शुक्रबार , चैत्र १६, २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताले आडम्बरी त्याग्न सके मात्र मुलुकको विकास हुने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू वर्तमान सरकारको विरोधमा नभए पनि परिस्थितिले नै कटाक्ष गर्नुपरेको भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

 

‘सेटिङमा बजेट बन्दा र व्यापारीले करका दर तोक्दा मे रो मन पोलेको छ ।’ ओलीले भने ।

 

आफू प्रधानमन्त्री छँदा देशमा पैसाको छेलोखेलो भएको दावी गरेका उनले अहिले पैसा रित्तिएर विकास निर्माणको काम ठप्प भन्दै अहिल े पैसा कहाँ जान्छ भनी प्रश्न गरे ।

 

अहिले विकास गर्न पैसा छैन । बाटो बनाउने, पुल बनाउने पैसा छैन । ठेकेदारलाई भुक्तानी दिने पैसा छैन । पैसा जान्छ कहाँ रु पैसा कहाँ गयो र अलच्छिन कहाँबाट पस्यो ?’, उनले भने ।

 

त्यति धेरै पैसा कसरी हरायो भन्नेमा आफू चिन्तित भएको भन्दै ओलीले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, धरहरा रानीपोखरी, दरबार हाइस्कुल, आर्मी हेडक्वाटर बनेको र ३ सय ९६ वटा अस्पताल एकै ठाउँबाट शिलान्यास गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय