शुक्रबार , चैत्र १६, २०८०

अर्घाखाँचीमा टोपबहादुरसँग मुस्कान लड्ने, एमालेले कसलाई देलान भोट?

 

अर्घाखाँचीमा यसपटकको संसदीय निर्वाचन रोचक हुने भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन रोचक बन्ने देखिन थालेको छ ।

 

यश क्षेत्रको बलियो उम्मेदवार एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी हुन् । उनले लगातार तिन पटक माओवादीबाट चुनाव जितेर उपप्रधानमन्त्रीसम्म बनेका छन् । अहिले भने उनी एमालेबाट चुनाव लड्दैछन् ।रायमाझीलाई टक्कर दिनेगरी कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री विष्णप्रसाद खनाल (मुस्कान)ले तयारी गरेका छन् । जनतामा निकै लोकप्रिय रहेका मुस्कान अर्घाखाँची प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि परिपक्व नेता हुन् ।

 

जिल्ला सभापति हुँदा पाटी संगठन निर्माण, पाटी प्रवेश, क्रियाशिल सदस्यताको लिष्ट केन्द्रमा बुझाउने अर्घाखाँची पहिलो जिल्ला सहित उत्कृष्ट काम गरेका मुस्कान अहिले चुनावको तयारी गर्दैछन् । जनतामा निकै लोकप्रिय रहेका नेता भएकाले मुस्कानले जित्ने स्थानीय नेताहरू बताउँछन् ।माओवादी छोडेर एमालेमा गएका टोपबहादुर रायमाझी पनि बलियो उम्मेदवार हुन् । उनले तीन पटक संसदीय निर्वाचन माओवादी केन्द्रबाट जितेका थिए । अहिले रायमाझी निर्वाचनकै लागि महिनामा आधा समय जिल्लामै हुन्छन् । तर एमालेकै नेताहरू भने उनले हार्ने बताउँछन् । एमालेमै संघर्ष गरेका र उदियमान नेताहरू हुँदाहुँदै तीन पटक साँसद र पटकपटक मन्त्री बनेका रायमाझीले दाबी गर्न नहुने बताउँछन् ।

 

पार्टीको केन्द्रीय सचीव जस्तो व्यक्ति जसले पटकपटक अवसर पाएको छ । त्यस्तो व्यक्ति अब लड्नु नहुने एमालेका स्थानीय नेताहरूको आवाज छ । अर्कातिर पार्टीभित्र चर्को असन्तुष्टि पनि भएकाले रायमाझी उपयुक्त उम्मेदवार नहुने उनीहरू बताउँछन् ।एक जना एमालेका पुराना र दिग्गज नेताले मुखै फोरेर अहिले एमालेले रायमाझीलाई टिकट दिए अर्घाखाँचीमा बबन्डर हुनेवाला भएको बताए । हामी त भोटै दिन्नौँ, रायमाझी निकै स्वार्थी नेता भएको उनको दाबी छ । उनले भने, ‘मन्त्री र सांसद पद पाउनकै लागि उनले पार्टी छोडेका हुन् । भोलि एमाले छोडेर कांग्रेसमा जाँदैनन् भन्ने ग्यारेन्टी के छ ?’

 

उनले रायमाझी र मुस्कान चुनाव लडे आफू मुस्कानलाई भोट माग्न हिड्ने बताए । त्यतिमात्र होइन एमालेका पुराना र कतिपय युवाहरू समेत रायमाझी हराउने अभियानमा लाग्ने बताए । पार्टीको सचीव, उपप्रधानमन्त्री भैसकेको र अनुभवी व्यक्तिअर्घाखाँचीको लागि राम्रै हुन्छ होला नी भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘त्यस्तो पनि हुन्छ, अनुभवी भन्दैमा सधैभरी उसैलाई मात्रै अवसर दिने भन्ने हुन्छ ? बपौतीमा पाएजस्तो हँ ? पार्टीमा उनीभन्दा प्रभावशाली नेता पनि छन, उनीभन्दा एमालेमा मेहनत गरेका नेता पनि छन् । अनुभवी भन्दापनि अब नयाँ सोँच भएको युवा चाहिएको छ ।’

 

यसअघिको निर्वाचनमा बाम गठबन्धन हुँदा राम्रै मतान्तरले जितेका रायमाझीलाई अहिले भने चुनाव जित्न फलामकै चिउरा हुने बताइन्छ । ‘स्थानीय तहको निर्वाचनमा त एमालेकै राम्रो मत आयो रायमाझीले कसरी हार्लान ?’ भन्ने प्रश्नमा पूर्वएमालेका एक नेताले यतिबेला अन्य दलले संयोजन मिलाउन र राम्रा उम्मेदवार छान्न नसकेकाले एमालेलाई सहज भएको बताए । उनले पनि कांग्रेसबाट मुस्कान उठेको खण्डमा उनले एमालेको पनि राम्रो मत पाउने बताए ।

 

मुस्कानको नेतृत्वमा यसभन्दा अघिल्लो स्थानीय तहको चुनावमा जिल्लाका ६ स्थानीय मध्ये ४ तहमा कांग्रेस–माओवादी चुनावी तालमेल भएको थियो । त्यसमा ३ तहमा गठबन्धन सहित कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए । छत्रदेव र पाणिनिमा कांग्रेस एक्लै लडेर जितेको थियो । ६ स्थानीय तहका १२ पद मध्येमा ६ पदमा कांग्रेस उम्मेदवारले चुनाव जितेका थिए ।

 

रायमाझी निकै स्वार्थी नेता भएको र कोभिडको समयदेखि उनी थप अलोकप्रिय बनेको बताइन्छ । सधैभरी जनतालाई झुक्याउन नसकिने भएकाले रायमाझी सकेसम्म समानुपातिकमा बस्ने प्रत्यक्ष निर्वाचन नलड्ने तयारीमा लागेको पूर्वमाओवादी नेता बताउँछन् ।

 

‘उनी चतुर छन्, यसपटक चुनाव लड्दैनन’ उनले भने ।कार्यकर्ताबीच लोकप्रिय मुस्कानलाई बहुसंख्यक कार्यकर्ता सहित ५ दलीय गठबन्धनका नेता तथा कार्यकर्ताले संघीय सांसदको चुनाव लड्न दवाव दिएपछि उनी तयार भएको बताइन्छ । कांग्रेसले मुस्कानलाई उम्मेदवार बनाए एमालेको पनि राम्रो मत आउने आँकलन कांग्रेस नेताहरूको बुझाई छ ।

 

यसपटक माओवादी, राजमो, नेकपा एस, जसपाको मतले कांग्रेस उम्मेदवारले चुनाव जित्ने सुनौले अवसर छ । अर्कातिर लगातार तिन पटक माओवादीबाट चुनाव जितेर उपप्रधानमन्त्रीसम्म भएका एमाले सचिव रायमाझीलाई हराउनुपर्ने दवाबमा कांग्रेस नेताहरू छन् ।

मुस्कानको जनस्तरसम्म प्रभाव राम्रो भएको र एमालेका मत समेत पाउन सक्ने रिपोर्टिङ नेतृत्वलाई गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय