शुक्रबार , चैत्र १६, २०८०

नेपाली सिनेवृतमा पूर्णविक्रम शाह उर्फ पल शाह लोकप्रिय छन् । करिब एक दशकअघि भिडियो सम्पादकबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेका शाहले छोटो समयमै आफूलाई स्थापित गरे ।

 

तराई टेलिभिजनमा मनोरञ्जनात्मक शोको भिडियो सम्पादकको रूपमा आबद्ध उनी पछि मोडलिङ क्षेत्रमा प्रवेश गरेपछि अभिनयमा उनको करिअर सुरु हुन्छ । म्युजिक भिडियोमा डेब्यू पाएका शाहले तत्कालीन समयमा लोकप्रिय मोडल प्रकृति श्रेष्ठसँग ‘हनी बनी’ गीतमा अभिनय गर्ने अवसर पाएका थिए ।

 

यो जोडीको पहिलो म्युजिक भिडियोलाई दर्शकले रुचाए । त्यसपछि शाहले निन्तर म्युजिक भिडियोमा अभिनय गरेका छन् म्युजिक भिडियो नै चलचित्रको खुड्किलो भन्ने आम भनाइ छ, पलको हकमा पनि त्यस्तै भयो लगातार म्युजिक भिडियोमा देखिरहेका पल चलचित्र निर्देशक विकासराज आचार्यको नजरमा परे

 

आचार्यले पललाई सुपरहिट चलचित्रको सिरिज ‘नाईं नभन्नु ल ४’ मा अवसर दिए। यही चलचित्रबाट पलले ठूलो पर्दामा डेब्यू गर्ने मौका पाए । पलको चर्चा र उनको फ्यान फ्लोअर्सको संख्या भने उल्लेख्य छ । पल पलपलमा हिट हुँदै गए । चलचित्रमा उनलाई बाक्लै अफर आउन थाले काम पनि गरे । म्युजिक भिडियोमा पहिलो रोजाइका मोडल बने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय