बिहिबार , चैत्र १५, २०८०

काठमाडौं:

कुनै हालतमा स्थायी कमिटी बैठकमा जान्न भन्ने नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र जुनसुकै हालतमा धुम्बाराहीमै स्थायी कमिटी बैठक डाकेर अगाडि बढ्छु भन्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ।

यी दुवैले अडान त लिए तर यसपटक ब्याक भए । ओली स्थायी कमिटी बैठकमा सहभागी भए । प्रचण्ड पनि धुम्बाराहीबाट बैठक बालुवाटारमा सार्न तयार भए ।

यतिसम्मको वातावरण तयार गर्न स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र सुवास नेम्वाङ सफल भए । पोखरेल र नेम्वाङको खुमलटार दौड चल्दै आएको छ ।

हिजो पोखरेल दिउँसो प्रचण्डलाई भेटेर मध्यमार्गी बाटो निकाल्न सफल भए । ओली स्थायी कमिटी बैठकमा सहभागी हुने तर बैठक धुम्बाराहीबाट बालुवाटारमा राख्नुपर्ने शर्त बमोजिम कुरा मिल्यो ।

स्थायी कमिटी बैठक नाम मात्रको राखेर सहमतिका लागि केही दिन राखेर अगाडि बढ्ने टुंगो पनि लागेको थियो । नभन्दै आज आधा घन्टा नबसी बैठक सम्पन्न भयो ।

१ पुसका लाग अर्को बैठक डाकिएको छ । अबको तीन दिन कुरा मिलाउनका लागि लिइएको बताइन्छ । यसपटक ओली र प्रचण्ड दुवै आक्रामक भन्दा रक्षात्मक देखिएपछि वरिष्ठ नेता माधवकुमार नेपालको मनमा चीसो पसेको देखिन्छ ।

सचिवालय बैठकमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई ओलीले फिर्ता गर्नुपर्ने शर्त राखेर स्थायी कमिटी बैठकमा जान्न भनेका थिए । प्रचण्डले पनि प्रतिवेदन कुनै हालतमा फिर्ता लिन्न भने ।

यसरी दुवै नेता रक्षात्मक देखिएका छन् । कोही पनि अगाडि बढ्न सकेका छैनन् । न ओली बैंठकको सामना गर्दै अगाडि बढ्न तयार न प्रचण्ड आक्रामक बन्दै राजनीतिक प्रतिवेदनलाई वार पार गर्न तयार ।

नेकपा अहिले अनिर्णयको बन्दी बनेको छ । नेकपाभित्र एकता महाधिवेशनको मिति त तोकिएको छ तर, हुने नुहने टुंगो छैन ।

यसरी राजनीतिक अलमल र ओली र प्रचण्डको रक्षात्मक अवस्थाबीच सुन्यता बढ्न सक्छ । त्यो सुन्यतामा अन्य शक्तिको सक्रियता बढ्दै जानसक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय