बुधबार , बैसाख १२, २०८१

ओलीलाई झलनाथले भने – लौ कमरेड म फर्की आएँ, बाँकी तपाईकै हातमानेकपा एमाले र एमालेबाट छुट्टिएर बनेको नेकपा एकीकृत समाजवादीबीच कतिबेला एकता हुन्छ पत्तो छैन । विभिन्न सूत्रहरुलाई प्रयोग गर्ने हो भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल बाहेक सबै नेताहरु एमालेमै फर्किएर आफ्नो पुरानो साख जोगाउने प्रयासमा छन् ।

 

माधवकुमार नेपाललाई भने केपी ओली अध्यक्ष हुन्जेलसम्म कुनै पनि स्थान नपाउने पक्का छ । त्यतिमात्र हैन माधव एमालेमा फर्किहाले पनि उमेरले फेरि उनी अध्यक्ष बन्न सक्दैनन् । अब जे छ त्यसैमा रहेर मौकाको सदूपयोग गर्न उनी प्रयासरत छन् ।

 

अर्कातर्फ एसका सम्मानित नेता झलनाथ खनाललाई पनि त्यही समस्याले गाँजेको छ । माधव हुन्जेल उनी अध्यक्ष हुन पाउँदैनन् । त्यसैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध बढाउन पाए त राष्ट्रपतिसम्म खान पाइने आशा उनमा पलाएको छ ।यसकारण पनि पछिल्ला केही सातादेखि माधव र झलनाथबीच राम्रो सम्बन्ध स्थापित हुन सकेको छैन ।

 

गाईजात्रा विशेषमा यही सेरोफेरोमा रहेर प्रस्तुत छ केपी ओली र झलनाथबीचको सम्वाद ।

 

ओली – ओ कमरेड पुच्छर शरीरमा टाँसिएजस्तै माकुने (माधवकुमार नेपाल) जहाँ जान्छन् त्यहीँ टाँसिइरहने मात्र हो कि अरु पनि केही सोच्ने हो ?

खनाल – ओहो कमरेड म तपाईलाई नै सम्झदै थिएँ । केही सोचिरहेको छु ।

 

ओली – पार्टी फुटाउने बेलामा त एकपटक पनि मेरो सम्झना भएन । माकुने भए के के न गरेँ जस्तो भयो । अहिले फेरि कसरी आयो त सम्झना ?

 

खनाल – (हल्का चस्मा मिलाउँदै, हल्का बनावटी हाँसो हाँस्दै) नाम त कहाँ मेटिन्छ र । कहिले मिलनका कहिले विछोडका । सँगसँगै पनि लामो समय काम गरेकै हो नि । याद नआउने कुरा पनि हुन्छ र !

 

ओली – भइरहेको पार्टीलाई फुटाएर तहसनहस पारिहाल्नु भयो क्यार ! अब फेरि के फुटाउन बाँकी छ र ?

 

खनाल – फुट्ने जुट्ने र गाली गलौज गर्ने त हामी कम्युनिष्ट नेताहरुको चलनै हो नि । हाम्रा अग्रजले गर्दै आएको चलन त भुल्न भएन नि कमरेड कि कसो हो ?

 

ओली –अचानोको मर्म खुकुरीलाई के थाहा । भइरहेको आफ्नै पार्टीको सरकार ढाल्नेलाई के भनौं र खोइ !

 

खनाल – यो त चलिरहन्छ नि कमरेड ।

 

ओली – अब कसरी चल्दो रैछ म पनि हेर्दैछु ।

 

खनाल – ९फकाउने पारामा० त्यसो हैन कमरेड । तपाईको त प्रधानमन्त्रीमा पनि ह्याट्रिक गर्ने योग छ । अरुलेमात्र ज्योतिषीलाई देखाएर प्रधानमन्त्री बनेका हुन् र । तपाईको पनि त आफ्नै अलौकिक शक्ति छ नि ।

 

ओली – म फुर्किने मान्छे त हैन । तर के तपाईले ज्योतिषलाई देखाएकै हो त ?खनाल – (स्वाङ् पार्दै) हो नि कमरेड । तपाईलाई तेस्रो पटक प्रधानमन्त्री र मलाई ।।।।।

 

ओली – अनि तपाईलाई ?

 

खनाल – (अलि फरक लबज सहित) मलाई मलाई त तपाईले सम्मानित भनिहाल्नु भयो । त्यही सम्मानित ।

 

ओली – राष्ट्रपति पो ?

 

खनाल – (फेरि उही फरक लबजसहित) त्यही भन्यो ज्योतिषले ।

 

ओली – अनि ज्योतिष चाहिँ को हो नि ? कि आफै हो ?

 

खनाल – कमरेड पनि ठट्टा गर्नुहुन्छ ।

 

ओली – कसरी बन्नुहुन्छ त राष्ट्रपति ? प्रचण्डको पुच्छर लागेर पार्टी फुटाउनु भो । कांग्रेसको पुच्छर लागेर शेरबहादुरलाई प्रधानमन्त्री बनाउनु भो । मलाई बैरी देख्नुभयो ।खनाल – त्यो समय खराब थियो । यो समय शुभ छ । अब पुरानो ढर्रा छाडौं कमरेड । नयाँ सोचसहित अगाडि बढौं ।

 

ओली – फेरि के चाल चल्न थाल्नुभयो रु तपाईको सर्पखेती त फस्टाएकै थियो । मैले नै ७२ करोड हाल्देकै हो । र पनि धोका भयो । अब फेरि के तिकडम गर्ने सोच हो ?

 

खनाल – तपाई पनि खाली पुरानै सोच गर्दै हुनुहुन्छ । स्थानीय तहमा हाम्रो पार्टीका कारण तपाईलाई अप्ठेरो भएकै हो । र पनि मैले मेरो जिल्ला इलाममा त सकेसम्म तालमेल गरेकै हो । अब त्यसरी नै मिलेर जान परो ।

 

ओली – अनि तपाईको स्वार्थ ?

 

खनाल – मेरोमात्र हैन हाम्रो । ज्योतिषीको स्वार्थ । तपाई प्रधानमन्त्री र म राष्ट्रपति ।

 

ओली – तपाईहरुसँग विश्वास गर्ने आधार पनि त छैन नि ।खनाल – हामीसँग विश्वास नगरेर कांग्रेससँग गर्नुहुन्छ त रु मलाई उत्तरी छिमेकीसँग टाढिएको चित्त बुझेको छैन । हामी एकै हौं । नजिक भइरहनु पर्छ । उताको इच्छा पनि त्यस्तै छ । स्वार्थ नभन्नुस् न । यो त जनआधार हो । माग हो ।

 

ओली – ल म सोचौंला ।

 

खनाल – समय कम छ कमरेड । मैले केही बलिया नेताहरुलाई लिएर आउँछु । अब मिलेर अगाडि बढौं । अब के सोच्न बाँकी छ र । राष्ट्रपति भण्डारी ज्यूले तेस्रो पटक दोहोरिने परिपाटी छैन । म भन्दा उत्तम अर्को को नै छ र ?

 

ओली – अनि माकुने बाहेकका सबैलाई ल्याउनु हुन्छ ?

 

खनाल – मेरो पूर्ण प्रयास रहने छ ।

 

ओली – मंसिर ४ को चुनावमा पार्टीको बहुमत आए तपाई पक्का । तर तपाईले यो गठबन्धन मान्दिन भनेर पनि लेखेर र राम्रा नेताहरुलाई ल्याउनु पर्छ ।

 

खनाल – मैले त्यही भन्दैथिएँ । म जसरी पनि ल्याउँछु । ल पक्का भो है कमरेड ।ओली – लौ पक्का भो ।

 

स्वार्थ मिलेपछि झलनाथ खनालले केपीलाई भने – लौ कमरेड म घर फर्की आएँ, बाँकी तपाईकै हातमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय