शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

२८ मंसिर, बिराटनगर:

ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न बिराटनगर आएका पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाऊ गरेका छन् ।

प्रतिनिधिसभाका सांसद सदस्यसमेत रहेका बास्कोटाले अर्को चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन नमिल्ने बताए ।

प्रेस संगठन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री बास्कोटा पर्शुराम बस्नेतलाई साथमा राखेर प्रस्तुत भएका थिए ।

ओलीनिकट युवाहरुको प्रदेश भेलालाई सम्बोधन गर्न मोरङ आएका बास्कोटाले अल्पमत र बहुमतका आधारमा अघि बढे पार्टी दुर्घटनामा पर्ने बताए ।

उनले पार्टीमा देखिएको विवाद स्थायी कमिटी बैठकले समाधान गर्ने बताए । पत्रकारसँग कुरा गर्दै बास्कोटाले नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाउने प्रयास भइरहेको बताए ।

‘स्थिरताका लागि अर्काे चुनावसम्म प्रधानमन्त्रीलाई फिर्ता बोलाउन मिल्दैन,’ उनले भने, ‘अध्यक्षबाट हटाउने हो भने चार महिनापछि हुने महाधिवेशनसम्म पर्खनुहोस् ।’

पूर्वसांसद कमानसिंह लामाको लेनदेन प्रकरणमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ विवादमा मुछिएको सम्बन्धमा बास्कोटाले आफूबाट सिक्न आग्रह गरे ।

सुरक्षण मुद्रण खरीद प्रकरणमा ७० करोडको अडियो प्रकरणमा मुछिएपछि मन्त्री पदबाट राजीनामा दिएका बास्कोटाले प्रवक्ता श्रेष्ठलाई लक्षित गर्दै भने, ‘आदर्श नेताले मबाट सिक्ने के ! कम्तिमा मेरोजति गरिदिएको भए राम्रो हुन्थ्यो होला ।’

आरोप उठ्नासाथ आफू र पूर्वसभामुख कृष्णबहादुर महराले छानबिनका लागि बाटो छोडिएको स्मरण गर्दै बास्कोटाले प्रश्न उठेपछि छानबिन गर भन्न सक्नुपर्ने बताए । अनलाईन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय