बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

तत्कालिन युवराज दीपेन्द्र शाहसँग विवाह नजुरेपछि अविवाहित नै रहेकी सुप्रिया शाहले विवाह गरेकी छिन् ।

उनले विनयविक्रम राणासँग विवाह गरेकी हुन् । राणाको यसअघिको पत्नीसँग पारपाचुके भएको थियो ।

त्यसपछि अविवाहित रहँदै आएकी सुप्रियासँग मंसिरमै विवाह भयो । सुप्रियाका पिता प्रदीपविक्रम शाह पनि पूर्व सैनिक हुन् । उनी पूर्व रानी रत्नका अंगरक्षक थिए ।

सुप्रियालाई तत्कालिन रानी ऐश्वर्याले खुबै मनपराएकी थिइन् । तत्कालिन अधिराजकुमारी श्रुतीकी साथी हुन् सुप्रिया । उनको दीपेन्द्रसँग पनि सम्बन्ध जोडिएको थियो ।

तर, दीपेन्द्रले भने पशुपतिशमशेर राणाकी छोरी देवयानीलाई मन पराए । दरबारकाण्डपछि देवयानी विवाह गरी भारत पुगिन् । सुप्रिया भने अविवाहित नै बसिन् ।

२० वर्षपछि बल्ल उनको विवाह जुर्यो । सुप्रियासँग विवाह सम्बन्ध गाँसेका विनयविक्रमको तत्कालिन राजा वीरेन्द्रका अंगरक्षक शान्तकुमार मल्लकी छोरी साधना मल्लसँगको सम्बन्ध टु’टेको थियो ।

सम्बन्ध टु’टेपछि विनयको सुप्रियासँग विवाह भएको छ । उनी हाल दुई तारे जर्नेल भएर पश्चिम पृतनाका पृतनापति छन् । उनी प्रधानसेनापति पूर्णचन्द्र थापाले रुचाएका जर्नेल हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय