शुक्रबार , चैत्र १६, २०८०

काठमाडौं:

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आधा घन्टा पनि नबसी सम्पन्न भयो । आजको बैठक छोटो भएपनि रोचक नै रह्यो ।

धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा राखियो जहाँ प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भए ।

बैठकमा कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्नुअघि उनीसँग जोडिएको लेनदेन प्रकरणबारे प्रचण्डले बोलेका थिए । उनले कमानसिंहको निधनपछि उनीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आक्रमणहरु भएको बताए ।

श्रेष्ठको बचाऊ गर्दै शोकको घडीमा हाइड्रोपावर आयोजनासँग सम्बन्धित विवाद मिलाउन सहयोग गर्दा उल्दै कुप्रचार भएको समेत बताएका थिए ।

प्रचण्डले घुमाउरो पाराले गलत प्रचारमा आफ्नै पार्टी निकटहरु लागेको गुनासो समेत गरेका थिए । कमानसिंह लामाले निधन हुनुभन्दा अघि फेसबुकमार्फत् स्टाटस राखेपछि विवादहरु बाहिर आएको थियो ।

नेकपा प्रवक्ता श्रेष्ठको चरित्रमाथि नै आँच पुग्ने प्रकारका विषयहरु सामाजिक सञ्जालमा राखिएका थिए । नेकपा नेताहरुले नै उनको नाम उल्लेख नगरी आलोचना गरेका थिए ।

कमानसिंह लामाकी पत्नी इन्द्रमाया तामाङले पनि प्रेस विज्ञप्तिमार्फत् गलत प्रचार गरिएको बताएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय