बिहिबार , बैसाख १३, २०८१

पल शाह प्रकारण अहिले धेरै समय देखी चर्चा को बिषय बनिरहेको छ । हिरासत मा रहेको पल शाह असार मै छुट्छ भनेनी अहिले सम्म छुटेको छैन । पल शाह को समर्थन हरु ले बिरोध गर्दै आएको छ ।

 

तर अहिले समाचारहरु पल शाह रिह भयो भनेर धेरै आएको छ । युटुबहरु मा एस्त शिर्सक राखेर धेरै भिडियो बनाएको छ । तर आहिले सम्म पल शाह छुट्ने सम्भावना काम नै देखेको छमहोत्तरीको बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीको काम कारवाही

 

 

स्वच्छाचारी प्रवृतीको रहेको पूर्व मेयर बिदुरकुमार कार्कीले टिप्पणी गरेका छन् । हालसम्म उनले गरेको निर्णयलाई विश्लेषण गर्दै पूर्वमेयर कार्कीले नगरपालिकामा कर्मचारीतन्त्र हावी भएको सुनाए ।

 

‘संसदीय अभ्यास अनुसार एक सय दिनलाई सरकारको हनिमुन अवधि भन्छन् । नेतृत्वले लिएको निर्णयबारे प्रतिक्षा गरिन्छ । तर, बर्दिबास नगरपालिकामा मेयरले कार्यभार समाहालेको एक दिन नपुग्दै विवादमा तानिनुभयो’,

 

 

 

पूर्वमेयर कार्कीले ‘द पब्लिक टुडे’संग कुरा गर्दै भने, ‘मेयरले पूर्वाग्राही, दृष्टिकोण विहिन, स्वेच्छाचारी, भिजनलेस ढंगले निर्णयहरु गरेका छन् । जसको ज्वलन्त उदाहरणको रुपमा करारका शिक्षकलाई निकालिएको प्रकरणलाई हेर्दा पुग्छ ।’

 

सुरु गरिएका कामहरुलाई टेकेर नयाँ कामहरुको थालनी गर्नु पर्नेमा मेयर क्षेत्रीले ती सबै सकारात्मक प्रयासलाई धारासाही बनाउने काम गरेको पूर्व मेयर कार्कीको भनाई छ ।

 

 

‘पहिला करारका कर्मचारीमा हात हाल्नुभयो, लगत्तै करारको शिक्षकलाई हटाउनुभयो । उहाँ बर्दिबासको शिक्षा क्षेत्रलाई धारासाही बनाउने खालको निर्णय लिइरहेको छ

 

 

 

’, पूर्वमेयर कार्कीले भने, ‘यसले आमजनतामा निराशा पैदा गरेकोआफ्नो कार्यकालमा गरिबका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा खुल्ला प्रतिस्पर्धाका मार्फत क्षमतावान ६२ जना करारका शिक्षक भर्ना गरिएको उनले उल्लेख गरे ।

 

 

 

उनले भने, ‘अब उहाँले विद्यालयलाई आफ्ना कार्यकर्ताहरुलाई शिक्षकको रुपमा विद्यालयलाई भर्तिकेन्द्रको रुपमा अगाडि बढाउनु खोज्नुभएको छ ।’

 

यसबारे जनमानसमा तिब्र चिन्ता प्रकट भएको बताउँदै उनले थपें, ‘उहाँले करारका शिक्षकलाई हटाएर गर्न नहुने काम गर्नुभयो । यस्ता कामहरुले उज्यालो बर्दिबास बनाउन सक्नु हुन्न भन्ने दृष्य देखियो ।’

 

कार्यपालिका बैठकमा कार्यपालिका सदस्यको मतलाई पेलेर निर्णय लिने काम भइरहेको पूर्वमेयर कार्कीले सुनाए । उनका अनुसार फरक मतलाई उहाँले (मेयर क्षेत्री) ले सम्मान गर्नुभएको छैन ।

 

।। नेतृत्व भनेको समाज, विकास सिद्धान्त, समाजिक बनोट सबैलाई बुझेर निर्णय लिनु पर्छ । बर्दिबास नगरपालिकको पहिलो नेतृत्वले गरेको कामलाई नीति तथा कार्यक्रममा अगाडि बढाउन सक्नुभएन । अहिलेको नेतृत्व यी र यस्ता पक्षमा चुक्दै गइरहेका छन् ।

 

नगरपालिकाले सुरु गरेको गेमचेन्जर ड्रिम प्रोजेक्टहरुलाई मेयर क्षेत्रीले पाखा लगाएर खर्च गर्ने बजेट मात्रै ल्याएको उनले टिप्पणी गरे । ‘शिक्षा, स्वास्थ्य, भौतिक पूर्वधार लगायतका क्षेत्रलाई एक दशकमा उचाईमा लैजान आवधिक योजना तयार गरिएको थियो ।

 

 

 

त्यसले अर्ब बजेट लाग्ने प्रक्षेपण गरको थियो’, पूर्व मेयर कार्कीले भने, ‘हामीले त्यसलाई अगाडि बढाएर थुप्रै काम थालेका थियौं । अहिलेको नेतृत्वले सबैलाई पाखा लगाएर चरित्र र लक्ष्य विहिन नीति तथा कार्यक्रममा बजेट विनियोजन गरेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय