बिहिबार , बैसाख १३, २०८१

प्रधान सेनापति महारथी प्रभुराम शर्मा तथा रक्षा सचिव किरणराज शर्माले दार्चुला-टिंकर सडक आयोजनाको भ्रमण गरेका छन् ।

 

दुवैले २०७८ माघ २७ गते दार्चुलास्थित गुरुगोरख गुल्मको सामुहिक तालिम ईलाका, सुनसेरास्थित दार्चुला-टिंकर सडक आयोजना तथा महेन्द्रनगरस्थित नं.२५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।

 

 

 

 

 

 

 

 

 

भ्रमणको दौरानमा नेपाली सेनाद्वारा निर्माणाधिन दार्चुला(टिंकर सडक आयोजनाको स्थलगत अवलोकन समेत गरिएको थियो भने तत्पश्चात नं।२५ बाहिनी अड्‍डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गर्नुका साथै व्यारेक एरिया समेत निरीक्षण गरिएको थियो ।

 

उक्त निरीक्षण भ्रमण पूर्व प्रधान सेनापति शर्मा र रक्षा सचिव शर्माबाट सुदूर पश्चिम प्रदेशका प्रदेश प्रमुख, मुख्य मन्त्री र आन्तरिक मामिला तथा कानून मन्त्रीसँग भेटघाट तथा छलफल गरिएको थियो ।

 

 

 

 

 

 

 

 

 

दुई दिने निरीक्षण भ्रमणको क्रममा रहेका प्रधान सेनापति महारथी शर्मा तथा रक्षा सचिव शर्माबाट २०७८ माघ २८ गते कञ्‍चनपुर जिल्ला, गड्डाचौकीस्थित नेपाली सेनाद्वारा निर्माणाधिन होल्डिङ सेन्टरको अवलोकन गर्ने योजना रहेको छ ।

 

तत्पश्चात, सुर्खेत, फँलाटेस्थित सामुहिक तालिम ईलाकाको निरीक्षण गर्नुका साथै कमाण्ड तहको अभ्यास ूअभ्यास तारागढीू को स्थलगत अवलोकन तथा तालिमरत सकलदर्जाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय