मंगलबार , बैसाख ११, २०८१

काठमाडौं । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अमेरिकामा आफ्नो ऋण र सम्पत्ति दुवै नभएको स्पष्टीकरण दिएका छन् ।

 

साथै, संसारमा कतै पनि आफूविरुद्ध कुनै मुद्दा नरहेको उनको भनाइ छ ।

 

लामिछानेविरुद्ध अमेरिकामा विभिन्न मुद्दा चलिरहेको भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि उनले प्रष्टीकरण दिएका हुन् । उनले अमेरिकामा आफ्नो जायजेथा सबै बिक्री गरिसकेको र ऋण पनि चुक्त गरिसकेको बताएका छन् ।

 

उनी लेख्छन्, अमेरिकामा सबै ऋण नतिरी जायजेथा बेच्न मिल्दैन । मैले सबै तिरोतारो सकिसकेको छु । न मेरो नाममा ऋण बाँकी छ न मेरो नाममा कुनै सम्पत्ति छ ।

 

उनले ‘ओपन’ लेखिएको एउटा केसमा तिर्नुपर्दैन भनेर वादीले नै फिर्ता गरेको उल्लेख गरेका छन् । लामिछानेका अनुसार निश्चित समयपछि त्यो पनि ‘क्लोज्ड’ देखिन्छ ।

 

‘मैले मेरो बक्यौता तिर्ने तर सकेसम्म कम तिर्ने सोच राखेको हुँ । भागेको, लुकेको, ठगेको केही पनि होइन । भुलेको भए बेग्लै कुरा, तर मैले नियतवश व्यक्तिगत लेनदेनसमेत गरी कसैलाई केही तिर्नुपर्ने बाँकी राखेको छैन, उनले लेखेका छन् ।

 

उनी थप्छन्, यो दुनियाँमा आजका मितिमा मेराविरुद्ध कुनै मुद्दा भएको मलाई थाहा छैन । थाहा पाएँ भने अघिल्लो जन्मको समेत तिर्छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय