बुधबार , बैसाख १२, २०८१

नेपाली कांग्रेस, चितवनको असन्तुष्ट समूहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध उम्मेदवारी दिने तयारी गरेको छ ।सत्तारुढ पाँचदलीय गठबन्धनले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ भने प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार बन्ने लगभग पक्का छ ।

 

स्थानीय निर्वाचनमा पनि कांग्रेसले गठबन्धनमा रहेका दलहरुसँग तालमेल गर्दै भरतपुर महानगरपालिकाको मेयर प्रचण्डकी छोरी रेनुलाई समर्थन गरेको थियो । रेनुविरुद्ध जगन्नाथ पौडेललाई स्वतन्त्र उम्मेदवार बनाएको कांग्रेसको असन्तुष्ट पक्षले प्रतिनिधिसभा पनि उम्मेदवारी बनाउने तयारी गरेको छ ।

 

कांग्रेस पूर्वसभापति सुशील कोइरालाको ८३ औं जन्मजयन्तीका अवसरमा ‘कांग्रेस शुद्धीकरण अभियान’को नामबाट छलफल कार्यक्रम राखेको सो समूहले भदौ २४ गते बीपी जयन्तीको अवसरमा उम्मेदवार घोषणा गर्ने तयारी गरेको जनाएको छ ।

 

यो समूहका नेता एवं कांग्रेसका पूर्व जिल्ला सभापति कृष्णलाल सापकोटाले अरु कोही तयार नभए आफू एक्लै भएपनि चुनावमा उम्मेदवार बन्न तयार रहेको घोषणा गरे । ‘कांग्रेसका मतदाताले चुनाव चिह्नमा रुखमा मत हाल्न नपाउने अवस्था फेरि आएमा म कांग्रेसका तर्फबाट चुनाव लड्न तयार छु,’ नेता सापकोटाले भने, ‘यसमा तपाईंहरु सबैको साथ रहने नै छ ।’ अहिले सत्ता गठबन्धन ‘काले काले मिलेर भाले खाने गठबन्धन’ भएको उनको टिप्पणी छ ।

 

कांग्रेसका पूर्वसांसद भीमबहादुर श्रेष्ठले कांग्रेस वामपन्थीले दिएको लौरो टेकेर हिँड्नुपर्ने दयनीय अवस्थामा पुगेको टिप्पणी गरे । नेता श्रेष्ठले भने, ‘कांग्रेसलाई बलियो बनाउन कुनै पनि कदम चाल्न पछि हट्दैनौं, भोलि पनि उठ्छौं ।’

 

भरतपुरको मेयरमा बागी उम्मेदवार बनेका पूर्वसांसद जगन्नाथ पौडेलले गठबन्धनका नाममा चितवनमा कहिलेसम्म माओवादीलाई बोकेर हिँड्नुपर्ने भनी प्रश्न गरे । उनले आफूहरु माथि अपमानित र थिचोमिचो भएकोले जिल्लाभर यसको प्रतिवाद हुने बताए ।तरुण दल चितवनका पूर्वअध्यक्ष शम्भु अर्यालले कांग्रेसको जिल्ला नेतृत्व पैसा र लोभलालसामा फसेको टिप्पणी गरे ।

 

कार्यक्रममा कांग्रेस नेता मीना खरेलले अहिलेको सत्ता गठबन्धन लोकतन्त्रको मर्मभन्दा बाहिर भएको टिप्पणी गरिन् । ‘अहिलेको यो गठबन्धन कांग्रेसको विधान, संविधानको मर्म र जनताको भावनाभन्दा बाहिर गएर सत्ता स्वार्थमा लिप्छ छ,’ खरेलले भनिन् ‘पाँच बर्षसम्म कांग्रेस भनेर बस्ने, तर भोट चाँहिँ माओवादीको हसिँया हथौडामा हाल्नुपर्ने रु यो दुर्भाग्य कहिलेसम्म ।साभार:अनलाईनखबर

 

र यो पनि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानी अधिकारीहरूसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको बताएका छन् ।

 

जापान भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापान भ्रमण फलदायी भएको भन्दै जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेको बताए ।

 

अध्यक्ष प्रचण्डले भने-‘जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेछ । मैले हामीलाई पनि तत्काल सहयोग गर्नुपर्‍यो भनेको छु ।’आफ्नो भ्रमणका क्रममा जापानी विदेश विभागका अधिकारी तथा एक सांसदसँग भेटवार्ता भएको बताउँदै प्रचण्डले भने- ‘जापानमा रहेका नेपाली तथा त्यहाँका विदेश विभागका अधिकारीहरूसँग मेरो समानान्तर रूपमा कुराकानी भयो । जापानमा भएका नेपालीहरू मेरो भ्रमणबाट धेरै खुशी हुनुभएको छ ।’

 

आफूले जापानको संसद् भवनको भ्रमण गरेको प्रचण्डले उल्लेख गरे । त्यहाँ आफूलाई एक जना सांसदले स्वागत गरेको उनले बताए ।

 

‘उहाँले मलाई त्यहाँको संसदीय प्रक्रियाबारे ब्रिफिङ गर्नुभयो । उहाँ जापानका चल्तापुर्जा सांसद हुनुहुँदो रहेछ । चाँडै मन्त्री पनि बन्ने सम्भावना छ भनेर उहाँले नै भन्नुभयो,’ प्रचण्डले भने ।आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिवसँग पनि भेटेको प्रचण्डले बताए ।

 

प्रचण्डले आफ्नो भ्रमणमा नेपाली दूतावासको सकारात्मक भूमिका रहेको पनि बताए । हिजो आफ्नो सम्मानमा दूतावासले कार्यक्रम आयोजना गरेको र त्यसमा जापानका ३० जना घघडान व्यक्तिहरू सहभागी भएको उनको भनाई छ ।

 

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन

यस्तै प्रचण्डले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने बताएका छन् ।

 

पाँच दिने जापान भ्रमण पूरा गरेर बुधबार काठमाडौं आइपुगेका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनमा भने- ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न । विधेयक जारी गर्न पनि ढिला गर्नु हुँदैनथ्यो ।’चर्को विवादमा परेको उक्त विधेयकलाई लिएर कानुनी परामर्श गर्ने भन्दै राष्ट्रपति भण्डारीले रोकिराखेपछि प्रचण्डले ढिला गरेर ठीक नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

पदाधिकारी टुंगो लगाएर चुनावमा जान्छौँ

यस्तै अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी टुंगो लगाएर चुनावमा जाने बताएका छन् । प्रचण्डले पदाधिकारी बनाएर छाड्ने बताएका हुन् ।

 

माओवादी निकट प्रवासी नेपालीहरूको निम्तोमा प्रचण्ड जापान भ्रमणमा गएका थिए । प्रचण्डसँग गंगा दाहाल पनि सँगै गएकी थिइन् । फर्कने क्रममा आज विमानस्थलमा प्रचण्डलाई माओवादीका नेताहरूले स्वागत गरेका थिए ।

 

जापान भ्रमणबारे प्रचण्डको प्रेसनोट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय