बिहिबार , बैसाख १३, २०८१

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पन्न हुँदै आएको नेपाल–भारत सीमा विवादबारे आफ्नो धारणा राखेका छन् ।सोमबार नेपालका लागि भारतीय पूर्वराजदूत रञ्जित रेले लेखेको पुस्तक ‘काठमाण्डू डिलेमाः रिसेटिङ इन्डिया–नेपाल टाइज’ बारेमा आयोजित अन्तरक्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डले ठूलो राष्ट्रको जमिन सानो राष्ट्रकोमा पस्यो भने फरक नपर्ने बताए ।

 

‘ठूलो राष्ट्रको जमिन पनि ठूलो नै छ । जनसंख्या पनि धेरै छ । त्यसो भएको हुनाले ठूलो राष्ट्रले सानो राष्ट्रलाई थोरै–थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन,’ उनले भने, ‘सानो ठूलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त ।’.उनका अनुसार सानो राष्ट्रको जमिन ठूलो राष्ट्रकोमा पस्यो भने सानोको हालत खराब हुन्छ ।

 

सीमा विषयमा भारतका नेतृत्वकर्ता र बुद्धिजीवीले बुझ्न जरुरी रहेको पनि प्रचण्डको भनाइ छ । उनले भने, ‘यो सेन्सिटिभीटिलाई पनि भारतीय नेतृत्व र बुद्धिजीवले गहिरो गरि समीक्षा गर्नुपर्दछ । त्यसो गर्दा हाम्रो सम्बन्ध (सीमाना) का समस्या समाधान गर्न सक्छ । त्यसैले समाधान गर्न नसकिने छैन ।’

 

प्रचण्डले अगाडि भने, ‘हामी मिल्नुको विकल्प छैन । सिमानाका जे–जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरू छन् । ती संवादको तरिकाद्वारा, उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् ।’

 

अध्यक्ष प्रचण्डले गौतम बुद्ध भारतमा जन्मिएको भन्दा नराम्रा लाग्ने भन्दै बुद्ध नेपालमै जन्मिएको पनि बताएका छन् । तर, बुद्धले बुद्धत्व भने भारतको बोधगयामै पाएको प्रचण्डले सत्यता बताए ।

 

अध्यक्ष प्रचण्डले नेपालमा चलेको दस वर्षे सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन भारत सकारात्मक रहेको तर, माओवादी ‘जनयुद्ध’मा भारतको कुनैपनि प्रकारको सहयोग नरहेको स्पष्ट पारे ।

 

कमजोर सावित भएका ‘बलिया’ प्रतिस्पर्धी

उनका प्रतिस्पर्धी रोडोल्फो हर्नान्डेज एक रियल इस्टेट व्यापारी हुन् । उनी निर्दलीय उम्मेदवारको रूपमा देशको नेतृत्व गरिरहेका थिए । उनले पहिलो चरणमा ४० प्रतिशतभन्दा बढी मत ल्याए पनि दोस्रो चुनावमा केवल २८ प्रतिशत मतमा खुम्चिए ।

 

निर्दलीय उम्मेदवार रोडोल्फो हर्नान्डीज सुआरेजले भ्रष्टाचारविरुद्ध आवाज उठाए पनि उनी स्वयंमाथि नै २०१६ मा बुकारामंगामा मेयर रहँदा फोहोर व्यवस्थापनमा भ्रष्टाचारको आरोप लागेको थियो । उनी चुनावी प्रचारमा बढीभन्दा बढी सामाजिक सञ्जालमा भर परे र आफूलाई किङ अफ् टिकटकको दर्जा दिए । उनको कार्यशैलीलाई डोनाल्ड ट्रम्पसँग तुलना गरियो जसले सोचविचार गरेर बोलेन र अधिकतम् रूपमा मूर्खतापूर्व तरिका अपनाए ।

 

सत्तामा हालीमुहाली रहेका मानिसहरूको समर्थन रहेका कन्जर्भेटिभ उम्मेदवार फेडेरिको गुटिरेज पनि पहिलो चरणको चुनावसम्म पेट्रोविरुद्ध थिए । कोलम्बियाको मध्यमार्ग-दक्षिणपन्थी पार्टीको एक गठबन्धनको समर्थन पाएसँगै उनी शक्तिशाली कन्जर्भेटिभ उम्मेदवार थिए ।

 

अपराधविरुद्धको कडा कारबाही, कानुनी शासन, शिक्षामा सुधार, दक्षता अभिवृद्धि कार्यक्रम, बजारको न्यून नियमन र विकेन्द्रीकरण जस्ता लोकप्रिय चुनाव नारा दिए पनि उनलाई मतदाताले एक सम्वर्द्धनवादी नेताको रूपमा मात्रै स्वीकारे । आमूल परिवर्तन चाहिरहेका कोलम्बियाका मतदताले उनलाई पत्याएनन् । पहिलो चरणको चुनावमा कमजोर भए पछि उनले दोस्रो चरणमा रोडोल्फोलाई समर्थन दिने घोषणा गरे ।

 

केही प्रतिकूलता, केही अनुकूलता

कोलम्बिया ल्याटिन अमेरिकाको तेस्रो धेरै जनसंख्या भएको देश हो । त्यहाँ बढिरहेको असमानता, मुद्रास्फीति र हिंसासँग जुधिरहेको बेला नागरिकमा बढिरहेको असन्तुष्टि नै उनको विजयको आधार बन्यो । यो उनको लागि अनुकूलता बन्यो ।

 

उदारवादी राजनीतिको दबदबा रहेको कोलम्बियामा वामपन्थी चरमपन्थ अत्यधिक अलोकप्रिय छ । यस्तो राजनीतिक प्रतिकूलता चिर्दै एक छापामार तथा पूर्व विद्रोही नेताले चुनाव जित्नुलाई अब कोलम्बिया थप राजनीतिक परिवर्तनका लागि तयार छ भन्ने सन्देशको रूपमा लिइएको छ ।

 

कोलम्बियामा अघिल्ला राष्ट्रपति इभान ड्यूक मार्केज आफ्नो कर नीतिको लागि आलोचनाको पात्र बनिरहेका थिए । स्वास्थ्य सेवालाई निजीकरण गर्ने उद्देश्यले ल्याइएको एक विधेयक चार दिन लामो शक्तिशाली आन्दोलनपछि फिर्ता गरिएको थियो । सरकारी कर नीतिका कारण कामदार र मध्यम वर्गका

 

 

 

बेरोजगारी, गरिबी, शिक्षा र स्वास्थ्यमा असमानता जस्ता यथार्थले अनिश्चित बनिरहेको भविष्यको चिन्ता गर्दै त्यहाँ रहेका २८ वर्ष वा सोभन्दा कम उमेरका मतदाताले निस्फिर्की विकल्पमा मतदान गरे । यो पेट्रोको अर्को अनुकूलता थियो ।

 

कम अन्तरको विजय भए पनि यो चुनावी परिणामको अर्थ सामान्यभन्दा फराकिलो विजयको रूपमा चर्चा गरिएको छ । किनकि उनको आमूल परिवर्तनकारी वामपन्थी छवि उदारवादी मतदाता अत्यधिक रहेको देशमा प्रमुख प्रतिकूलता थियो । जसलाई उनले निर्वाचनको बेला त छिचोले तर सफल राष्ट्रपतिमा दरिन उक्त जनमतको थप विश्वास जित्नुपर्नेछ । किनकि उनी विजय भएसँगै लगानीकर्ताहरू निराश देखिएका छन् । राष्ट्रपतिको नतिजा घोषणा भएपछि कोलम्बियाको मुद्रा र सेयर बजार हल्लिएको थियो ।

 

यही निराशा चिर्न उनले गैरवामपन्थी अर्थमन्त्री चयन गरेर लगानीकर्तामा आशा भर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । तर, आमूल परिवर्तनको बाटो लिनुकाे साटाे केही प्रगतिशील निर्णयहरू गर्ने संकेत गरिरहेका छन् । सँगसँगै उनले राष्ट्रपति निर्वाचित भएपछि कटु आलोचकहरूसँग समेत सहकार्य गर्ने अभिव्यक्ति दिएका छन् । देशका साझा समस्या समाधान गर्न सबै पक्षसँग संवाद गरिरहने उनले बताएका छन् । अर्थात् उनी तीव्रगामी परिवर्तन हाेइन, सामान्य सुधारहरुमार्फत अघि बढ्न चाहेका छन् ।

 

कोलम्बियामा राष्ट्रपतिको केवल ४ वर्षे कार्यकाल छ र एकजना उम्मेदवार केवल एकपटक मात्र राष्ट्रपति बन्न सक्छन् । निवर्तमान राष्ट्रपति इवान डुक मार्केज मध्यमार्गी- दक्षिणपन्थी विचारधाराको प्रतिनिधित्व गर्ने नेतासँगै एक वकिल र लेखक पनि हुन् । सन् २०१८ मा सत्तामा आएका उनले रिभोल्युसनरी आर्म्ड फोर्सेज अफ कोलम्बिया (एफएआरसी) र कोलम्बिया सरकारबीच भएको शान्ति सम्झौताको शख्त विरोध गर्दै उनी चुनावी स्पर्धामा उत्रिएका थिए ।

 

विद्रोहीप्रति सरकार नरम भएको र यसबाट उनीहरू कडारूपमा प्रस्तुत हुनसक्ने भाष्य उनले बनाए । पाँच दशक लामो गृहयुद्ध अन्त्य गर्ने शान्ति सम्झौताको कार्यान्वयनमा जानीजानी ढिलासुस्ती गरेको भन्दै उनको नागरिकको तहबाटै आलोचना हुन थालेको थियो । यस्तो गृहयुद्ध जहाँ २५ हजारभन्दा बढीमा मानिसले ज्यान गुमाए र ८ लाखभन्दा नागरिक विस्थापित भए ।

 

साथै, कर सुधार र विदेशी लगानी भित्र्याउन पनि असफल उनी असफल रहे । यही निराशाबीच कोभिड महामारीमा उनको सरकारको कमजोर प्रस्तुति रह्यो । यही असफलताको मैदानमा एक पूर्व छापामार नेताले देशको पहिलो वामपन्थी राष्ट्रपति बनेर इतिहास रच्न सके ।

 

अफ्रिकी-कोलम्बियाली वकिल र एक पर्यावरण कार्यकर्ता फ्रांसिसा मार्केज देशको पहिलो अश्वेत उपराष्ट्रपति बन्दैछिन् । पेट्रो र फ्रान्सियाले अभियानको क्रममा आर्थिक र पर्यावरणसँग जोडिएका मुद्दालाई बढीभन्दा बढी जोड दिएर उठाउँदै आएका छन् ।

 

धनी वर्गमाथि कर लगाउँदै आम्दानीको असमानता न्यूनीकरण, भ्रष्टाचार नियन्त्रण र एफएआरसीसँग भएको शान्ति सम्झौता कार्यान्वयनको प्रतिबद्धता उनीहरूको प्रमुख प्रतिबद्धता हो जुन अब चुनावी सफलतासँगै प्रमुख कार्यभारमा रुपान्तरण भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय