बिहिबार , बैसाख १३, २०८१

गगन थापासंग चुनाव लडदै हेमराज थापा, भन्छन- गगन थापालाई भारि मतान्तरले हराउछु (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)स्वतन्त्र सामाजिक अभियान्ताको रुपमा सार्वाधिक सुनिने नाम हो, हेमराज थापा ।

 

 

बिगत केही वर्षदेखि उनी बिभिन्न मुद्धा लिएर माईतिघर देखि बालुवाटारसम्म आन्दोलन गर्दै आएका छन् ।कहिले एमसीसी त कहिले भ्रष्टाचारको बिरुद्ध आन्दोलन गर्दा प्रहरीको लाठि त कहिले प्रहरी हिरासतमै समेत थुनिएका छन् ।

 

 

 

 

उनै हेमराज थापा अब आउँने संघिय निर्वाचनमा उठ्ने चर्चा चल्न थालेको छ ।२०७९ बैशाख ३० गते भएको स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको जितले पार्टीका नेता–कार्यकर्ताको टाउको दुःखेको छ

 

 

 

भने, स्वतन्त्र तर राजनीतिमा सक्रिय हुन खोज्नेहरुको लागि उत्सव र सुनौलो अवसर सिर्जना भएको छ ।कुनै पनि राजनीतिक दलमा आवद्ध नभएपनि निर्वाचनमा उठ्न र जित्न सकिन्छ भन्ने काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका बालेन्द्र साह ‘बालेन’ र धरान उपमहानगरपालिकाको मेयरमा विजयी हर्कराज राई ‘हर्क साम्पाङ’ एक उदाहरण हुन् । उनीहरुको विजयीले कुनै पनि राजनीतिक दलमा लाग्नै पर्छ भन्ने पुरानो सोच र धारणालाई विस्थापित गरिदिएको छ ।

 

 

 

सामाजिक अभियान्ता हेमराज थापा स्थानिय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको लागि मत माग्न बिभिन्न जिल्लामा सक्रिय भएका थिए । उनले त्यस बेला स्थानिय बासिन्दाहरुको राम्रो प्रतिक्रिया पाएका थिए ।जसले गर्दा उनी अहिले संघिय निर्वाचनमा उठ्ने तयारी थालेका छन् । स्थानिय निर्वाचनमा उनलाई धेरैको एउटै प्रश्न थियो, किन निर्वाचनमा नउठेको ? भन्ने प्रश्नको सामना गर्नु परेको थियो ।

 

 

 

त्यसै बेलादेखि हेमराज थापाले संघिय निर्वाचनमा उठ्ने मनासय बनाएका थिए ।निर्वाचनको मिति नै घोषणा नहुदै विवेकशिल साझा परित्याग गरेकी रञ्जु दर्शनाले काठमाडौंको निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेकी छिन् ।गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए ।

 

 

दोस्रो स्थानमा रहेका कांग्रेसका नेता डा।प्रकाशशरण महतले १३ हजार १६९ मत ल्याएका थिए । साझा पार्टीका तत्कालीन अध्यक्ष थापा ६ हजार ८५३ मतसहित तेस्रो भएका थिए ।त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा पुकार बमले पनि काठमाडौंको निर्वाचन क्षेत्र नं–

 

 

 

१ बाट निर्वाचनमा उठ्ने घोषणा गरिसकेका छन् ।काठमाडौं महानगरपालिकाको मेयरमा पराजित सुमन सायामिले काठमाडौंको निर्वाचन क्षेत्र नं–८ बाट स्वतन्त्र उम्मेदवारी दिने तयारी थालेका छन् । हेमराज थापाले क्षेत्र नं–४बाट निर्वाचनमा उठ्ने तयारी थालेका छन् । जुन नेपाली कांग्रेसका महामन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो ।

 

 

 

 

यस अघि पनि यसै क्षेत्रबाट गगन थापा विजयी भएका थिए ।सत्तारुढ पाँचदलीय गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेसँगै सिट बाँडफाँटको चुनौती थपिएको छ । सत्ताघटकमा पनि टाउको दुखाइ नेपाली कांग्रेसलाई भएको छ । सत्ताको नेतृत्वकर्ता दल हुनुको साथै सांगठनिक रुपमा गठबन्धनका अन्य दलभन्दा कांग्रेस बलियो भएकाले बढी सिटको दाबी स्वाभाविक छ ।

 

 

 

तर सहयात्री दलहरुलाई साथमा लिएर हिँड्ने जिम्मेवारी पनि उसकै बढी हुन्छ ।सत्तारुढ दलले सिट भागबण्डाको मोडालिटी तय गर्न कार्यदल बनाएका छन् । अघिल्लो निर्वाचनमा जितेको आधारमा क्षेत्र तय गर्ने एउटा विधि तय गरियो भने कांग्रेसका दर्जन बढी नेताले उम्मेदवारीबाट आशा मार्नुपर्ने देखिन्छ ।

 

 

 

अघिल्लोपटक जितेको आधारमा उम्मेदवारी दिने गरी क्षेत्र भागबण्डा गरियो भने वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि महामन्त्री विश्वप्रकाश शर्मा समेत प्रतिस्पर्धामा उत्रन पाउँदैनन् ।स्थानीय निर्वाचन २०७९ को मत हेर्दा गठबन्धनका अन्य उम्मेदवारलाई विजयी बनाउन कांग्रेसको ठूलो मत खन्याउनु पर्दछ ।

 

 

 

 

तुलनात्मक रुपमा सत्ताघटकमा एकीकृतका समाजवादीका उम्मेदवारलाई विजयी बनाउन अन्य दलको मत धेरै खस्नुपर्दछ । कांग्रेसका लागि तालमेलको पक्षमा कार्यकर्तालाई मनोवैज्ञानिक रुपमा विश्वासमा लिने चुनौती छ ।साथै, सिटको भागबण्डा भएपछि आकांक्षीको विश्वास जित्नु अर्को समस्या छ ।

 

 

 

‘सिटमा कुरा मिल्यो रे, कांग्रेसले छोड्नपर्ने क्षेत्रमा त्याग्ने को–को त ? क्षेत्रमा उम्मेदवारको दाबी गरेको व्यक्तिलाई मनाउन अर्को चुनौती छ,’ कांग्रेसका एक पदाधिकारी भन्छन्, ‘सिंगो देशभर छोड्ने सिटका लागि पार्टी पङ्तिलाई विश्वासमा लिनुपर्‍यो । त्यसपछि, क्षेत्र छोड्दै गर्दा व्यक्तिलाई विश्वासमा लिनुपर्‍यो ।’२०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा झापा–

 

 

 

१ मा पराजित भएका थिए । वामगठबन्धनका उम्मेदवार राम कार्कीले उनलाई हराए । कार्की आवद्ध दल माओवादी केन्द्र कांग्रेससँगै सत्ताको सहयात्री छ । उक्त स्थान माओवादीलाई छुट्याउने निर्णय भयो भने शर्माले झापाको अर्को क्षेत्र रोज्नुपर्ने हुन्छ ।झापाको सन्दर्भमा शर्मा र नेता कृष्णप्रसाद सिटौला समूहको समानान्तर गतिविधि हुँदै आएको छ ।

 

 

 

झापामा कांग्रेसको उम्मेदवार टुंगाउन शर्मा र सिटौलाको सहमति अनिवार्य हुने जिल्ला तहका एक नेता बताउँछन् ।गत स्थानीय तहको मतलाई आधार बनाउँदा झापा १ मा एमाले सबभन्दा बलियो दल छ । झापा १ मा पर्ने वडाहरुको मतको आधारमा एमालेले ३१ हजार २३२ मत पाएको छ ।

 

 

 

कांग्रेसले २४ हजार ५९, राप्रपाले ५ हजार ९२२, माओवादीले ३ हजार ९०५, एकीकृत समाजवादीले १ हजार २५२ र लोसपाले १६२ मत पाएका थिए । स्थानीय तहको निर्वाचनमा गठबन्धनका सबै दलको मत जोड्दा पनि एमालेको मत बढी छ ।कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ १ मा प्रतिस्पर्धा गर्न पाउने/नपाउने आशंका व्याप्त छ ।

 

 

अघिल्लो निर्वाचनमा एमालेको तर्फबाट विजयी भई हाल एकीकृत समाजवादीमा रहेका कृष्णकुमार श्रेष्ठ (किसान)ले उनलाई पराजित गरेका थिए । श्रेष्ठले ३४ हजार ४९२ मतसहित विजयी हुँदा पौडेलको पक्षमा २७ हजार ६९० मत खसेको थियो ।माओवादीले

 

 

 

८ हजार ४७४, राप्रपाले १ हजार ७७५, एकीकृत समाजवादीले ८९२ र जसपाले ५४ मत ल्याएको छ । स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारमा विश्लेषण गठबन्धनबाट अन्य दलका उम्मेदवारलाई जीत निकाल्न कठिन छ ।

 

 

 

एकीकृत समाजवादीबाट उम्मेदवार हुने अवस्था बन्यो भने ८९२ मत पाएको दललाई विजयी बनाउन कांग्रेसको सबै मत खस्नुपर्दछ ।डोटीमा एकीकृत समाजवादीबाट प्रेम आले उम्मेदवार हुने अवस्था बन्यो भने कांग्रेसको मत उनलाई खस्न नसक्ने स्थानीय नेताहरु बताउँछन् ।

 

 

 

 

कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायर उम्मेदवारका आकांक्षी हुन् । उनी आलेसँग गत निर्वाचनमा पराजित भएका थिए । आलेले ३२ हजार ५१० मत ल्याउँदा बलायरले ३० हजार ८७८ मत ल्याएर पराजय भोगेका थिए । तत्कालीन समयमा एमालेबाट विजयी आले हाल एकीकृत समाजवादीमा छन् ।डोटीमा एकीकृत समाजवादीले गत स्थानीय तहको निर्वाचनमा कूल मत ३ हजार २०५ प्राप्त गरेको थियो ।

 

 

 

 

एकीकृत समाजवादीको मत चौथो स्थानमा छ । कांग्रेसले ३४ हजार ४७, एमालेले २४ हजार ९१६, माओवादी ७ हजार ७८९ र राप्रपाले ९८७ मत ल्याएका थिए । स्थानीय तहको चुनावी अभियानका क्रममा डोटीमा खटिएका कांग्रेस नेता किरण गिरीले भने,

 

 

 

‘मन्त्री भइसकेपछि पनि प्रेम आलेले जिल्लामा संगठन विस्तारमा ध्यान दिएको देखिएन ।’ कांग्रेसका जिल्ला तहका एक नेताले गठबन्धनबाट आलेलाई उम्मेदवार बनाए आफूले नै मत नदिने ढुक्कसँग बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय