बिहिबार , चैत्र १५, २०८०

काठमाडौ:

लामो समय एकल जिवन बिताएका इलामको पिपलबोटेका ८४ वर्षीया इन्जिनियर मित्रलाल भट्टराईले बेहुली भित्र्याएका छन् ।

उनले ६५ वर्षीया महिलालाई बेहुली बनाएका हुन् । भट्टराईले नेपालगञ्ज नगरपालिकाकी सरकारी जागिरे मालती आचार्यलाई बेहुली बनाएका छन् ।

श्रीमतीको निधन पछि लामो समय एक्लै बसेका उनले वृद्धअवस्थामा साथीको आवश्यकता परेकाले विवाह गरेको बताएका छन् । इलाम जिला पञ्चायतमा रहेर काम गरेका भट्टराई पछि काठमाडौंमा सरुवा भएका थिए ।

उनी सिडीई भएर रिटायर्ड भएका ब्यक्ति हुन् । २०३२ सालतिर भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ गरेका भट्टराईकी पहिलो श्रीमतीको १७ वर्ष अघि निधन भएको हो ।

दुवै जनाको मन मिलेर एकअर्काको सहाराका लागि बिहे गरेको भए पनि सामाजिक संजालमा नकारात्मक टिप्पणी भएको भन्दै उनले वास्तविकता बुझेर मात्र टिप्पणी गर्न आग्रह गरेका छन् ।

उनका एक आफन्तले भने, ‘उहाँहरु एकअर्काको सहारा बन्नुभएको छ । यो जीवन उहाँहरु आफैले रोज्नुभएको हो । यसमा कसैले टाउको दुखाउनुपर्ने कुनै कारण छैन ।’

साथै दम्पत्तिले नकारात्मक टिप्पणी नगरिदिन आग्रहसमेत गरेका छन् । हरेक मानिसलाई जीवनमा सहारा चाहिन्छ । यो कुरा एक्लो जीवन बिताउनेलाई नै थाहा हुन्छ ।

त्यसैले यस्ता कुरालाई मजाक नबनाउन म सबैलाई आग्रह गर्छु ’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय