन सङ व्यापार तथा पारवहन सन्धी सम्पन्न भएको हो । सन्धिका सबै प्रोटोकल हरुमा हस्ताक्षर भएको छ। land lock country लाई land link country मा परिचित गर्न मुलुक सफल भएको हो । मुलुकका लागि विकाससङ कनेक्टिभ महत्त्वपूर्ण उपलब्धि भएको हो ।

104- स्थानिय तह 2074 मा सबैभन्दा बढी आफ्नो पार्टी तत्कालीन नेकपा एमालेलाई बिजय गराउन सफल नेतृत्व । ७५३ स्थानिय तह मध्ये २९४ स्थानमा प्रमुख पदमा विजयी गराउन सफल नेतृत्व । जहाँ २६६ काङ्ग्रेस र १०६ तत्कालीन माओवादी विजयी भएको थियो ।

105- संघ र प्रदेशको निर्वाचन 2074 मा नेकपा एमाले सबभन्दा ठूलो पार्टीको रुपमा स्थापित भयो । प्रतिनिधि सभा समानुपातिक तर्फ कुल सदर मत 1 करोड 85 लाख 44 हजार 744 मध्ये नेकपा एमालेले 31,73,494 मत (41) सिट प्राप्त गरेको थयो बने माओवादी केन्द्रले 17 सिट र काङ्ग्रेसले 40 सिट प्राप्त गरेका थिए । प्रतिनिधि सभा प्रत्यक्ष निर्वाचन तर्फ 165 सिट मध्ये 80 स्थानमा नेकपा एमाले 36 स्थानमा माओवादी केन्द्र 23 स्थानमा नेपाली काङ्ग्रेसले विजय प्राप्त गरेका थिए । नेकपा एमालेले यति धेरै सिट ल्याउनुमा ओलीकै देन छ ।

106-प्रदेशसभा सदस्यको निर्वाचनमा 2074 मा नेकपा एमालेले प्रदेश 1 मा प्रत्यक्ष र समानुपातिक गरि 93 सिटमा 51 प्रदेश 2 मा 107 सिटमा 21 बागमती प्रदेशमा 110 सिटमा 58, गण्डकी प्रदेशमा 60 सिटमा 27, प्रदेश 5 मा 87 सिटमा 41, कर्णाली प्रदेशमा 40 सिटमा 20 र सुदुरपश्चिचम प्रदेशमा 53 सिटमा 25 स्थानमा विजय हासिल गरेको थियो । यसरी हेर्दा तत्कालिन एमालेले 1, 3, 6 मा आफ्नै सरकार गठन गर्ने र 4, 5, 7 मा आफ्नै सरकार गठन गर्न 3/3 सिट अपुग रहेको थियो ।

107-क केपि शर्मा ओली र क. प्रचण्डको अगुवाइमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रिय एकीकरण गरि दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्नियुस्ट पार्टी स्थापना गर्न सफल ।

108- प्रशासनिक हिसाबले संघीयता कार्यनयनमा करिब 90 हजार कर्मचारीलाई संघ प्रदेश र स्थानिय तहमा समायोजनमा सफलता ।

109- राजस्व अनुसन्धान बिभाग अर्थ मन्त्रालयबाट हटाइ प्रधानमन्त्री कार्यालय अन्तर्गत भएपछी अन्तशुल्क, कर राजस्व तथा भन्सार शुल्क ठगी गर्ने व्यापारी, उद्योगी तथा व्यवसायी लाई बिगो तथा जरिवाना समेत करिब 35 अर्ब बराबर को अशुलिको लागि संबंधित उच्च अदालतमा प्रमाण सहित मुद्दा दायर गरेको ।

110- आर्थिक वर्ष 2075/76 मा भन्दा 22.60% ले राजस्व संकलन वृद्धि ।

111- आर्थिक वर्ष 2075/76 मा निर्यात मा 19.4% ले वृद्धि , आयत मा 13.9% राख्न सफल ।

112- आर्थिक वर्ष 2075/76 मा यो दशक कै सबैभन्दा उच्च 7.1% ले आर्थिक वृद्धि दर कायम ।

113- दुर्गम र पिछडिएको गाउपालिकामा समेत कम्तिमा 1 बैंक को स्थापना गरि बैंकिङ कारोबारको लागि सदरमुकाम जानु नपर्ने ।

114 – यातायातको सिन्डिकेटको अन्त्य ।

115- बिगतमा भएका बहु चर्चित सुन कान्डमा नाइकेलाई कार्बाही गरि जेल चलान ।

116- दसौ जना मानिसलाई जिउदै इट्टा भटटामा जलाउने अपराधी नेपाली काङ्ग्रेसका नेता पुर्वमन्त्री तथा रौतहटका सभासद अफताब आलम बिगत 12 वर्षदेखि कुनै सरकारले समाउन गिरफ्तार गर्न र कारबाहिको दायरामा ल्याउन नसकेका केपी ओलीको सरकारले गिरफ्तार गरि कार्बाही गर्यो ।

117- बहुचर्चित बालुवाटार ललिता निबास सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गर्ने, बेचबिखन गर्ने दसौ वर्ष अगाडीदेखिको कान्डलाइ कसैले कार्बाही गर्ने नसकेकोमा ओली प्रम भए पछि अख्तियर मार्फत सम्पुर्ण छानबिन गरि 136 रोपनि जग्गा फिर्ता ल्याएको छ ।

118- “मेरो धरहरा मै बनाउछु” भन्ने नाराका साथ धरहराको काम तिवर गतिमा अगाडि बढेको छ ।

119- पछिल्लो 2 बर्षमा रास्ट्र राजमार्ग र अन्य सडकमा गरि 3 हजार 6 सय किमि कालोपत्र निर्माण सम्पन्न भएको छ ।

120- पछिल्लो 2 बर्षमा थप 1300 किमि कालोपत्रे सहित पक्की थप नया सड्क निर्माण भएको छ ।

121- पुर्वमा झपाको बाहुण्डांगीदेखि पश्चिममा डडेल्धुराको रुपालसम्म करिब 1200 किमिको मदन भण्डारी राजमार्ग आयोजना 2075 जेष्ठ 6 गते नेपाल सरकारले स्वीकृत गरेको छ । विकास निर्माण का कामहरु तिब्र गतिमा अगाडि बढेको देखिन्छ ।

122- पुर्वमा पाचथरको चियो भञ्ज्याङ्देखि पश्चिम् मा बैतडीको झुलाघाटसम्म 1879 किमि पुष्पलाल मध्यपहाडी राजमार्ग 2079 सालसम्म कालोपत्र सहित पुरै निर्माण कार्य सम्पन्न गर्ने गरि निर्माण कार्य अगाडि बढेको छ ।

123- नेपालको दक्षिणी सिमाबाट निर्माण भैरहेको हुलाकी राजमार्ग ओलीको पालाका तिब्र गतिमा काम भैरहेको छ ।

124- पछिल्लो दुई वर्षमा विभिन्न नदि र खोलामा गरि 325 ओटा पक्कि मोटरएवल पुल निर्माण सम्पन्न भएका छन ।

125 – केपी ओली प्रधानमन्त्री हुनु भए पछि उतर दक्षिण राजमार्गका आयोजनाहरु स्वीकृत गरि कर्णाली करिडोर अन्तर्गत नेपाल-चिनको सिमाना हुम्लाको हिल्सेदेखि सुर्खेतसम्मको निर्माण कार्य तिब्रताका साथ भैरहेको ।

126- गण्डकी करिडोर अन्तर्गत नेपाल- चिनको सिमाना मुस्ताङको कोरलादेखि नवलपरासी पुर्वको भैसालोटन सम्मको सडक निर्माण कार्य तिब्र ।

127 – काठमाडौ उपत्यका भित्र हालै मात्र 130 किमि भन्दा बढिमा खाल्डा पुर्ने, रोड मार्किङ गर्ने ओभरलेप र सौन्दर्य गर्ने काम सकिसकेको छ ।

128 – नेपाल चिनको सिमाना संखुवासभाको ओलान्चुगलादेखि बिराटनगरको रानीसम्म कोशी करिडोर राजमार्गको काम तिब्र ।

129- जनकपुरको कुर्सादेखि भारतको जयनगरसम्मको रेल मार्ग निमार्ण गरिसकेको र दुई ओटा रेल समेत खरिद गरेको र लकडाउन पछि संचालन गर्ने तयारी ।

130- पुर्व पश्चिम् विधुतिय रेल संचालन गर्ने पुर्व पश्चिम राजमार्ग भन्दा दक्षिण र हुलाकी राजमार्ग भन्दा उत्तर तर्फबाट 945 किमि रेल मार्ग निर्माण गर्ने योजना अन्तर्गत सबै ठाउमा काम तिब्र ।

131- चिनको केरुङदेखि काठमाडौ हुँदै पोखरासम्म रेलमार्ग संचालन गर्ने चीन सरकारबाट अध्यन भएको र रक्सौल -काठमाडौंको लागि भारत सरकारबाट संभाब्यता अध्यन भैरहेको छ ।

132- कोशी र नारायणी नदिमा पानी जहाज संचालन सुरु भएको छ ।

133- भारतको ब्रमपुरबाट आउने पानी जहाजको लागि जलमार्ग संबभाब्यता अध्यन गरि डि. पि आर तयारिको लागि काम सुरु भएको छ ।

134- नौबिसे काठमाडौ नागढुङा 2.68 किमि सुरुङ मार्गको काम सुरु भएको छ ।

135- बुटबल -पाल्पा सडक अर्न्तर्गत 2 किमि सुरुङको लागि टेन्डरको काम भएको छ ।

136- सिन्धुली अन्तर्गत चियावारि- खुर्कोट सुरुङी मार्गको संभाब्यता अध्यन भैरहेको ।

137- सिन्धुली अन्तर्गत सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ तथा हेडवक्स को अध्यन भइरहेको । आ ब 2077/78 मा निर्माण कार्य सुरु हुँदै छ ।

138- भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म 70 किमि पेट्रोलियम पाइपलाइन निर्माण कार्य सम्पन्न भै संचालनमा आइसहेको छ ।

139- 2 वर्षमा 143 वटा तुइन बिस्थपित गरि सबै ठाउमा झोलुङ्गे पुल निर्माण भएको छ ।

140- दुई वर्षको अबधिमा मात्र थप 9 लाख घरधुरिमा विधुत सेवा पुर्याइएको छ ।

141- 2 वर्षको अबधिमा 500 मेगावाट विद्युत निर्माण सम्पन्न भै रास्ट्रीय ग्रिडमा जोडिएको छ । आगामी दश वर्षमा 15 हजार मेगावाट विद्युत पुर्याउने लक्ष्य ।

142- माथिल्लो अरुण तामाकोसी -5 फुकोट कर्णाली र जगदुल्ला विद्युत आयोजनाको आगामी वर्ष अध्यन पूरा गरि निर्माण कार्य सुरु गर्ने ।

143- 2 वर्षको अबधिमा विभिन्न नदि तथा खोलाहरुमा नदि नियन्त्रणका लागि 1 हजार 70 किलो मिटर बराबर लामो तटबन्ध निर्माण गरिएको ।

144- 2056 सालमा कालापानीबाट भारतिय सेना हटाउनु पर्छ भनेर संसदमा संकल्प प्रस्ताव पेश गरेका केपी शर्मा ओलीले छुटेको भुमी सहित नेपालको नया नक्सा पास गरे ।

145- विश्व बैंकको व्यवसाय संबंधी सूचकांक( Doing business index ) मा नेपालको व्यवसायीक बाताबरण सुधार हुँदै 110 स्थानबाट 94 स्थानमा उठेको छ ।

146- संयुक्त रास्ट्रसंघिय मानव विकास प्रतिबेदनले मानव बिकास सूचकांक 149 बाट 147 स्थानामा उठेको छ।

147- Global peace index मा नेपाल 165 औ देश मध्ये 76 औं स्थानमा छ ।

148- विधिको शासन सूचकांकमा 126 देश मध्ये नेपाल 59 स्थानमा छ । यो पनि केपी ओलीकै देन हो ।

149- Corruption perception index मा नेपाल्ब124 स्थान बाट 113 स्थानमा गई उल्लेख्य सुधार भएको छ ।

150- श्रमिक, कामदार र मजदुरलाई समेत मध्यनजर राखेर सामाजिक सुरक्षा कोषको स्थापना गरेको छ ।

151- 2072 को भुकम्प ले क्षति ग्रस्त संरचनाहरु राष्ट्रिय पुन:निर्माण प्राधिकरण ले भुकम्प प्रतिरोध निजि आवास भवनतर्फ हालसम्म 4,95,000 निर्माण भैसकेको, 1,90,000 निर्माण हुँदै गरेको सरकारि विद्यालय 5600 ओटा निर्माण भैसकेको र 145 ओटा निर्माणाधिन अवस्थामा छन ।

152- पेट्रोलियम पदार्थ/ग्यास उतखननको लागि चिनियाँ र जर्मनीका भुगर्भबिदद्वारा दैलेखको श्रिस्थान, चामुण्ड, लकान्द्र भैरबी महाबु र दुल्लुमा पहिलो चरणको सबै संभाब्यता अध्यन पूरा भै सकेको छ ।

153- आव 2077/78 मा नवलपुरको हुप्सेकोट गापा अन्तर्गत धौबादिमा फलाम खानी संचालन हुने भएको छ ।

154- काठमाडौ निजगढ फास्ट ट्र्याक नेपाली सेनाद्वारा तिब्र गतिमा ।

155- कालापानी लिपुलेक तर्फबाट नेपाल चिनको सिमाना टिन्कर भञ्ज्याङ् ताक्लाकोटसम्म 97 किमि बाटो निमार्णका लागि दार्चुला-टिन्कर सडक नेपाली सेना मार्फत धमाधम काम भैरहेको छ । यो सडक ब्यास गाउपालिका सम्म 50 किमि निर्माण भैसकेको छ ।

156- भैरहवा र पोखरामा international airport निमार्ण काम सकिसकेको छ ।

157- सुनसरीदेखि भोजपुरसम्म कोशि जलमार्ग / मिनि पानीजहाज सुरु भएको छ । अहिले 7 घन्टाको पैदलबाटो 1 घण्टामा पार गर्न सकिन्छ ।

158- नारायणी नदिमा पानी जहाज चल्ने प्रक्रियामा अहिले जहाज निर्माण भैरहेको छ ।

159- पोखरा-मुस्ताङ र दाङ- स्वर्गद्वारी लामो दुरिको केवलकार संचालन गर्नको लागि DPR तयार भएको छ ।

160- अत्याधुनिक रास्ट्रपति भवन, प्रधानमन्त्री निवास संघिय संसद भवन मन्त्री निवास हरु धमाधम निर्माण हुँदै छन ।

161- ललितपुरमा गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण गरेको छ ।

162- प्रत्येक नेपाली नागरिक ले 2500 तिरेर 1 लाखसम्मको स्वास्थ बिमा सुरु गरेको छ ।

163- जुमलामा MBBS पढ्ने Medical कलेज संचालनको तयारी मा छ ।

164- भारतको आफ्नो कन्सुलर फिल्ड अफिस बिगत लामो समयदेखि बिराटनगरमा रहेको थियो, हाल सो अफिस हटाएइको छ ।

165- महिला उधमीलाई 7 लाखसम्म र बिदेशबाट फर्किएका पुरुषलाइ 10 लाखसम्म सहुलियत कर्जा उपलब्ध गराउने सुरुवात भएको छ ।

166- राजस्व संकलनमा ब्यापक वृद्धि भएको छ, राजस्व भन्सार छली रोक्न vehicle tracking को काम सुरु भएको छ ।

167- धर्म प्रचार गर्ने बेलायती राजदुत फिर्ता पठाइएको छ ।

168- औचित्यहिन विदेश भ्रमणमा रोक लगाइएको छ ।

169- विकास निर्माणमा ठेक्का लिएको समयमा काम सम्पन्न नगर्ने ठेकदार कम्पनिलाइ black list मा राखेर कार्बाही सुरु गरेको छ ।

170- सार्बजनिक खरिद तथा ठेक्का पट्टामा अनियमितता रोक्न र आर्थिक पार्दर्शिता कायम गर्न EGP लागू भएको छ ।

सरकार स्वयमले गरेका कार्यहरु धेरै नै हुन्छन तर हामी सङ जानकारीमा आएका मध्ये केही महत्त्वपूर्ण कार्यहरु यिनी नै हुन । पूरा ५ बर्ष काम गर्ने पाए भने अरु पनि हुनेछन । केदार प्रसाद देवकोटा र विकास भुसालको सहयोगमा तयार गरिएको यो विवरण ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय