शुक्रबार , चैत्र १६, २०८०

हेमजाका एमाले, कागेंस एवं स्वतन्त्र गरी एक सय बढी माओबादी केन्द्रमा प्रबेश, अर्थमन्त्रीले गरे स्वागत (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

२५ साउन, काठमाडौं

 

पोखरा महानगरपालिका वडा नम्बर २५ हेमजाका करिब एक सय जना भन्दा बढी नेकपा माओबादी केन्द्र पार्टीमा प्रबेश गरेका छन् ।

 

नेकपा माओबादी केन्द्र पोखरा २५ ले बुधबार हेमजामा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले, नेपाली कागेंस, स्वतन्त्र गरी करिब एक सय भन्दा बढी जना माओबादीमा प्रबेश गरेको माओबादी केन्द्र पोखरा २५ का अध्यक्ष माधव अधिकारीले बताए ।

 

पार्टी प्रबेश कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन, पार्टीका प्रदेश सदस्यहरु भिम बिक क्षितिज, भोजराज पौडेल, माओबादी पोखरा महानगर समितिका अध्यक्ष कृष्ण गिरी विज्ञान, सचिव जनकराज पराजुली, युवा नेता सागर लुइटेल लगायतले खादा तथा अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।

 

माओबादी पार्टी प्रबेश गर्नेहरुमा विष्णु बहादुर विश्वकर्मा, रण बहादुर सिर्पाली, वेल बहादुर परियार, हस्त बहादुर रसाइली, सुन माया बिक, हिरा खड्का थोकी, कुल बहादुर बिश्वकर्मा, सिरु विश्वकर्मा,

 

रत्न बहादुर विश्वकर्मा कुमाई, डिलसरा रसाईली, तिलक बहादुर घर्ती विरे, सम बहादुर कुमाई, सोमबहादुर लामगाने, भुल माया रसाईली, देवि सिर्पाली, मोतीलाल बिक, भरीमाया गोतामे, सुमन घर्ती गिरी, रुपलाल लामगादे रहेका छन्।

 

त्यसै गरी प्रेम लामगादे, मन्जु बिक, लाल बहादुर घर्ती, गोपाल परियार, धनमाया, बबिता गोतामे, देवि विश्वकर्मा, मनसरा बिक, भिम सिर्पाली, टिका सिर्पाली, सुरेन्द्र सिर्पाली, डम्मर राना, डम्बर लामगादे, रुपा परियार,

 

सुसिला परिवार, सिता परियार, रिता परियार, कमला कार्की सिर्पाली, देबु परियार, भिम माया परियार, ओम विश्वकर्मा, भिम रसाइली, कविराज रसाईली, सुरेन्द्र सिर्पाली, मेनुका कुमाई, चन्द्रकुमारी सिर्पाली, मोती शरा राना, शान्ति घर्ती, बिष्णु सिर्पाली, दिल कुमारी लामगादे रहेका छन्।

 

त्यस्तै खिर माया बिक, गोरी सिर्पाली, चन्द्रा देवि बिक, विष्णु माया किसान, रेणु परियार, प्रेम रसाइली, दील बहादुर परियार, सुवास सिर्पाली, भिम माया गोतामे, भूमिका रसाईली, बबिता गोतामे, सम बहादुर नेपाली,

 

विवेक नेपाली, ज्ञान देवि सेर्पाली, टिका घर्ती, टक माया कुमाई, मन सरा रसाइली, भेष बहादुर बिक राजु, सतु बिक, नन्दकुमारी बिक, ओमकार रसाइली, आसमाला रसाइली, बिष्णु विश्वकर्मा कुमाई, ज्ञान बहादुर विश्वकर्मा कुमाई, रास बहादुर कुमाई, रहेका छन ।

 

त्यस्तै गरी पार्टी प्रबेश गर्नेहरुमा देवेन्द्र विश्वकर्मा कुमाई, लाल कुमार लामगादे, दिपा सुनार, लक्ष्मी बिक, प्रतिक बिक, हर्क सुनार, नरदेवि सिर्पाली, हर्क सुनार, सुरक्षा पौडेल, केसर नेपाली, डिल्लीमाया सिर्पाली रहेका छन्।

 

तालमेलले कांग्रेस शीर्ष नेताकै टिकट जोखिममा

 

सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेसँगै सिट बाँडफाँटको चुनौती थपिएको छ । सत्ताघटकमा पनि सर्वाधिक टाउको दुखाइ नेपाली कांग्रेसलाई भएको छ । सत्ताको नेतृत्वकर्ता दल हुनुको साथै सांगठनिक रुपमा गठबन्धनका अन्य दलभन्दा कांग्रेस बलियो भएकाले बढी सिटको दाबी स्वाभाविक छ । तर सहयात्री दलहरुलाई साथमा लिएर हिँड्ने जिम्मेवारी पनि उसकै बढी हुन्छ ।

 

सत्तारुढ दलले सिट भागबण्डाको मोडालिटी तय गर्न कार्यदल बनाएका छन् । अघिल्लो निर्वाचनमा जितेको आधारमा क्षेत्र तय गर्ने एउटा विधि तय गरियो भने कांग्रेसका दर्जन बढी नेताले उम्मेदवारीबाट आशा मार्नुपर्ने देखिन्छ । अघिल्लोपटक जितेको आधारमा उम्मेदवारी दिने गरी क्षेत्र भागबण्डा गरियो भने वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री विश्वप्रकाश शर्मा समेत प्रतिस्पर्धामा उत्रन पाउँदैनन् ।

 

स्थानीय निर्वाचन २०७९ को मत हेर्दा गठबन्धनका अन्य उम्मेदवारलाई विजयी बनाउन कांग्रेसको ठूलो मत खन्याउनु पर्दछ । तुलनात्मक रुपमा सत्ताघटकमा एकीकृतका समाजवादीका उम्मेदवारलाई विजयी बनाउन अन्य दलको मत धेरै खस्नुपर्दछ । कांग्रेसका लागि तालमेलको पक्षमा कार्यकर्तालाई मनोवैज्ञानिक रुपमा विश्वासमा लिने चुनौती छ ।

 

साथै, सिटको भागबण्डा भएपछि आकांक्षीको विश्वास जित्नु अर्को समस्या छ । ‘सिटमा कुरा मिल्यो रे, कांग्रेसले छोड्नपर्ने क्षेत्रमा त्याग्ने को–को त ? क्षेत्रमा उम्मेदवारको दाबी गरेको व्यक्तिलाई मनाउन अर्को चुनौती छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘सिंगो देशभर छोड्ने सिटका लागि पार्टी पङ्तिलाई विश्वासमा लिनुपर्‍यो । त्यसपछि, क्षेत्र छोड्दै गर्दा व्यक्तिलाई विश्वासमा लिनुपर्‍यो ।’

 

उम्मेदवार बन्नै नपाउने डर

 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसस्थानीय निर्वाचन २०७९ को मत हेर्दा गठबन्धनका अन्य उम्मेदवारलाई विजयी बनाउन कांग्रेसको ठूलो मत खन्याउनु पर्दछ । तुलनात्मक रुपमा सत्ताघटकमा एकीकृतका समाजवादीका उम्मेदवारलाई विजयी बनाउन अन्य दलको मत धेरै खस्नुपर्दछ । कांग्रेसका लागि तालमेलको पक्षमा कार्यकर्तालाई मनोवैज्ञानिक रुपमा विश्वासमा लिने चुनौती छ ।

 

साथै, सिटको भागबण्डा भएपछि आकांक्षीको विश्वास जित्नु अर्को समस्या छ । ‘सिटमा कुरा मिल्यो रे, कांग्रेसले छोड्नपर्ने क्षेत्रमा त्याग्ने को–को त ? क्षेत्रमा उम्मेदवारको दाबी गरेको व्यक्तिलाई मनाउन अर्को चुनौती छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘सिंगो देशभर छोड्ने सिटका लागि पार्टी पङ्तिलाई विश्वासमा लिनुपर्‍यो । त्यसपछि, क्षेत्र छोड्दै गर्दा व्यक्तिलाई विश्वासमा लिनुपर्‍यो ।’

 

उम्मेदवार बन्नै नपाउने डर

 

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा–१ मा पराजित भएका थिए । वामगठबन्धनका उम्मेदवार राम कार्कीले उनलाई हराए । कार्की आवद्ध दल माओवादी केन्द्र कांग्रेससँगै सत्ताको सहयात्री छ । उक्त स्थान माओवादीलाई छुट्याउने निर्णय भयो भने शर्माले झापाको अर्को क्षेत्र रोज्नुपर्ने हुन्छ ।

 

झापाको सन्दर्भमा शर्मा र नेता कृष्णप्रसाद सिटौला समूहको समानान्तर गतिविधि हुँदै आएको छ । झापामा कांग्रेसको उम्मेदवार टुंगाउन शर्मा र सिटौलाको सहमति अनिवार्य हुने जिल्ला तहका एक नेता बताउँछन् ।

 

गत स्थानीय तहको मतलाई आधार बनाउँदा झापा १ मा एमाले सबभन्दा बलियो दल छ । झापा १ मा पर्ने वडाहरुको मतको आधारमा एमालेले ३१ हजार २३२ मत पाएको छ । कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५, एकीकृत समाजवादीले १ हजार २५२ र लोसपाले १६२ मत पाएका थिए । स्थानीय तहको निर्वाचनमा गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको मत बढी छ ।

 

कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ मा प्रतिस्पर्धा गर्न पाउने/नपाउने आशंका व्याप्त छ । अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट विजयी भई हाल एकीकृत समाजवादीमा रहेका कृष्णकुमार श्रेष्ठ (किसान)ले उनलाई पराजित गरेका थिए । श्रेष्ठले ३४ हजार ४९२ मतसहित विजयी हुँदा पौडेलको पक्षमा २७ हजार ६९० मत खसेको थियो ।

 

स्थानीय निर्वाचनमा पाएको मतका आधारमा कांग्रेस तनहुँ १ मा पहिलो स्थानमा छ । कांग्रेसले ३३ हजार १०६ मत ल्याएको छ । दोस्रो स्थानमा रहेको एमालेको पक्षमा २२ हजार २१० मत खसेको थियो । माओवादीले ८ हजार ४७४, राप्रपाले १ हजार ७७५, एकीकृत समाजवादीले ८९२ र जसपाले ५४ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा विश्लेषण गठबन्धनबाट अन्य दलका उम्मेदवारलाई जीत निकाल्न कठिन छ । एकीकृत समाजवादीबाट उम्मेदवार हुने अवस्था बन्यो भने ८९२ मत पाएको दललाई विजयी बनाउन कांग्रेसको सबै मत खस्नुपर्दछ ।

 

डोटीमा एकीकृत समाजवादीबाट प्रेम आले उम्मेदवार हुने अवस्था बन्यो भने कांग्रेसको मत उनलाई खस्न नसक्ने स्थानीय नेताहरु बताउँछन् । कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायर उम्मेदवारका आकांक्षी हुन् ।

 

 

उनी आलेसँग गत निर्वाचनमा पराजित भएका थिए । आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत ल्याएर पराजय भोगेका थिए । तत्कालीन समयमा एमालेबाट विजयी आले हाल एकीकृत समाजवादीमा छन् ।

 

डोटीमा एकीकृत समाजवादीले गत स्थानीय तहको निर्वाचनमा कूल मत ३ हजार २०५ प्राप्त गरेको थियो । एकीकृत समाजवादीको मत चौथो स्थानमा छ । कांग्रेसले ३४ हजार ४७, एमालेले २४ हजार ९१६, माओवादी ७ हजार ७८९ र राप्रपाले ९८७ मत ल्याएका थिए ।

 

 

स्थानीय तहको चुनावी अभियानका क्रममा डोटीमा खटिएका कांग्रेस नेता किरण गिरीले भने, ‘मन्त्री भइसकेपछि पनि प्रेम आलेले जिल्लामा संगठन विस्तारमा ध्यान दिएको देखिएन ।’ कांग्रेसका जिल्ला तहका एक नेताले गठबन्धनबाट आलेलाई उम्मेदवार बनाए आफूले नै मत नदिमकवानपुर–

 

 

२ मा सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ उम्मेदवार पाउन कठिनाइ एकीकृत समाजवादीका विरोध खतिवडा बनेका छन् । खतिवडासँग डिना अघिल्लो निर्वाचनमा पराजित भएकी थिइन् । मकवानपुर २ मा एकीकृत समाजवादीले गत स्थानीय तहमा २ हजार ७१९ मत पाएको थियो । यस क्षेत्रमा एमालेले पहिलो र कांग्रेस दोस्रो स्थानको मत ल्याएका थिए ।

 

महत दाजुभाइलाई पनि छैन सहज

 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत यसपटक नुवाकोट १ बाट उम्मेदवार हुने तयारीमा छन् । यसअघि काठमाडौं ५ बाट उम्मेदवार बनेका उनी गृहजिल्लामा प्रतिस्पर्धा गर्ने सुरमा छन् । तर, उनी त्यहाँ उम्मेदवार हुन भने सहज छैन । गत निर्वाचनमा माओवादी केन्द्रबाट पराजित आफ्नै दाजु डा. रामशरण महतलाई उनले मनाउनुपर्ने हुन्छ ।

 

२०७४ को निर्वाचनमा माओवादी केन्द्रका हितबहादुर तामाङले डा. रामशरण महतलाई हराएका थिए । तामाङले ३६ हजार ४७३ मत ल्याई विजयी हुँदा पराजित महतले २७ हजार ९२० मत ल्याएका थिए । गत स्थानीय तहको निर्वाचनको मत हेर्दा नुवाकोट १ मा माओवादी कांग्रेस पछिको शक्ति हो ।

 

 

 

 

कांग्रेसले २८ हजार ९६२, माओवादीले २३ हजार २००, एमालेले १८ हजार २६७, राप्रपा ४ हजार ७८, एकीकृत समाजवादीले २ हजार २४५ मत ल्याएको थियो । गत निर्वाचनमा जितेको स्थान, स्थानीय तहमा दोस्रो शक्ति भएकाले माओवादीको रोजाइको क्षेत्र स्वभाविक रुपमा नुवाकोट–१ हुनेछ ।

 

कांग्रेसका लागि यसपटक प्रतिष्ठाको लडाईं गोरखामा पनि हुने देखिन्छ । अघिल्लोपटक दुबै क्षेत्रमा कांग्रेसबाट उम्मेदवार विजयी हुन सकेनन् । कांग्रेसको सहयोगमा गोरखा–२ मा तत्कालीन नयाँ शक्ति दलबाट डा. बाबुराम भट्टराई विजयी भए । यसपटक उक्त क्षेत्रमा सुरेन्द्र पाण्डे अन्य दललाई छोड्ने पक्षमा छैनन् ।

 

गोरखाका २ मध्ये १ कांग्रेसले छोड्नुपर्दा पाण्डे वा चिनकाजी श्रेष्ठमध्ये एकले उम्मेदवारी बन्न नपाउने स्थिति बन्छ । श्रेष्ठ गोरखा १ बाट अघिल्लोपटक माओवादीसँग पराजित भएका थिए । स्थानीय तहको निर्वाचनको आधारमा गोरखा १ मा कांग्रेस पहिलो छ भने क्षेत्र नम्बर २ मा माओवादी केन्द्र अरु भन्दा अघि छ । दुबै क्षेत्रमा एमालेको तेस्रो स्थानको मत आएको छ ।

 

एकले अर्कालाई स्वीकार्नै नसक्ने क्षेत्र सिन्धुपाल्चोक १

 

कांग्रेस र माओवादी केन्द्रका गत निर्वाचनका दुई उम्मेदवारमा एकले अर्कालाई स्विकार्नै नसक्ने क्षेत्र सिन्धुपाल्चोक १ हो । सभामुख अग्निप्रसाद सापकोटाले गत निर्वाचनमा कांग्रेसका मोहन बस्नेतलाई हराएका थिए । यसपटक बस्नेत पूर्व विजयी सापकोटालाई छोड्ने पक्षमा छैनन् । केन्द्रीय समितिको बैठकमा उनले सापकोटालाई बाटो खाली नगरिदिने दाबी गरिसकेका छन् । सापकोटा ४० हजार ५०४ मत प्राप्त गरि विजयी भएका थिए । पराजित बस्नेतको पक्षमा २९ हजार ७९८ मत थियो ।

 

सिन्धुपाल्चोक १ मा स्थानीय तहको निर्वाचनमा कांग्रेसले ३४ हजार ७६१ मत पाएको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । एमालेको पक्षमा २७ हजार ५९ मत खसेको थियो । माओवादीले १९ हजार ३४४, एकीकृत समाजवादीले २ हजार ३११ र राप्रपाले १ हजार २३९ मत ल्याएको थियो ।

 

गत निर्वाचनमा विजयी भएको आधारमा सिट भागबण्डा गर्ने सहमति बन्यो भने कांग्रेसका दुई नेताले मोरङको क्षेत्र नम्बर ४ र ५ छोड्नपर्दछ । वाम गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले मोरङ ४ र ५ जितेका थिए । मोरङ ४ मा कांग्रेसबाट अघिल्लोपटक पराजित महेश आचार्यसहित गुरुराज घिमिरे र भीम पराजुलीले दाबी गरेका छन् ।

 

गत निर्वाचनमा माओवादी केन्द्रका अमनलाल मोदीले कांग्रेसका आचार्यलाई पराजित गरेका थिए । मोरङ ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी भएका थिए । उक्त स्थानमा माओवादी केन्द्रका उम्मेदवार हुने अवस्था बन्यो भने कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल उक्त क्षेत्रमा उम्मेदवार बन्न पाउने छैनन् । अर्याल गत निर्वाचनमा मण्डलसँग पराजित भएका थिए । स्थानीय निर्वाचनमा मोरङ ४ मा एमाले पहिलो दल बनेको छ भने क्षेत्र नम्बर ५ मा कांग्रेस पहिलो दल बनेको छ ।

 

कांग्रेस नेता बलबहादुर केसीले सोलुखुम्बुबाट प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने/नपाउने आशंका उब्जिएको छ । गत निर्वाचनमा माओवादी केन्द्रबाट हेमराज राईसँग उनी पराजित भएका थिए । माओवादीकै उम्मेदवार दोहोरिने अवस्था बन्यो भने केसी प्रतिस्पर्धाबाट बाहिरिनु पर्नेछ । भोजपुरमा अघिल्लो चुनावका कांग्रेस प्रतिस्पर्धी उमेशजंग रायमाझीले तालमेलकै कारण टिकट नपाउन पनि सक्छन् । रायमाझीलाई माओवादी केन्द्रका सुदन किराँतीले हराएका थिए ।

 

धनुषा १ मा कांग्रेस नेता आनन्द ढुङ्गानाले गठबन्धनका कारण टिकट नपाउन सक्छन् । अघिल्लो निर्वाचनमा ढुङ्गानालाई माओवादीका मातृका यादवले पराजित गरेका थिए । तालमेल हुँदा माओवादीको भागमा उम्मेदवार हुने टुंगो लाग्यो भने उनी उम्मेदवारीबाट बाहिर रहनुपर्दछ ।ने ढुक्कसँग बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय