बिहिबार , बैसाख १३, २०८१

काठमाडौँ। सरकारले संघ र प्रदेशको चुनावको मिति घोषणा गरेपछि साना दल र स्वतन्त्र व्यक्तिले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ।

 

यसले आगामी मंसिर ४ गतेका लागि तय भएको चुनावको माहोल बनेको छ। ठूला राजनीतिक दल र पाँच दलीय सत्ता गठबन्धनलाई सिट बाँडफाँटको लागि रस्साकस्सी हुने देखिएको छ।

 

पाँच दलीय सत्ता गठबन्धनले त चुनावको लागि सिट बाँडफाँड गर्न समिति नै बनाएर गृहकार्य गरेको छ। सिट बाँडफाँडको कारण पाँच दलीय सत्ता गठबन्धन चुनावसम्म कायम रहन्छ वा रहदैन भन्ने नै अन्यौल समेत उत्पन्न हुन थालेको छ।

 

यद्यपि पाँच दलीय सत्ता गठबन्धनले चुनावसम्मै जाने भनेर निर्णय भने भएको छ। तर निर्णय गरेजस्तै व्यवहारमा सीट बाँडफाँट निकै सकस देखिएको छ। प्रमुख प्रतिपक्षी दल एमालेभित्र पनि चुनावमा सीट बाँडफाँड गर्न निकै सकस पर्ने देखिएको छ। यद्यपि साना राजनीतिक दलमा उम्मेदवारका आकांक्षी कम भएका कारण भटाभट उम्मेदवारी घोषणा गरेका छन्।

 

भ्रष्टाचारविरुद्ध अभियन्ताहुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा प्रवेश गरेका ज्ञानेन्द्र शाही जुम्ला बाट चुनाव लड्ने घोषणा गरेपश्चात यसको तयारीमा लागेका छन्। उनि पार्टीका प्रवक्ता पनि हुन्। ज्ञानेन्द्र शाहीको उम्मेद्वारीको बिषयमा केन्द्रित भएर कुरा गर्दैछौँ।आगामी चुनावमा लड्नको लागि जुम्ला नै किन रोज्नुभयो?

मेरो जन्मभूमि भएको कारण म जुम्लाबाट चुनावमा भाग लिन खोजेको हो। आज म संसारको जुनसुकै कुनामा भएपनि जन्मभूमि र जन्म दिने आमाको कारण रहेको हुँ।

 

के सन्देश दिन खोज्नुभएको हो? जुम्लामा राप्रापाको जनाधार कम छ, तपाईले जित्ने आधार के के हुन्?

पार्टीको जनाधार धेरै कमजोर छ,अहिले जसरी समर्थक छन्, हाम्रो सर्वे छ, त्यसले मेरो जितको संभावना देखिन्छ। आज हामी जहाँसुकै भएपनि मेरो परिचय जुम्ली हो।

पुर्वको झापामा भएको आमसभामा हजारौँ मानिसहरुरुको भिडमा उभिदै गर्दा,काठमाडौँको खुलामंचमा लाखौ मान्छेको अघि उभिदै गर्दा मेरो परिचय भनेको म जुम्ली हो। म कतै शहरबाट प्रतिनिधित्व गर्न मेरो भावना र कर्मले दिदैन। जित्ने हार्नेसँग मलाई सरोकार छैन, आमाको काखमा जान मन छ।

 

जुम्लामा राप्रापाका मतदाता कम छन्,तपाईलाई कस कसको भोट आउँछ?

जुम्लामा पार्टीकोभन्दा मेरो धेरै भोट आउँछ। अहिलेसम्म अरु नेताको लागि भोट हालियो अव जुम्ली जनताले आफ्नो लागि भोट दिनुपर्छ।

यसअघि कहिल्यै पनि हामीले जुम्लाको लागि भोट हालेनौँ। जुम्लाको राष्ट्रिय स्तरको नेता छैनन्, चाहे त्यो जुनसुकै पार्टीको होस्। अव जुम्ला ले नै राष्ट्रिय नेतृत्व जन्माउँछ।राजनीतिमा स्थापित हुने आधारहरु के के हुन्? तपाईका व्यक्तिगत एजेन्डा मात्रै छन् की पार्टीका एजेन्डा बोकेर हिड्दै हुनुहुन्छ?

धेरै ठूला र महत्वकांक्षा एजेन्डा छैनन्। अहिले चुनावमा एजेन्डा देखाउने भोली चुनाव सकिएपछि सुत्ने,बिर्सीने र जनतालाई ललिपप खुवाउने काम म गर्दिन।

विश्वका बहुमुल्य जडिबुटी जुम्लामा पाइन्छन्, जडीबुटीको खानीमा जन्मिएपनि सुनलाई नुनको भाउमा समेत बेच्न नसक्दा आज हामी गरिव भएका छौँ, मलाई गरिवी हटाउनु छ। दुर्गम जुम्ला भनेर चिनाउनु छैन, अवको पाँच बर्षभित्र सुगम जुम्ला भनेर चिनाउनु छ। मेरा जुम्लाका दाजुभाई गलैचा बेच्नको लागि काठमाडौँका घरका ढोकामा ढकढक हान्ने हैन की,हाम्रो उत्पादन माग्न आउने बनाउनु छ।

 

भ्रष्टाराविरुद्धको अभियन्ता हुनुहुन्थ्यो राजनीतिमा प्रवेश गर्नुभएको छ, राजनीतिमा आफुलाई कुन स्थानसम्म देख्नुभएको छ?

आफुलाई कुनै स्थानमा देखेको छैन। किनभने म काम गर्नुपर्छ भन्ने मान्यताको व्यक्ति हुँ। पार्टीमा मेरा स्थान प्रवक्ता को छ, अथवा म अभियन्ता हुँला, तर जे भएपनि म सामान्य नागरिक हुँ।

 

चुनावमा अन्य राजनीतिक दलसँग पार्टीले गठबन्धन गर्छ की गदैन?

यसबारे पार्टीले आधिकारिक निर्णय लिन बाँकी छ।

 

पार्टीले कति सिट जित्ला?प्रत्यक्षतर्फ १२ देखि १५ र समानुपातिक १५ देखि २० सिट प्राप्त हुने आंकलन छ। राप्रापा एकल प्रतिस्पर्धामा गयो भने यो सिट प्राप्त हुन्छ भन्न खोजेको हो।

 

तपाईको पार्टीले चुनावमा जान अन्य दलसँग तालमेलको लागि गृहकार्य गरेको छ, राजसंस्था र हिन्दुराष्ट्र एजेन्डा अन्य दलसँग मिल्दैन चुनावमा चाहीँ किन तालमेल गर्न खोजेको हो?

म पनि पार्टीको प्रवक्ता र कार्यसम्पादन समितिको सदस्य हो। अन्य दलसँग चुनावी तालमेलको लागि छलफल भएको थाहा छैन। म संग पनि कसैले छलफल गरेको छैन।

 

तपाईसँग भनेको होइन,सत्ता बाहिर भएका दलहरुसँग छलफल भइरहेको छ।

युद्ध लड्न एक्लै सकिदैन, त्यहि भएर एजेन्डा मिल्ने दलसँग गठबन्धन हुनु स्वभाविक नै हो। तर सत्ता बाहिर भएका दलसँगको चुनावी तालमेलबारे भएका छलफल बारे पनि मलाई थाहा छैन। पार्टीको कार्यसम्पादन समितिको बैठक बस्दैछ। त्यहिँ छलफल भएर आधिकारीक निर्णय आउला।

 

स्थानीय तह निर्वाचनपछि स्वतन्त्र उम्मेदवारको लहर बढेको छ, तपाईलाई चाहिँ व्यक्तिगत कुरा गर्नुपर्दा राप्रपामा प्रवेश गर्न अलिकति हतार गरेछुकी जस्तो पछुतो लागेन?

लागेन किनकी देश बन्नको लागि केहि कुरा परिमार्जन गरेर समूहसहित जानुपर्छ। मुलुक बन्नको लागि कानुन, सासन, परिधि चाहिन्छ भन्ने कुरा वोक्ने वित्तिकै सिद्धान्त आयो, सिद्धान्त बोकेको मान्छे स्वतन्त्र हुन सक्दैन। स्थानीय तहको चुनावमा स्वतन्त्रले जित्नु भनेको राम्रो हो, तर संघ र प्रदेशमा यो संभव छैन, राज्य संयन्त्र चलाउन सकिदैन।स्थानीय तहको निर्वाचनमा आएको स्वतन्त्र उम्मेदवारको लहरबारे तपाईको धारणा के हो?

यो मेरो क्षेत्र भित्र पर्दैन।

 

हेर्नुहोस यो भिडियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय