शनिबार , बैसाख ८, २०८१

सार्वजनिक कार्यक्रम स्थलमा नै प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सोमबार भीमसेन थापा स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी भएको हो ।

 

नागरिकता विधेयक र एमसिसी खारेजको माग गर्दै प्रधानमन्त्री देउवाविरुद्ध केही युवाले नाराबाजी गरेका हुन् । प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसिसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौँ, स्वाधीनताको रक्षा गरौँ जस्ता नारा लगाउँदै युवाहरू विरोधमा उत्रिएका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

कमलादीमा प्रधानमन्त्री देउवा सहभागी कार्यक्रममा युवाहरू आम युवा नाममा विरोध गर्दै आइरहेको समूहका सदस्य रहेको स्रोतले जनाएकोको छ । स्थलबाट पक्राउ पर्नेमा सोम शर्मा, विप्लव खड्का, अर्जुन पौडेललगायत रहेका छन् । उनीहरू आम युवा समूहको सदस्य भनेर परिचय गराउँदै आएका थिए ।

 

प्रधानमन्त्री देउवा सहभागी भएको कार्यक्रममै पुगेर नाराबाजी गर्ने तीन युवाहरु हुन् अजुनराज पौडेल, सोम शर्मा र विप्लव खड्का । यी तीन जना युवाहरुले नागरिकता विद्ययेक खारेज गर भन्ने प्ले कार्ड हातमा बोकेर नारबाजी गरेका थिए ।

 

सुरुमा एक जनाले ढोकाबाट नागरिकता विधेयक खारेज भन्दै प्लेकार्ड देखाएर नारा लगाउँन थाले उनलाई तुरुन्त प्रहरीले बल पुवर्क नियन्त्रणमा लिएको थियो,लगत्तै देउवाको छेवैमा अर्को नारा लाग्यो एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

 

एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावादको नारा लगाउँने युवा थिए १९ बर्षिय अर्जुनराज पौडेल ,सानै उमेरदेखि राष्ट्रियताको सन्दर्भमा खरो बोलेर चर्चामा आएका उनी एमसीसी, नागरिकता विद्ययेक जस्ता कुरा आउँदा सडकमै आएर आन्दोलन गरिरहेका थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्नका लागी देउवालाई उद्घोषले आमन्त्रण गर्ने वित्तिकै हातमा नागरिकता विद्ययेक खारेज गर भन्दै एक युवाले नाराबाजी गर्न थाले उनलाई तुरुन्त प्रहरीले बल पुर्वक बाहिर निकाल्यो त्यस लगत्तै अर्जुनराज पौडेलले एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद भन्दै नारा लगाएका थिए । उनलाई पनि देउवाका सुरक्षा गार्डहरुले कठालो समातेर बाहिर निकालेका थिए ।

 

प्रहरीले नियन्त्रणमा लिएका युवाहरुको तुरुन्त रिहाइ गरिनु पर्ने भन्दै सामाजिक अभियान्ताहरुले समाजिक संजाल मार्फत दबाव बढाउँदै लगेका छन् । विभिन्न व्यक्तिहरुले सामाजिक संजालमा स्टाटस लेख्दै तीन युवालाई तुरुन्त रिहाइको माग गरेका छन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय