बिहिबार , बैसाख १३, २०८१

पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका नेता तथा त्रिभुवन विश्वविद्यालयबाट अग्रेजी बिषयमा पिएचडी गरिरहेका युवा मंगल थापाले एमाले अध्यक्ष ओलीलाई राष्ट्रपिता घोषणा गर्न माग गरेका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

 

ओलीले प्रधानमन्त्री भएका बेला गरेको कामको उच्च मूल्यांकन गर्दैै राष्ट्रपिता घोषणा गर्नु पर्ने माग थापाले गरेका छन् । समकालिन नेपालको राजनितिमा ओली जत्तिको देशप्रेमी र राष्ट्रवादी नेता अरु कोही नभएको भन्दै थापाले यस्तो माग गरेका हुन् ।

 

थापाले ओली प्रधानमन्त्री भएका बेला नेपालको नक्सानै परिवर्तन गरिदिएको स्मरण गराउँदै लिम्पीयाधुरा र लिपुलेक समेटिएको नक्सा जारी गर्ने काम ओली बाहेक अरु कसैले गर्न नसक्ने जिकिर गर्दै आफ्नो लागी ओली राष्ट्रपिता भएको बताएका छन् ।

 

सर्वोच्च अदालतको परमादेशबाट बनेको देउवा सरकार माथी भने उनी खनिएका छन् । अहिलेको सरकारलाई जनतामारा सरकार भन्दै थापा खनिएका छन् । यो सरकारको रबैयाका कारण गरिब जनताले भोकै मर्नु पर्ने अवस्था आएको भन्दै उनले आक्रोस पोखेका छन् ।

 

नेकपा एमाले विभाजन गरेर माधव कुमार नेपालले गद्दारी गरेको भन्दै थापाले एस पार्टीका अध्यक्ष माधव कुमार नेपालसँग पनि आक्रोस पोखेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको त नेपाली राजनितिबाट अस्तित्वनै समाप्त भएको जिकिर पनि उनले गरेका छन् ।

 

मूलुकमा अब दुई दलको मात्रै अस्तिव रहने भन्दै थापाले अब सबैले कित एमाले कित काग्रेस बन्नुको विकल्प नभएको दाबी गरेका छन् । पूर्व संचारकर्मी रवि लामिछानेले हालै घोषणा गरेको पार्टीले पनि केहि पार लगाउँन नसक्ने ठोकुवा उनले गरेका छन् ।

 

रवि लामिछानेको पार्टीको आयु जम्मा ७ बर्षको हुने ठोकुवा गदैै थापाले आगामी प्रतिनिधीसभाको निर्वाचनमा रवि लामिछानेको पार्टीले उत्पातै गरे जम्मा एक सिट जित्ने दाबी गरेका छन् । टिभिमा कराए जति सजिलो राजनिती गर्न नहुने भन्दै उनले रवि लामिछानेलाई पाठ पढाएका छन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय