काठमाडौं ।

 

सर्वोच्च अदालतको परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको मिति घोषणा गरे पछि देश चुनावमय हुँदै गएको छ । प्रमुख राजनितीक दलहरुलाई चुनावी चटारोले छुन थालेको छ ।

 

यस पटकको निर्वाचन विभिन्न कारणले निकै घम्साघम्सीपुर्ण हुने आकलन गरिएको छ । एकातिर ८ दलीय गठबन्धन र अर्को तिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको प्रतिष्पर्धाले चुनावलाई रोचक र घोचक बनाउँने सम्भावना देखिएको छ भने विभिन्न नयाँ पार्टी र स्वतन्त्र उमेदवारहरुका कारण पनि चुनाव थप रोचक बन्ने अनुमान गरिएको छ ।

 

देशैभरीको निर्वाचन घम्साघम्सीपुर्ण हुनेनै छ त्यसमा पनि खास केहि क्षेत्रहरुको निर्वाचन भने देशैभरीको चासोको केन्द्र बन्ने देखिएको छ । स्थानिय चुनावमा पनि चासोको केन्द्र बनेको चितवन संघिय निर्वाचनमा पनि चर्चाको केन्द्रविन्दुमा पर्ने देखिएको छ । चितवनको क्षेत्र नम्बर ३ मा यस पटक महाभिडन्तको संकेत देखिएको छ ।

 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवन क्षेत्र नम्बर ३ मा यस पटक रोचक प्रतिष्पर्धाको संकेत देखिएको छ । चितवन छोडेर गोरखा या सिन्धुली अथवा अन्त कतैबाट निर्वाचन लड्ने चर्चा चले पनि प्रचण्डले चितवन ३ बाटै चुनावी प्रतिष्पर्धा गर्ने फाइनल गरिसकेका छन् उनी विरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई मैदानमा उतार्ने तयारी गरेको छ ।

 

प्रचण्ड र बादल विच चुनावी घम्साघम्सी हुने सम्भावना चितवन ३ मा देखिएको छ । कुनै समयमा सहयात्री प्रचण्ड र बादल विचको प्रतिष्पर्धा रोचक हुने अनुमान गरिएको छ । माओवादी केन्द्र छोडेर एमालेमै रहेका बादलले केहि समय अघिनै आफ्नो प्रतिष्पर्धा चितवन ३मा प्रचण्डसँग हुन सक्ने र त्यसका लागी आफु तयार रहेको भनिसकेका छन् ।

 

बादलको गृह जिल्ला चितवन र उनको आफ्नो निर्वाचन क्षेत्र पनि क्षेत्र नम्बर ३ भएका कारण आफ्नो गृह क्षेत्रबाट प्रतिष्पर्धा गर्न चाहेमा प्रचण्ड विरुद्ध उनलाईनै मैदानमा उतार्न एमाले तयार रहेको बताइएको छ । गठबन्धनको तर्फबाट प्रचण्ड र एमालेको तर्फबाट बादल विचको प्रतिष्पर्धाले चितवनको चुनावी सरगर्मी ह्वात्तै बढाउँने अुनमान गरिएको छ ।

 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले उपाध्यक्ष बादललाई खराब दिमाग भन्दै सार्वजनिक आलोचना गर्दै आइरहेका छन् । तत्कालिन प्रधानमन्त्री केपी अ‍ोलीले संसद विघठन गरे पछि प्रचण्ड र बादलको कित्ता छुट्टिएको थियो । प्रचण्डहरु संसद विघठनलाई प्रतिगमन भनिरहेका थिए भने बादल भने प्रचण्डहरुले गरेको आन्दोलनलाई प्रतिगमन भनिरहेका थिए ।

 

रोचक त के थियो भने संसद विघठनको पक्षमा तत्कालिन समयमा एमालेले गरेको बृहत प्रदर्शनलाई सम्बोधन गर्दै तत्कालिन गृहमन्त्री समेत रहेका बादलले प्रचण्डहरुलाई चिडियाखानमा राख्नु पर्ने अभिव्यक्ति दिएका थिए । बादलको उक्त अभिव्यक्ति पछि आक्रोसित भएका प्रचण्डले बादललाई खराब दिमाग भन्दै आलोचना गरेका थिए ।

 

चितवन ३ मा प्रचण्ड र बादलको प्रतिष्पर्धा भएमा प्रतिष्पर्धा निकै रोचक र घोचक हुने अनुमान गरिएको छ । एकले अर्कालाई हराउँन सम्पुर्ण शक्ति खर्च गर्ने छन् । प्रचण्ड गठबन्धनको तर्फबाट उमेदवार बन्ने छन् भने एमालेले पनि चितवन ३ मा निकै शक्तिशाली रहेको राप्रपाको साथ लिन सक्ने अनुमान गरिएको छ त्यस्तो अवस्थामा खेल थप पेचिलो बन्न सक्ने छ ।

 

हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकाको निर्वाचनमा एमाले र राप्रपाले तालमेल गरेका थिए । संघिय निर्वाचन पनि चितवन ३मा एमाले र राप्रपा विच तालमेल भएमा गठबन्धनकै उमेदवार बने पनि प्रचण्डलाई हम्मेहम्मे पर्न सक्ने छ ।

 

चितवन ३ राप्रपाका नेता विक्रम पाण्डको निर्वाचन क्षेत्र हो । अघिल्लो निर्वाचनमा प्रचण्डसँग पराजित भएका उनी यस पटक प्रचण्डलाई हराउँनका लागी एमालेसँग मिल्न सक्ने आकलन पनि गरिएको छ ।त्यसो त केहि समय अघि एमालेका नेता महेश बस्नेतले चुनाव अघिनै विक्रम पाण्डेनै एमाले प्रवेश गर्ने पनि बताएका थिए ।

 

बादल यसअघि माओवादीको कोटामा राष्ट्रिय सभा सदस्य भएपनि उनको कार्यकाल सकिएपछि राष्ट्रियसभाको पुनः चुनावमा बागमतीबाट उठेका बादल सत्ता गठवन्धनका उम्मेदवार खिलराज अधिकारीसँग पराजित भएका हुन् ।

 

प्रतिकृया दिनुहोस्

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय