शुक्रबार , चैत्र १६, २०८०

काठमाडौँ — सरकारले संसदीय निर्वाचनको मिति घोषणा गरेसँगै राजनीतिक दलहरु चुनाव केन्द्रीत बनेका छन् । भने नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा चुनावका लाग तयारी थालेका छन् । चुनावसंगै भावी प्रधानमन्त्री को बन्छ भनेर पनि राजनीतिमा चर्चा हुन थालिएको छ ।

 

 

भावी प्रधानमन्त्रीका रुपमा एकपछि अर्काे नेताहरुले प्रधानमन्त्रीको दाबी गरिरहेका छन् । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले शनिबार प्रधानमन्त्रीको दाबी सार्वजनिक गरेका छन् ।

 

 

एकपटक ‘नम्बरवान मेन’ भएर काम गर्न पाए देशको कायापलट गरेर देखाइदिने उनले दाबी गरेका छन् ।यद्तै काँग्रेसभित्रैबाट दर्जनबाढी नयाँ पुराना अनुहार सार्वजनिक भइरहेका छन् ।

 

 

महामन्त्री गगनकुमार थापाले राजनीतिक जीवनमा पहिलोपटक प्रधानमन्त्रीको एजेन्डा बोकेर चुनावमा जाने तयारी गरेका छन् ।

 

 

यो दौडमा १७ पटक प्रधानमन्त्रीको चुनाव हारेको छबि बनाएका नेतारामचन्द्र पौडेलसमेत अघि सरेका छन् ।ज्योतिषीले सातौंपटक प्रधानमन्त्री बन्छस् भनेका प्रधानमन्त्री शेरबहादुर देउवा चुनावपछि छैटौं कार्यकाल पु¥याउने तयारीमा छन् ।

 

 

हालसम्म काँग्रेसमा सबैभन्दा बलियो उम्मेदवारका रुपमा देउवाभन्दा अरुलाई हेरिएको छैन ।यो दौडमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा पनि सामेल छिन् । देउवाले आफु नभए आरजुलाई अघि सार्ने चर्चा चलिरहेका बेला भारतसँगको बढ्दो उठबसले झनै सकस थपेको छ ।

 

 

पार्टी महाधिवेशनमा उसैगरि कमजोर बनेकाविमलेन्द्र निधिसमेत यतिबेला दिल्लीमा छन् । जसको अभिलाषासमेत प्रधानमन्त्रीमाथि नै केन्द्रीत रहेको राजनीतिक वृत्तमा चर्चा चलिरहेको छ ।

 

काँग्रेस बाहिरसमेत सत्ताको नेतृत्वका लागि मरिहत्ते चलिरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएसम्म पुरा कार्यकाल नभए आधाआधा सहमतिका लागि देउवालाई दबाब दिइरहेका छन् ।

 

 

गठबन्धनमै आवद्ध माधवकुमार नेपाल र बाबुराम भट्टराई पार्टीको हैसियतले मुख खोल्न नदिए पनि प्रधानमन्त्रीकै अभिलाषा पालिरहेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली ओअनि निर्वाचनपछि आफ्नै नेतृत्वको सरकार बन्ने दाबी गर्दै आएका छन् ।

 

यस्तै पत्रकारिता छोडेर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबी लामिछाने पनि प्रधानमन्त्रीका लागि दावी गरेका छन् ।

 

 

देशभर पार्टी कार्यक्रममा उनीप्रति देखाएको समर्थन देखेर उनी भावी प्रधानमन्त्री हुने दावी गर्दै आएका छन् । आगामी सरकार आफ्नै नेतृत्वमा बन्ने विभिन्न कार्यक्रम बोल्दै आएका छन् ।

 

 

 

भावी प्रधानमन्त्री फेरी देउवा, प्रचण्ड वा ओली नै प्रधानमन्त्री हुन्छन् कि नयाँ कोहि प्रधानमन्त्री हुन्छन् भन्न धेरैको चासो रहेको छ ? नेपालमा प्रधानमन्त्री हुनका लागि पहिले प्रतिनिधिसभा को प्रत्यक्षतर्फ चुनाव जितेर आउनुपर्छ ।

 

 

त्यसपछि पार्टीभित्रकै प्रतिस्पर्धामा दलको नेता चयन हुनुपर्छ । अनि संसदको बहुमत सदस्यले प्रधानमन्त्री चयन गरिने गर्छ ।

 

 

 

भर्खर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय