बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

काठमाडौंस्थित तीनकुनेको व्यस्त सडक । सडकको छेउमा फुटपाथ । पुटपाथमा पनि मानिसको ओहोर–दोहोर बाक्लो छ ।

सडकको पश्चिमपट्टिको फुटपाथ छेउमै भिरालो जमिन छ । जहाँ एक अधवैशे महिला सुतिरहेकी छिन् ।

मोटोमाथि ब्ल्याङ्केट, ब्ल्याङ्केटमाथि उनी सुतेकी छिन् । उनको टाउकोमा सिरानी अडिएको छ । र, ब्ल्याङ्केट नै ओढेकी छिन् । ती महिलालाई सरिता खड्काले बाटो हिँड्दै गर्दा तीन दिनअघि देखिकी थिइन् ।

त्यतिबेला पनि ती महिलाको आसन उस्तै थियो । सरिताले भनिन्, ‘अफिसबाट फर्कंदै गर्दा साँझको आठ बजेतिर पुल छेउमा कपडाको थुप्रो र मान्छेजस्तै देखें । नजिकै पुगेर हेर्दा भर्खरै कसैले छोडेर गएको जस्तो देखिन्थ्यो ।’ महिलाको अनुहार गोरो छ ।

तर, दुब्लाएर कक्रक्क परेको । शरीरमा न्यानो कपडा लगाइएको थियो । ती महिला भने न हलचल गर्न सक्थिन्, न त केही बोल्न नै । सरिताले सोचिन्– कोही आफन्त आएर लैजालान् की ! अनि उनी बाटो लागिन् । तर, अर्को विहान पुग्दा पनि ती महिलाको अवस्था उस्तै थियो ।

सरिताले भनिन्, ‘मन थाम्न नसकेर डाइपर परिवर्तन गरिदिएँ अनि केही खाना र जुस खुवाइदिएँ ।’ ती महिलाले भने आफैं खानसमेत सक्दैनथिन् । किनकी उनलाई प्यारालाइसिसले गाँजेको छ । मंगलबार विहान पनि उनी नौ बजेसम्म उनै महिलाको छेउमा गएर बसिन् । खाना खुवाइन् ।

अहँ ! महिलालाई लिनको लागि कोही आफन्त आएनन् । सरिताले भनिन्, ‘बोलाउँदा पनि केही बोल्न सक्नुभएन । रोइमात्र रहनुभयो ।’ बेवारिसे ती महिलाको प्रकृति हेर्दा कसैले अस्पताल वा घरबाटै लिएर छोडेको जस्तो देखिने सुमन बताउँछन् । उनले थपे, ‘महिलाको उमेर ४० देखि ४५ वर्षको जस्तो देखिन्छ ।

आफन्तले नै लिएर छोडेको हो की भन्ने अनुमान पनि छ ।’ तर, उनीहरुले पनि अहिलेसम्म आफन्त पत्ता लगाउन सकेका छैनन् । तीनकुनेमा देखिएको यो दृष्यले मानिसहरु हिंस्रक बन्दै गइरहेको देखाउँछ । यो घटनाले मानवीयतामाथि निकै ठूलो प्रश्न चिन्ह पनि खडा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय