बुधबार , बैसाख १२, २०८१

चितवन, २९ मंसिर:

नेपाली काँंग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले वर्तमान सरकार आफैले भ्रष्टाचारीलाइ संरक्षण गरेको आरोप लगाउनु भएको छ ।

सोमबार नेपाली कांग्रेस चितवनले गरेको सरकारको गलत कदमविरुद्धको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै नेता महतले ’अनियमितता र भ्रष्टाचार गर्नेहरुलाई केपी ओली सरकारले नै बचाउ गरेको बताउनु भयो ।

उहाँले नेपाली जनताको लागि यो स्वीकार्य नरहेको समेत उल्लेख गर्नुभयो ।

सरकारको क्रियाकलापलाई नजिकबाट नियालिरहेको कांँग्रेसले कोरोना भाइरस संक्रमणको जोखिमले निम्त्याएको असहज परिस्थितिका कारण सडकबाट संघर्ष गर्न नसकेको

भएपनि वातावरण पूर्णरुपमा सहज बनिनसकेपनि सरकारको कामले गर्दा सडकमा आउन बाध्य गराएको उहाँको भनाइ थियो ।

संविधानले दिएको अधिकार तीनवटै तहका सरकारले पूर्णरुपमा कार्यान्वयन गर्न नसकेको आरोप पनि नेता महतले लगाउनुभयो ।

जनताबाट उठाइएको करको सही सदुपयोग गरेर जनतालाई नै सुविधा दिनुपर्नेमा सरकार आफैँ कमाउ धन्दामा लागेकोले सरकारप्रति जनताको सोच सकारात्मक बन्न नसकेको उहाँको दावी थियो ।

यसैगरी कांँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नेकपा सरकार पार्टीभित्रको आन्तरिक किचलोका कारण जनताले दुःख पाएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय