बिहिबार , चैत्र १५, २०८०

३१ साउन, काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम पनि नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएका छन् ।

 

गौतमले माओवादीको चुनाव चिह्न सहज हुने देखेर उसकै चुनाव चिह्न लिएर निर्वाचनमा भाग लिने बताए । ‘हामीलाई माओवादीको चुनाव चिह्न सहज हुने देखियो । हामीले माओवादीलाई प्रस्ताव पठाएका छौं ।’ उनले यो पार्टी एकीकरण नभई चुनाव चिह्न लिएर चुनाव लड्न लागेको बताए ।

 

र यो पनि

नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक बामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा भाग लिने भएका छन् । माओवादी केन्द्रले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिह्नबाट आगामी निर्वाचनमा भाग लिन दिने निर्णय गरेको हो । माओवादीका प्रवक्ता कृष्णबहादुर महराकाअनुसार मंगलबार बसेको स्थायी कमिटी बैठकले भट्टराई र गौतमलाई आफ्नो चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको हाे ।दुवै दलले माओवादी केन्द्रसँग अन्य शर्तहरू पनि राखेको र ती शर्तहरूका विषयमा छलफल जारी रहेको प्रवक्ता महराले बताए ।

 

र यो पनि

सत्तारुढ दल नेपाली काग्रेस , नेकपा माओवादी केन्द्र लगायतका दलका कार्यकर्ताले काठमाडौँको फोहोर बोकेर बन्चरेडाँडा जान लागेका गाडीमा अवरोध पुर्र्याएका छन् । यत्ति सम्मकी मासु भातको मेसनै चलाएर उनीहरुले फोहोरको गाडी माथी गुलेली हानेका थिए ।

 

दुई सय भन्दा धेरै प्रहरी परिचालन गरेर केही फोहोरका गाडी बन्चरेडाँडामा पुर्याउँन सफल भए पनि सत्तारुढ दलका स्थानिय कार्यकर्ताहरुका अवरोधका कारण सहज रुपमा फोहोर लैजान सकिएको छैन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले स्टाटसनै लेख्दै देउवा प्रचण्डका कार्यकर्ताले गुलेली हानेर फोहोर लैजान नदिएको भनेका छन् ।यत्ती सम्मकी काग्रेस , माओवादीका स्थानिय कार्यकर्ताहरुले खानाको मेसनै चलाएर फोहोर बोक्ने गाडीमा अवरोध पुर्याएका थिए । सामुहिक मेस संचालन गरेर फोहर बोक्ने गाडीलाई गुलेली हान्ने कामको नेतृत्व स्थानीय काग्रेस , माओवादी , नेकपा एस लगायतका दलका कार्यकर्ताले गरेका थिए ।

 

आन्दोलनरत दलका कार्यकर्ताले संयुक्त रुपमा खाना बनाए, मेस चलाए, फोहोर बोकेका गाडी अनि प्रहरीलाई गुलेली हान्न थाले र गाडीलाई रोके । लगातारको अवरोधपछि प्रहरीको थप टोली पुग्यो । नुवाकोट र धादिङका साथै काठमाडौंबाट गएको प्रहरी टोलीले चारैतिरबाट घेरेपछि स्थानीयले सडक छाडे ।जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक ९एसपी० रमेश पण्डितका अनुसार फोहोर फाल्न २५० प्रहरी खटाइएको थियो भने ब्याकअपमा थप फोर्स थियो । धादिङको धुनीवेशी गाउँपालिकातर्फ स्थानीयले ४० वटा ट्रक सडकमै रोकेका थिए । प्रहरीले बल प्रयोग गरेपछि स्थानीयबासिन्दा पछाडि हटे ।

 

त्यही मौकामा ५० टिपरले फोहोर बञ्चरेडाँडामा खसाल्यो । तर फेरि स्थानीयले अवरोध गरे । उनीहरुले डाँडामा बसेर गुलेली समेत हानेका थिए ।

काठमाडौं महानगरपालिकाका अनुसार सोमबार दिनभरमा बञ्चरेडाँडामा २०० टिपर फोहोर खसालिएको छ । मेयर बालेन शाहका अनुसार महानगरले नेपाल टिपर व्यवसायी संघसँग २५० टिपरलाई डिजेल र चालक भत्ता दिने गरी भाडामा लिएर एकैदिन धेरै फोहोर उठाउन खोजेको थियो ।विगतमा सिसडोलमा भएको लापरबाहीका कारण स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु स्वाभाविक भएपनि आफूहरुले सोही ‘अपराध’ उनले बताएका छन् । तर सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको मेयर बालेनले बताएका छन् ।

 

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले आइतबार संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरे डाँडामा फोहोर फाल्ननदिन घोषणा गरेका थिए ।

 

उनीहरुविरुद्ध उजुरी परेको र पक्राउ गर्न खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा उजुरी परेको छ । तर आरोपित तीन नेताले भने सोमबार विज्ञप्ति निकालेर झुटो आरोप लगाएर आन्दोलनलाई निरुत्साहित गर्न खोजेको बताएका छन् ।SOURCE-SAGARMATHADAILY

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय