शनिबार , बैसाख ८, २०८१

ओहो जनताले क. प्रचण्ड को फांसीको सजाए माग्न थालिसकेछन्, ठिक कि बेठिक?

 

ओहो जनताले क. प्रचण्ड को फांसीको सजाए माग्न थालिसकेछन्, ठिक कि बेठिक हजुर? (हेर्नुहोस भिडियो) भिडियो समाचारको अन्त्यमा छ, हेर्नुहोस।

 

यो पनि पढ्नुहोस: इजरायलले कृषि क्षेत्रका लागि एक हजार नेपाली कामदार लैजाने

 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोडरबीच शिष्टाचार भेटवार्ता भएको छ। राजदूत गोडर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय गएका थिए।

 

उनीहरूबीच दुई देशबीचको श्रम सम्झौता बारे छलफल भएको छ। छलफलमा मन्त्री कुँवरलाई राजदूत गोडरले हिजो मात्रै इजरायल सरकारले थप एक हजार नेपाली कामदार कृषि कामको लागि लैजाने विषयमा टुंगो लगाएको कुरा जानकारी गराएका छन्।

 

यसअघि सहायक कामदारको लागि नौ हजार ६९९ जनाले निवेदन दिएकोमा एक हजार १४७ जना कामदार छनौट भएर इजरायल जाने तयारीमा छन्। मन्त्री कुँवरले आगामी दिनमा पनि इजरायले नेपालका कृषि, पर्यटन, उद्योग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न पनि अनुरोध गरे।

 

उनले श्रम मन्त्रालयले भर्खरै विदेशबाट फर्किएका नेपाली कामदारको लागि पुनः एकीकरणको कार्यविधि पारित गरेको जानकारी गराउँदै सहयोग गर्न आग्रह गरे। त्यस्तै, उनले छनोट भएका श्रमिकहरूलाई इजरायल लैजाने वातावरण बनाइ दिन समेत आग्रह गरे।

हेर्नुहोस् भिडियो

र यो पनि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले सोमबार पनि फोहोर व्यवस्थापन सहज नभएको बताएका छन् । उनले सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको बताएका छन् ।

 

सोमबार फेसबकुमा स्टाटस लेख्दै उनले फोहोर व्यवस्थनमा राज्य संरचना निरीह बनेको टिप्पणी गरेका छन् । बञ्चरेडाँडमा ५ अर्ब भन्दा बढी लगानी गरिसकेको र दुई दशकदेखि योजना बनाएको अवस्थामा पनि फोहोर लैजान माथापच्ची गर्नुपरेकोमा उनले असन्तुष्टि२०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?’ बालेनले प्रश्न गरेका छन् ।फोहोर लैजाने कुरा आज पनि सहज भएन ।

 

सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो, जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ दिएको देखियो । यद्यपि २०० भन्दा बढी प्रहरीहरुको परिचालनबाट फोहोरका गाडीहरु बञ्चरे लगियो । तर केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास गरियो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।केही दिन र केही समयबाट देखिरहेको समस्या सतही मात्रै हो ।

यसका गहिरा र अलग्गै कारणहरु छन् । नत्र सोच्नुहोस् त, राज्यले ५ अर्बभन्दा बढि लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ? २०० भन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरिह किन बन्छ ?यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन ।

 

तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहोर्‍याएर अपराध गर्ने छैनौँ । यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफूले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।पुन: भन्न चाहन्छौँ, व्यवस्थापन हाम्रो स्वार्थहरुको गर्नु पर्ने होइन, फोहोरको हो ।

 

आफ्ना कुत्सित स्वार्थहरुको व्यवस्थापन महानगरले गरिदेला भन्ने सोच्नु भएको छ भने त्यो भ्रम हो । त्यसो भन्दैमा कसैलाई हराउने खेलमा महानगर छैन । सबैले जित्ने कार्यक्रम लागू गर्ने योजनामा महानगर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय