बिहिबार , बैसाख ६, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्माले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलीय, आठ दलीय, वाम गठनबन्धन, मोर्चालगायत हल्ला फिजाइरहेको बताएका छन् ।

लोकतान्तित्रक शेर्पा सँघद्वारा शनिवार काठमाडौमा आयोजित कार्यक्रममा उनले जति दलीय गठबन्धन भए पनि देशलाई ओरालो लाग्न नदिन नेकपा एमाले र एमालेको सरकार मात्रै चाहिने दाबी गरे ।

उनले नेकपा एमाले देश बनाउने सर्तमा मात्रै सरकारमा जाने पनि बताए । दसैंमा केटाकेटी रमाएजस्तो वा ल्होसारमा केटाकेटी खुसी भएजस्तो खुसी मनाउन मात्रै एमाले सरकारमा नजाने बताए ।

र यो पनि

 

 

आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिवसँग पनि भेटेको प्रचण्डले बताए ।

 

प्रचण्डले आफ्नो भ्रमणमा नेपाली दूतावासको सकारात्मक भूमिका रहेको पनि बताए । हिजो आफ्नो सम्मानमा दूतावासले कार्यक्रम आयोजना गरेको र त्यसमा जापानका ३० जना घघडान व्यक्तिहरू सहभागी भएको उनको भनाई छ ।

 

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन

यस्तै प्रचण्डले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने बताएका छन् ।

 

पाँच दिने जापान भ्रमण पूरा गरेर बुधबार काठमाडौं आइपुगेका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनमा भने- ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न । विधेयक जारी गर्न पनि ढिला गर्नु हुँदैनथ्यो ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानी अधिकारीहरूसँगको भेटमा आफूले फोहोर व्यवस्थापनमा सहयोग मागेको बताएका छन् ।

 

जापान भ्रमणबाट फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापान भ्रमण फलदायी भएको भन्दै जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेको बताए ।

 

अध्यक्ष प्रचण्डले भने-‘जापान फोहोर व्यवस्थापनमा विश्वकै अग्रणी रहेछ । मैले हामीलाई पनि तत्काल सहयोग गर्नुपर्‍यो भनेको छु ।’

 

 

आफूले जापानको लिबरल डेमोक्रेटिक पार्टीका पूर्व महासचिवसँग पनि भेटेको प्रचण्डले बताए ।

 

प्रचण्डले आफ्नो भ्रमणमा नेपाली दूतावासको सकारात्मक भूमिका रहेको पनि बताए । हिजो आफ्नो सम्मानमा दूतावासले कार्यक्रम आयोजना गरेको र त्यसमा जापानका ३० जना घघडान व्यक्तिहरू सहभागी भएको उनको भनाई छ ।

 

राष्ट्रपतिले नागरिकता विधेयक रोक्न मिल्दैन

यस्तै प्रचण्डले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने बताएका छन् ।

 

पाँच दिने जापान भ्रमण पूरा गरेर बुधबार काठमाडौं आइपुगेका प्रचण्डले त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनमा भने- ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुन्न । विधेयक जारी गर्न पनि ढिला गर्नु हुँदैनथ्यो ।’

 

चर्को विवादमा परेको उक्त विधेयकलाई लिएर कानुनी परामर्श गर्ने भन्दै राष्ट्रपति भण्डारीले रोकिराखेपछि प्रचण्डले ढिला गरेर ठीक नभएको भन्दै असन्तुष्टि जनाएका छन् ।

 

पदाधिकारी टुंगो लगाएर चुनावमा जान्छौँ

यस्तै अध्यक्ष प्रचण्डले पार्टी पदाधिकारी टुंगो लगाएर चुनावमा जाने बताएका छन् । प्रचण्डले पदाधिकारी बनाएर छाड्ने बताएका हुन् ।

 

माओवादी निकट प्रवासी नेपालीहरूको निम्तोमा प्रचण्ड जापान भ्रमणमा गएका थिए । प्रचण्डसँग गंगा दाहाल पनि सँगै गएकी थिइन् । फर्कने क्रममा आज विमानस्थलमा प्रचण्डलाई माओवादीका नेताहरूले स्वागत गरेका थिए ।

 

जापान भ्रमणबारे प्रचण्डको प्रेसनोट समेत सार्वजनिक गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय