शनिबार , बैसाख ८, २०८१

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको टोलटोलमा शालिक बनाएर पूजा गर्ने समय आउने बताएका छन् ।

 

१९औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा रामेछापको दोरम्बास्थित डाँडाकटेरीमा आयोजित कार्यक्रममा पुनले राजनीतिक परिवर्तन र सामाजिक जागरणका नायकका रुपमा प्रचण्डको पूजा गर्ने दिन आउने दाबी गरे ।प्रचण्डको नेतृत्वमा भएको माओवादी जनयुद्धले दलित, महिला, मधेसी र जनजाति समुदायमाथि वर्षौंदेखिको थिचोमिचो र अत्याचार अन्त्य भएको पुनले बताए ।

 

प्रथम राष्टपति डा. रामवरण यादव र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डसँगको भेटमा पटकपटक आफूहरु राष्टपति हुनुमा माओवादीको योगदान रहेको भन्दै धन्यवाद दिने गरेको पुनले दावी गरे ।

 

०५१ सालको संसदमा ७ जना र ०५६ को संसदमा १२ जना मात्र महिला सांसद रहेको भन्दै पुनले समावेशी समानुपातिक प्रतिनिधित्वको माओवादी एजेण्डाका कारण हाल हाल संसदमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताए । पुनले दोरम्बा घटना मानवताविरुद्धको अपराध भएको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कानुन बनाउँदा त्यस्ता घटनाका दोषीले उन्मुक्ति पाउन नहुने गरी बनाउनुपर्ने बताए । थप अर्को प्रचण्ड कै समाचार पढ्नुहोस ।

 

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गरेको खर्चका विषयमा दिएको अभिव्यक्तिमाथि थप विवरण माग गरेर स्पष्टीकरण सोधेको आयोगले जनाएको छ ।

 

केही दिनअघि अध्यक्ष प्रचण्डले गाउँपालिका अध्यक्ष जित्न उम्मेदवारहरुले १० करोडसम्म खर्च गरेको रिपोर्ट आएको अभिव्यक्ति दिएका थिए ।आयोगले प्रचण्डको सोही अभिव्यक्तिलाई स्पष्ट पार्न आग्रह गरेर पत्र लेखेको एक अधिकारीले जानकारी दिए ।

 

आयोगका ती अधिकारीका अनुसार, त्यसरी अभिव्यक्ति दिनुको आधार के हो र कुन गाउँपालिकाका अध्यक्षले रकम खर्चेका हुन्, विवरण उपलब्ध गराइदिन अनुरोध गरी पत्राचार भएको हो । स्पष्टिकरण सोध्ने भनी निर्णय भए पनि आयोगले दाहाललाई पठाएको पत्रमा ‘सूचना उपलब्ध गराई सहयोग गरिदिने सम्बन्धमा’ भन्ने व्यहोरा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको उम्मेद्‍वारका लागि साढे ३ लाख रुपैयाँको अधिकतम हद तोकिएको थियो ।

 

अहिले जिल्ला तहमा प्राप्त निर्वाचन खर्चको विवरण संकलन र अध्ययन भइरहेको भन्दै आयोगले अधिकतम हदभन्दा बढी खर्च गर्नेहरुको सूचना माग गरेको हो ।

 

दशको पूर्वप्रधानमन्त्री, सत्तारुढ दलका नेताले गाउँपालिकाका अध्यक्षको उम्मेद्‍वारले १० करोड रुपैयाँभन्दा बढी खर्च भएको भनी दिएको अभिव्यक्तिले थप सूचना प्राप्त हुनसक्ने र निर्वाचन खर्चबारे अनुगमन गर्न सहज हुने भन्दै आयोगले पत्राचारमार्फत थप विवरण मागेको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय