बुधबार , बैसाख १२, २०८१

२ पुस:

अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हल्लीखल्ली मच्चिएको छ ।

सरकारले मंगलबार संवैधानिक परिषद्का अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बोलाउन सक्ने गरी अध्यादेश ल्याएको थियो ।

तर पार्टीभित्र चर्को विरोध हुनुका साथै संसदको विशेष अधिवेशन बोलाउन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर नेकपाकै सांसदहरु शीतल निवास पुगेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परे ।

बुधबार नेकपा शीर्ष नेताहरुबीच भएको छलफलमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिने सहमत भए । नेकपा स्थायी कमिटीले पनि अध्यादेश फिर्ताको निर्णय गरेको थियो ।

अध्यादेश फिर्ता लिने सहमति गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । बिहीबार ५ बजे परिषदको बैठक राखिएको भन्दै प्रधानमन्त्रीको सचिवालयबाट सदस्यहरुलाई फोन गरिएको छ ।

औपतचारिक पत्र भने गएको छैन । यसले नेकपामा हल्लीखल्ली मच्चिएको छ । प्रधानमन्त्री सहमति विपरित अगाडि बढ्न खोजेको त होइन भन्ने नेताहरुको आशंका छ ।

प्रधानमन्त्री निकट नेताहरुले भने यसअघिकै बैठकको निरन्तरता स्वरुप अनौपचारिक छलफलका लागि बैठक बोलाएको तर्क गरेका छन् ।

परिषद बैठक अगाडि प्रधानमन्त्री ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने तय भएको छ । अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय