बिहिबार , चैत्र १५, २०८०

इलाम:

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाले प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीको आड भरोसामा संचालन भएको भन्दै कटाक्ष गरेका छन् ।

आज कांग्रेसले गरेको देशव्यापी सरकारविरोधी कार्यक्रमको सिलसिलामा इलाममा सम्बोधन गर्दै नेता खतिवडाले पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद जोगाउन राष्ट्रपतिको साहारा लिएको बताएका हुन् ।

प्रधानमन्त्री ओली गर्मी भयो कि शितल निवास जाने गरेको भन्दै पार्टीको समस्या हुँदा राष्टिपतिलाई भेट्न जाने गरेको संकेत गरे ।

उनले सिंहदरबार जान नसक्ने तर पटकपटक शितल जाने गरेको बताए । ‘अन्त जान सक्नुहुन्न । पार्टी कार्यालय जानुपर्यो भने सुरक्षा थ्रेट हुन्छ । तर शितल निवासमा शितल लिन जानुहुन्छ ।’

खतिवडाले भने । प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेताहरुमाथि घात गरेको खतिवडाको टिप्पणी छ ।

ओली नेतृत्वको सरकार असफल भएको भन्दै उनले जनताले दिएको मत खेर गएको जिकिर गरे । अब वर्तमान सरकारविरुद्ध एकजुट भएर अघि बढ्नुपर्ने भन्दै उनले गलत बाटोमा जान खोज्ने राणा र राजालाई पाखा लगाएको स्मरण गराए ।

कांग्रेसले एकपटक चुनाव हारे पनि अब जनताले अर्को चुनावमा कांग्रेसलाई नै जिताउने विश्वास व्यक्त गरे । उनले राजतन्त्रको पक्षमा जुलुस निस्किनुको कारण पनि अहिलेको सरकार नै भएको बताए ।

तर अब राजतन्त्र फर्किने सम्भावना नरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय