बिहिबार , चैत्र १५, २०८०

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमालेको सरकार बने कालापानीबाट भारतीय सेना हटाउने दाबी गरेका छन्। बिहीबार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष ज्ञवालीले आगामी निर्वाचनपछि एमालेको सरकार बने कालापानीबाट भारतीय सेना हटाउने दाबी गरेका हुन्।

 

‘चीनसँग सन् १९६२ मा युद्ध हुँदा भारतीय सेना नेपालको भूमि कालापानीमा सेन्टरका लागि बसेको थियो, अहिलेसम्म पनि बसेको बस्यै छ, ’उनले भने, ‘अहिलेको परमादेशी सरकारले हटाउने कुरै भएन, अब एमालेको सरकार बनेपछि हटाउँछौँ।’

 

भारतीयले कब्जा गरेर राखेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित समेटेर एमाले नेतृत्वको सरकारले नक्सा जारी गरेको बताउँदै अन्य सरकारले त्यस्तो ‘राष्ट्रवादी’ काम गर्न नसकेको उनको भनाइ थियो। उपाध्यक्ष ज्ञवालीले नागरिकता विधेयकले नेपाललाई फिजिकरणको बाटोमा लैजानेसमेत दाबी गरे।

 

उनले कांग्रेसले एमाले हराउनका लागि चुनावमागठबन्धन गरेर जाने निर्णय गरेको बताउँदै एमाले एक्लै चुनाव लड्ने घोषणा गरे। ‘एमालेसँग त्यो सामर्थ्य छ, हामी एक्लाएक्लै चुनाव लड्न तयार छौँ,’ उनले भने, ‘हामी गठबन्धन गरेर जाँदैनौँ।’ स्थानीय चुनावमा धाँधली र पैसाको चलखेल भएको आरोप लगाउँदै उनले आगामी प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा त्यस्तो हुन नदिने बताए

 

चुनौती स्वीकार्दै आइपुगे प्रभाकर

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको जिम्मेवारी लिन मनोज प्रभाकर शनिबार काठमाडौं आइपुगेका छन् । अघिल्लो साता नेपाल क्रिकेट संघ (क्यान) ले भारतका पूर्वअलराउन्डर प्रभाकरलाई मुख्य प्रशिक्षकमा चुनेको थियो ।

 

‘मेरा लागि चुनौती हो, यसलाई स्वीकार्दै आएको छु । म नेपालका युवा खेलाडीलाई सहयोग गर्न तयार छु,’ ५९ वर्षीय प्रभाकरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने । क्यानले उनीसँग एक वर्षका लागि सम्झौता गरेको छ ।

 

अर्को साता नेपाली टोली पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय र तीन एकदिवसीय खेल्न केन्या जानेछ । नेपालको प्रशिक्षकका रूपमा प्रभाकरको यो पहिलो चुनौती हुनेछ ।

 

नेपाल आउनुका कारण उनले भौगोलिक हिसाब हिसाब पनि भएको जनाए । ‘म आफैं पनि पहाडी क्षेत्रबाट हुर्केको व्यक्ति हो, म पहाडी क्षेत्रमै बस्छु । पहाडी क्षेत्रमा जो बस्छन् उनीहरूसँग फरक खालको स्टामिना र फरक स्वभावको आक्रमणता हुन्छ ।

 

त्यसैले मैले नेपालको चुनौती स्वीकारेको हुँ र मैले राम्रो नतिजा पाउने छु किनेभने सबै उत्साहित छन्,’ उत्तर प्रदेशको गाजियाबादमा जन्मिएका प्रभाकरले दिल्लीबाट भारतको घरेलु क्रिकेट खेलेका थिए ।

 

उनले मुख्य प्रशिक्षक हुनु आफैंमा चुनौतीपूर्ण भएको जनाउँदै भने, ‘अन्तर्राष्ट्रिय स्तरमा टिम डेभलप गरेर प्रतिस्पर्धा गर्नु एउटा चुनौती हो । मसँग पर्याप्त अनुभव छ, त्यसैले मलाई टिममा युवा खेलाडीलाई कसरी सुधार गर्नुपर्छ भनेर थाहा छ ।यो सामान्य विषय हो । यसलाई सुधार गर्नुपर्छ, त्यसका लागि म यहाँ छु । २–३ महिनामा यो सुधार थाहा हुनेछ ।’

 

नेपालको प्रशिक्षक बन्न भारतीय पत्रकारले आफूलाई सहयोग गरेको जनाउँदै नेपाली क्रिकेट टोलीलाई एउटा लयमा ल्याउन पर्याप्त समय भएको बताए । उनले अगाडि भने, ‘नेपाली खेलाडीहरूले कसरी खेलिरहेका छन् त्यसको मैले भिडियोहरू हेरिरहेको छु । उनीहरूलाई ब्याटिङमा सहयोग गर्नेछु । हामीले ब्याटिङमा मिहिनेत गर्नुपर्छ ।’राष्ट्रिय टोलीको प्रशिक्षक भएर काम गर्न लागेको यो पहिलो पटक हो । यसअघि उनी २०१५–१६ मा अफगानिस्तानको बलिङ प्रशिक्षक थिए । भारतमा अरू टिमका प्रमुख प्रशिक्षक भएर काम गरेकाले आफूलाई खासै फरक नपर्ने उनको दाबी थियो ।प्रभाकरले क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेको स्थान लिनेछन् । गत महिना श्रीलंकाका पूर्वक्रिकेटर दासानायकेले नेपालको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

 

असार मसान्तमा सेनेटरी प्याड खरिद गरेपछि बेरुजु

नेपालगन्ज — नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरावस्थाका छात्राका लागि आर्थिक वर्षको अन्तिम असार ३० गते सेनिटरी प्याड खरिद गरेको पाइएको छ । वर्षभरिलाई आवश्यक पर्ने सेनिटर प्याड आर्थिक वर्षको अन्तिममा खरिद गर्दा छात्राहरूले प्रयोग गर्नबाट वञ्चित भएका हुन् ।

 

जसले गर्दा पालिकाले लिएको लक्षित उद्देश्य पूरा नभएको महालेखा परीक्षणले जनाएको छ । महिनावारीका समयमा नेपालगन्ज उपमहानगरका सामुदायिक विद्यालयका छात्राहरूले सेनिटरी प्याड प्रयोग गर्न नपाएको भन्दै असार ३० गते खरिद गरिएपछि महालेखा परीक्षकको कार्यालयले २० लाख ६ हजार १४ रुपैयाँ बेरुजु देखाएको छ ।छात्राहरूलाई निःशुल्क सेनिटरी प्याड उपलब्ध गराउन जयमाता दी हाइजेनिक प्रोडक्ट प्रालिलाई प्रतिप्याकेट २१ दशमलव ७६ रुपैयाँका दरले ६६ हजार ४ सय १७ प्याकेटको १६ लाख ३३ हजार १ सय ४३ रुपैयाँ मूल्य अभिवृद्धि करसमेत गरी भुक्तानी दिएको देखिन्छ ।

 

तर, उपमहानगरपालिकाले आर्थिक वर्षको अन्तिम समयमा खरिद गरी वितरण गर्न बाँकी रहेकाले भर्पाईसमेत पेस गर्न सकेको छैन । त्यस्तै, सेनिटरी प्याड इन्सिनेटर मेसिन खरिद गरेबापत स्मार्ट टेम इन्फोसिसलाई ३ लाख ७२ हजार ९ सय रुपैयाँ भुक्तानी गरेको पाइएको छ ।

 

तर, इन्सिनेटर मेसिन कुन कुन विद्यालयलाई वितरण गरिएको भन्नेबारे उपमहानगरसँग कुनै अभिलेख छैन । महालेखा परीक्षकको कार्यालयले इन्सिनेटर मेसिन उपलब्ध गराएका विद्यालयको अभिलेख उपलब्ध गराउन सुझाव दिएको छ ।

 

सेनिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि, २०७६ को दफा ५ बमोजिम उपलब्ध सेनिटरी प्याडको अभिलेख जिन्सी खातामा व्यवस्थित रूपले राखी विद्यालयका छात्राहरूको नाम स्पष्ट खुल्ने गरी अभिलेख अद्यावधिक गर्नुपर्ने व्यवस्था रहेको छ ।

 

त्यसैगरी कार्यक्रमको कार्यान्वयनकोप्रगति विवरण मन्त्रालयले तोकेको ढाँचामा चौमासिक रूपमा विद्यालयले स्थानीय तहमा र स्थानीय तहले प्रदेश सामाजिक विकास मन्त्रालयमा पठाउनु पर्ने व्यवस्था रहेकामा लेखा परीक्षणको क्रममा कुनै पनि प्रगति विवरण देखिएको छैन ।

 

सामुदायिक विद्यालयलाई शैक्षिक सत्र सुरु भएपछि सेनिटरी प्याड उपलब्ध नराई आर्थिक वर्षको अन्तिममा उपमहानगरपालिकाले खरिद गर्दा उपलब्धि नदेखिएको हो । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख रामबहादुर चन्दले सामुदायिक विद्यालयका छात्राका लागि सेनिटरी प्याड शिक्षा शाखाबाट खरिद गरिएको बताए ।

 

खडेरीले नदीमा पानी घट्दा युरोपभर ढुवानी समस्या

पेरिस — साढे दुई महिनाभन्दा लामो समयदेखिको चर्को खडेरीले युरोपका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या पर्दै गएको छ ।जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्याण्ड्सको मुस लगायत मुख्य नदीमा पानीको स्तर नाटकिय रुपमा घट्न थालेपछि ढुवानी र खाध्यान्नमा गम्भिर असर पर्न लागेको हो ।

 

युरोपकै सबैभन्दा लामो दानुबे नदी युरोपेली मुलुकका १० देश भएर बग्छ ।यो पानीको स्तर घट्दा जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हंगेरी, क्रोआसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, मोल्दाबह रौरेनको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रको भनाए छ ।

 

जर्मनीको राइन नदीमा पानीको स्तर नाटकीय रुपमा घट्दै गएको र आगामी दिनहरूमा गम्भीर रूपमा न्यून बिन्दुमा पुग्न सक्ने आकलन जर्मन अधिकारीहरुले गरेका छन् । राइन नदीबाट हुने ढुवानी सवारी साधनबाट हुनेभन्दा बढी रहेकाले नदीको पानी घट्दा त्यसले कोइला र पेट्रोल लगायत सामानहरू ढुवानी गर्न झन् कठिन बनाउँदै लगेको छ ।

 

रुसी ग्याँसमा करिब ४० प्रतिशत निर्भर रहेको जर्मनी रुसले नर्दन स्ट्रिम-१ पाइप लाइनबाट ग्याँसको आपूर्ति घटाइदिँदा मार खाइरहेको छ । अब नदीको पानी घटेर कोइला ढुवानीमासमेत असर पर्नाले जर्मनीलाई मात्रै होइन यसले युरोपभर उर्जा संकट थप बढाउने अनुमान गरिएको छ ।

 

केही हप्तादेखि निरन्तर बढ्दै गएको खडेरी र सुख्खा मौसमले युरोपका धेरै प्रमुख जलमार्गहरूलाई खुम्च्याइदिएको छ ।। राइन नदीमा पानीको स्तर घट्दा पानी जहाजबाट सामान डेलिभरी गर्ने जर्मन कारखानाहरू र पावर प्लान्टहरूका लागि समस्या पर्न लागेको छ । क्यापिटल इकोनोमिक्सका अनुसार अन्य युरोपेली देशमा भन्दा जर्मनीमा पानी जहाजबाट सामान ढुवानी धेरै हुने गर्छ ।

 

जर्मनीको यातायात मन्त्रालयका प्रवक्ता टिम अलेक्जान्ड्रिनले राइन नदीको समुद्रमा जोडिने काउब भन्ने ठाउँको घाँटी साँघुरो र पानीको सतह कम हुनाले खडेरीले झनै घटाइदिंदा साना जहाजहरु मात्रै पार गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् ।

 

पानीको अभावका कारण हेलब्रोनबाट कोलोनसम्म राइन नदीबाट नुन ल्याउने जहाजहरूले सामान्यतया दुई हजार दुई सय मेट्रिक टन कार्गो बोक्ने गरेकोमा हाल ६ सय टन मात्र ढुवानी गर्न सक्षम रहेको जर्मन रसद कम्पनी एचजिकेका प्रवक्ता क्रिस्चियन लोरेन्जले मेडियाहरुलाई बताएका छन् ।राइन नदीमा पानीको स्तर घट्दा त्यसले जर्मनीमा मात्रै नभएर नेदरल्याण्ड्सको जल यातायात र कृषिमासमेत निकै ठूलो प्रभाव पार्ने चेतावनी टोरेटीले दिएका छन् ।।

 

राइन नदीमा पानीको स्तर घट्दा पानी जहाजबाट सामान डेलिभरी गर्ने जर्मन कारखानाहरू र पावर प्लान्टहरूका लागि समस्या पर्न लागेको छ । क्यापिटल इकोनोमिक्सका अनुसार अन्य युरोपेली देशमा भन्दा जर्मनीमा पानी जहाजबाट सामान ढुवानी धेरै हुने गर्छ ।

 

जर्मनीको यातायात मन्त्रालयका प्रवक्ता टिम अलेक्जान्ड्रिनले राइन नदीको समुद्रमा जोडिने काउब भन्ने ठाउँको घाँटी साँघुरो र पानीको सतह कम हुनाले खडेरीले झनै घटाइदिंदा साना जहाजहरु मात्रै पार गर्न सक्ने अवस्थामा पुगेको बताएका छन् ।

 

पानीको अभावका कारण हेलब्रोनबाट कोलोनसम्म राइन नदीबाट नुन ल्याउने जहाजहरूले सामान्यतया दुई हजार दुई सय मेट्रिक टन कार्गो बोक्ने गरेकोमा हाल ६ सय टन मात्र ढुवानी गर्न सक्षम रहेको जर्मन रसद कम्पनी एचजिकेका प्रवक्ता क्रिस्चियन लोरेन्जले मेडियाहरुलाई बताएका छन् ।

 

राइन नदीमा पानीको स्तर घट्दा त्यसले जर्मनीमा मात्रै नभएर नेदरल्याण्ड्सको जल यातायात र कृषिमासमेत निकै ठूलो प्रभाव पार्ने चेतावनी टोरेटीले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय