बिहिबार , चैत्र १५, २०८०

काठमाडौ:

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बडो अप्ठ्यारो अवस्थामा गुज्रिरहेको छ ।

यसले नेता कार्यकर्तामा निरासा छाएको छ । योबीचमा अध्यक्षद्धय केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सकसकाबीचपनि सम्वाद जारी राखेका छन् ।

हिँजो साँझ प्रचण्ड ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । अहिले प्रचण्ड भेट्न ओली खुमलटार जाने भएका छन्।

प्रधानमन्त्री श्रोतले दिएको जानकारी अनुसार प्रम ओली १० बजे दाहाल निवास खुमलटार जानेछन्। पार्टीमा जारी गतिरोधकाबिच ओली दाहाल निवास जान लागेका हुन्।

हिजो शुक्रबार दाहाल र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो।बालुवाटारमा भएको भेटमा दाहालले ओलीलाई म मात्रै आइरहन्छु तपाईंपनि मेरोमा आउन हुन्छ नी भनेपछि ओली खुमलटार जान लागेको प्रधानमन्त्री निकट श्रोतको भनाइ छ।

प्रचण्ड श्रोतले भने आफूहरूलाई यसबारेमा कुनै जानकारी नभएको जनाएको छ। तर ओलीको खुमलटार जाने तयारी रहेको बालुवाटार श्रोतको दावी छ ।

कोरोनाको महामारी सुरू भएदेखि प्रधानमन्त्री ओली बालुवाटरबाट विरलै बाहिर निस्केका छन्।

पछिल्लो समय संवैधानिक परिषद सम्बन्धी विधयेक ल्याएपछि पार्टीमा झनै विवाद उत्कर्षमा पुगेको बेलामा ओली प्रचण्ड निवास जान लाग्नुलाई अर्थपूर्ण मानिएको छ।

यसअघि पार्टीभित्र उनीदेखि असन्तुष्ट रहँदै आएको माधवकुमार नेपाल तथा दाहाल समूहले सचिवालयमा अल्पमतमा पारेपछि वामदेव गौतमलाई आफ्नो पक्षमा मनाउन साउनमा गौतम निवास भैंसेपाटी पुगेका थिए।

ओली अत्यन्तै जटिल अवस्था नभएसम्म बाहिर निस्किदैनन् । बाहिर निस्किएपछि उनले समाधान लिइर नै आउँछन् ।

अहिले माधब नेपाल र प्रचण्ड पक्ष मिलेर पार्टीका आफु पक्षका नेताहरुको भेला गर्न थालेपछि यसलाई रोक्न ओलीले कसरत गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय