शुक्रबार , बैसाख ७, २०८१

काठमाण्डौ। रास्ट्रीय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको धादिङ्गमा निकै क्रेज बढेको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

साउन २५ गते जिल्ला भेलाको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका रबि लामिछानेले करिब ४० मिनेट भाषण गर्दा उपस्थित सर्बसाधारण हरु निकै उत्साहित देखिएका थिए। धादिङको क्रीक रिसोर्टमा भएको कार्यक्रममा रबि लामिछानेलाई हेर्न हजारौ दर्शक तथा शुभ चिन्तक उपस्थित भएका थिए।

 

रिसोर्टको सभाहल भरिएर बाहिर समेत खचाखच दर्शकले भरिएका थिए भने भित्र पनि गर्मीले उपस्थित दर्शक पसिनै पसिना भएका थिए।

 

यस्तो गर्मीमा पनि रबि लामिछानेलाई हेर्न र उनको भाषण सुन्न दर्शकले गर्मीको वास्ता गरेनन। कार्यक्रममा उपस्थित सर्बसाधारण लाई सम्बोधन गर्दै रबि लामिछानेले देशमा अब नयाँ परिबर्तनको खाचो रहेको र परिबर्तन गर्न सक्ने एकमात्र पार्टी रास्ट्रीय स्वतन्त्र पार्टी भएको उल्लेख गर्नु भएको छ।

 

पार्टी निर्माण गरे सङ्गै रबि लामिछाने यतिखेर देशभर कार्यक्रम गर्दै जनताहरुलाइ आफ्नो पार्टीको एजेन्डा र भिजन सुनाउदै हिडेका छन। नेपाली जनताले पत्याए मङ्सिर ४ गते प्रदेश सभा र प्रतिनिधि सभाको चुनाबमा आफू प्रधानमन्त्रीको दाबेदार रहेको भन्दै अब नेतृत्व परिबर्तन गर्न मतदाताको मत परिबर्तन हुनु जरुरी रहेको उहाको भनाइ छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय