मंगलबार , बैसाख ४, २०८१

काठमाडौं:

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार देशैभर ओली सरकारको विरोधमा शक्ति प्रदर्शन गर्‍यो ।

कोरोना महामारीकै वीचमा आयोजित विरोध प्रदर्शनहरुमा उल्लेख्य जनसहभागिता देखिएको भन्दै कांग्रेस नेताहरु उत्साहित देखिए ।

के अब नेपाली कांग्रेसले ओली नेतृत्वको सरकार ढाल्नै चाहेको हो त ? वा उसले प्रतिपक्षको धर्म निभाएर बहुमतको सरकारले गरेका कामहरुबारे खबरदारी मात्र गरेको हो कि ?

आखिर सडकमा ओर्लिएको कांग्रेस के चाहन्छ ? नेकपा सरकारबारे नेपाली कांग्रेसको अबको ‘मुभ’ के हो भनेर जान्न कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार हेटौंडामा गरेको १० मिनेटको भाषणलाई केलाउनुपर्ने हुन्छ ।

आफ्नो भाषणमा देउवाले ओली सरकारबाट नेपाली जनताले मुक्ति चाहेको बताएका छन् ।

देउवाले सोमबारको भाषणमार्फत अब गणतन्त्रको रक्षाका लागि भए पनि ओली सरकार ढाल्नुपर्ने संकेत गरेका छन् ।

केपी ओलीले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै देउवाले सरकारको चर्को आलोचना गरे ।

आफूले यसअघि नै कम्युनिस्टहरुले चुनाव जिते भने हाँस्न र रुन पनि पाइने छैन भनेको स्मरण गर्दै देउवाले भने, आज कोही रोयो भयो किन रोइस् भनेर जेल हाल्न बेर छैन ।’

अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय