बुधबार , बैसाख १२, २०८१

काठमाडौ । एमालेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन् । १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनले संयोजक पदबाट राजीनामा दिएका हुन् ।

 

आगामी योजनाबारे छलफल गरेर अघि बढ्ने उनले बताए । सहमति कार्यान्वयन नहुँदै केन्द्रीय सदस्य मनोनीत गरिएकोमा पनि रावलले असन्तुष्टि जनाएका छन् ।

 

माधवकुमार नेपाल पक्षमा रहेका दोस्रो तहका नेता १०बुँदे सहमति भएसँगै एमालेमै बसेका थिए । नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन भइसकेको छ ।

 

तर, १०बुँदे सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि बढ्दै गएको छ ।

 

भीम रावलद्वारा कार्यदल संयोजकबाट राजीनामा, पाँच पृष्ठ लामो फरक मत

 

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदलको संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको छ ।

 

केन्द्रीय कमिटी र स्थायी कमिटीबाट पारित भएको १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट सहयोग नभएको र

 

सहमतिको बुँदा उल्लंघन गर्ने काम भएको भन्दै रावलले संयोजक पदबाट राजीनामा घोषणा गर्नुभएको हो ।

 

पार्टीमा भएको छलफल र कार्यदलको निर्णय लागू नहुने अवस्थामा पदमा बसिरहन उचित नभएकाले राजीनामा घोषणा गरेको हुँ, उहाँले भन्नुभयो, भोलि राजीनामा पत्र पेश गर्छु ।

 

पार्टीको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष रावलले सिद्धान्त र निष्ठाका लागि आफूले राजनीति गरेको भन्दै

 

कमिटीहरूबाट पारित भएका विषय र बुँदाहरू अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो । १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न स्थायी कमिटी र केन्द्रीय कमिटीबाट पारित भएको हो, उहाँले भन्नुभयो

 

१२ बुँदे अन्तर पार्टी निर्देशन जारी गरिसकेको अवस्थामा पार्टीको निर्णय कार्यान्वयन नहुनु दुःखद् हो, मैले पाँच पृष्ठ लामो फरक मत दर्ज गरेको छु ।

 

उपाध्यक्ष रावलले प्रभु शाहसँगको कुराकानी मिलाउन अध्यक्षले मनलाग्दी तरिकाले दुई जना केन्द्रीय सदस्य थपेकोमा पनि असन्तुष्टि प्रकट गर्नुभएको छ ।

 

शुक्रबारको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष ओलीले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने घोषणा गर्नुभएको थियो ।

 

एमाले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन दुई दिन चलेपछि सकिएको स्थायी कमिटी बैठकले त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

 

महाधिवेशन प्रतिनिधिका मापदण्डबारे निर्णय कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने उहाँले बताउनुभयो ।

 

महाधिवेशनमा विभिन्न मुलकका मित्र र भाइचार पार्टी लगायत देशभित्र रहेका राजनीतिक दलहरूलाई पनि निमन्त्रणा गर्ने निर्णय पनि एमालेको स्थायी कमिटी बैठकले गरेको छ ।

 

१० बुँदे सहमति आम रूपमा कार्यान्वयन भएको बताउँदै प्रवक्ता ज्ञवालीले एकाध ठाउँमा देखिएका समस्यालाई

 

१२ गतेको केन्द्रीय कमिटी बैठकसम्म पूर्ण रुपमा कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

 

बैठकले रौतहटका कुन्दन कुशवाह र बाराका मोहम्मद समीरलाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

 

बैठकले विरामी भई अस्पताल भर्ना हुनु भएका पार्टीका सचिव योगेश भट्टराईको शिघ्र स्वास्थ्यलाभको कामना गरेको र

 

हालै दिवंगत हुुनु भएका पार्टीका पुराना नेता ओम कोइरालाप्रति श्रद्धा,ञ्जली समेत व्यक्त गरेको एमालेले जनाएको छ ।

 

एमाले कार्यदलमा १० बुँदे सहमतिको पुर्ण पाठ

 

काठमाडौँ । नेकपा (एमाले) को विवाद समाधानका लागि गठित कार्यदलमा सहमति जुटेको छ ।

 

सिंहदबारमा आइतबार झन्डै १३ घण्टा बसेको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी दिए ।

 

कार्यदल सोमबारदेखि सक्रिय भएको हो । वार्ता सम्पन्न भएपछि नेता प्रदीप ज्ञवालीले निर्णय पढेर सुनाएका थिए ।

 

आइतबार सहमति भएमा स्थायी कमिटीबाट अनुमोदान गराउने तयारी गरेर दिउँसो ४ बजेका लागि राखिएको स्थायी कमिटीको बैठक सोमबार सम्मका

 

लागि सारिएको छ भने पार्टीको केन्द्रीय कमिटीको बैठक असार २९ गते बिहान ११ बजेका लागि डाकिएको एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला

 

गत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटन भएपछि एमालेमा विवाद बल्झिएको थियो ।

 

नेकपा (एमाले) मा विद्यमान समस्या समाधान सम्बन्धी प्रस्ताव

 

विगत केही समययता पार्टीभित्र देखापरेका असहज र असामान्य अन्तरविरोधले गर्दा देशभरिका पार्टी कार्यकर्ता र समर्थक शुभेच्छुकहरु चिन्तित छन् ।

 

यसबाट नेकपा (एमाले) को आन्तरिक जीवन मात्र होइन, मुलुकको राजनीतिक स्थायीत्व, अग्रगति र एकता समेत कमजोर हुने हो कि भन्ने आशङ्का बढेर गएको छ ।

 

यस्तो स्थितिको अविलम्ब अन्त्य र विद्यमान समस्याहरुको समाधान गरी पार्टीलाई एकताबद्ध एवम् सुदृढ बनाउन पार्टीका सबै नेता कार्यकर्ताहरुले सकारात्मक योगदान गर्नु आवश्यक छ ।

 

यही निष्कर्षलाई आत्मसात गर्दै पार्टीको एकताको रक्षा, विकास र सुदृढीकरणका लागि निम्नलिखित निर्णय गरिएको छ ।

 

१) केही समययता पार्टीका आन्तरिक अन्तरविरोधहरु पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटुतापूर्ण तथा एकअर्काप्रति निषेधात्मक बन्दै गएका छन् ।यस्ता अन्तरविरोधहरुलाई पार्टी भित्रै विधिसम्मतउद्गले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौं ।

 

२) पार्टीका सबै तहका कमिटी, निकाय र जनसंगठनहरु नवौ राष्ट्रिय महाधिवेशनबाट पारित राजनीतिक कार्यदिशा र विधानको व्यवस्था बमोजिम

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन हुनुपूर्व २०७५ साल जेठ २ गतेको (जेठ ३ गतेको केन्द्रीय कमिटीमा सदस्यहरु मनोनयन गर्ने निर्णय सहित) संगठनात्मक अवस्थाबाट क्रियाशील हुनेछन् ।

 

३) २०७७ साल फागुन २३ गते सर्वोच्च अदालतको फैसलाबाट नेकपा (एमाले) पुनर्जीवित भएपछिका पार्टीको वैधानिक व्यवस्था

 

तथा एकतासँग मेल नखाने कुनैपनि तर्फका राजनीतिक र संगठनात्मक काम कार्यवाहीहरु स्वतः बदर भएका छन् ।

 

४) २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले) मा रहने कमरेडहरुको निर्णयलाई स्वागत गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदा

 

स्थायी कमिटी र केन्द्रीय कमिटीमा रहनुभएकालाई सोही कमिटीको सदस्यको जिम्मेवारी निर्धारण गरिएको छ ।

 

अन्य कमरेडहरुलाई उहाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा रहँदा सरहको कमिटीमा संगठित गरिने छ ।

 

५) पार्टीमा महत्वपूर्ण योगदान गर्नु भएका कमरेडहरुलाई मौजुदा केन्द्रीय कमिटीको कूल सदस्य संख्याको १० प्रतिशतमा नबढ्ने गरी उक्त कमिटीमा मनोनित गरिनेछ ।

 

६) प्रतिनिधिसभाको विघटन सम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र सरकारका सम्बन्धमा पार्टी एकताको मर्म र

 

भावनाका आधारमा विधिसम्मत एवम् संस्थागत निर्णय अनुरुप हामी अगाडि बढ्नेछौ ।

 

७) पार्टी तथा जनसंगठनहरु पूर्ववत अवस्थामा क्रियाशील हुने क्रममा उत्पन्न हुनसक्ने समस्याको निराकरण गर्न र

 

सदस्यता नवीकरण, महाधिवेशन तथा विभिन्न तहका अधिवेशनका सम्बन्धमा सुझाव दिन कार्यदल गठन गरिनेछ ।

 

८) यी निर्णयहरु आवश्यकता अनुसार अनुमोदनका लागि यथाशीघ्र विधान महधिवेशन आयोजना गरी प्रस्तुत गरिने छ ।

 

९) पार्टी, संसदीय दल र जनसंगठनहरुलाई विधि र पद्धतिसम्मत किसिमले उच्च समझदारीका साथ सञ्चालन गर्दै एकता, क्रियाशीलता र मर्यादाको अभिवृद्धि गरिनेछ ।

 

यसका लागि एकताबद्ध भई आ-आफ्नो स्थानबाट सक्रियतापूर्वक योगदान गर्न समस्त पार्टी पक्तिलाई आव्हान गरिएको छ ।

 

१०) कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवम्महासचिव कमरेडलाई अनुरोध गर्ने ।

 

एमाले र राप्रपा मिलेपछि ‘रामाले’: भिम रावल

 

काठमाडौ । नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट चुनाव लड्न सक्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाको भनाइ प्रति कटाक्ष गरेका छन् ।

 

सामाजिक सञ्जालमा लेख्दै उनले अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको दल ‘रामाले’ उत्पन्न हुने भयो भन्दै व्यङ्ग्य गरेका हुन् ।

 

उनले लेखेका छन्– राप्रपा थापाले एमालेको सूर्य चिन्ह आगामी चुनाउमा दुई दलको साझा चिन्ह हुनसक्ने र कुरा भइरहेको भनेका छन् ।

 

उसो भए अब देशमा ‘जबजमले’ भन्ने सिद्धान्त बोकेको ‘रामाले’ भन्ने दल उत्पन्न हुने भयो त ? धन्य हो ! छेपारो राजनीतिको करामत ? समाजवाद उन्मुख गणतन्त्र छिटै साकार हुन्छ कि क्या हो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय