बिहिबार , बैसाख १३, २०८१

एमाले सांसद भीम रावलले दिए राजीनामा

 

प्रकाशित मिति । २४ साउन, २०७९ ।

 

३ साउन, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।

 

अछाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका उनले आइतबार सिंहदरबारमा भएको माधव नेपाल पक्षका सांसदहरुको भेलामा उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दावी पेश गर्दा भीम रावलसहित एमालेका २६ सांसदले समर्थन गरेका थिए ।

 

सर्वोच्च अदालतको आदेशमा देउवा प्रधानमन्त्री नियुक्त भएर विश्वासको मत लिने दिन रावलले राजीनामाको घोषणा गरेका हुन् ।

 

रावलले उच्च राजनीतिक तहमा अनैतिक राजनीतिक गतिविधि देखिएको भन्दै आफू देश र जनविरोधी राजनीतिको मतियार नहुने बताए ।

 

‘यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधिसभाको सदस्य पदबाट राजीनामा दिएको छु’ उनले राजीनामा पत्रमा लेखेका छन् ।

 

सांसद रावलको राजीनामा पत्र हेर्नुहोस्

 

सम्माननीय सभामुखज्यू,

 

प्रतिनिधिसभा, सिंहदरबार काठमाडौं ।

 

विषय : राजीनामा ।

 

महोदय,

 

झण्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौं राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु र तिनको सामना गरेको छु ।

 

यो सबै मैले मातृभूमि नेपालको स्वाधीनता, स्वतन्त्रता, अखण्डता, स्वाभिमान तथा नेपाली जनताको अधिकार र समृद्धिको लागि गरेको थिएँ ।

 

राजनीति र त्यसका सबै संयन्त्रहरु राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमान र जनताको सुख समृद्धिमा समर्पित हुने विश्वास गरेको थिएँ ।

 

तर राजनीतिक नेतृत्वबाट त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौं पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने कृत्य हुँदै गए । फलस्वरुप आज नेपाल र नेपालीको शीर निहुरिँदै गएको छ ।

 

अझ केही समय यता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पद लिप्सा, विधि-पद्धतिलाई आफ्नो कुत्सित एवम् निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी-निरंकुश किसिमको काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा

 

 

कुनै पनि सच्चा देशभक्त र लोकतन्त्रप्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताको हित विपरितका क्रियाकलापका विरुद्ध जुझ्दै तिनलाई रोक्नको लागि जनप्रतिनिधि एवम् राजनीतिकर्मीको हैसियतले मैले अधिकतम् प्रयत्न गरेँ ।

 

तर पछिल्लो समय प्रतिनिधिसभाको तर पछिल्लो समय प्रतिनिधिसभाको विघटनदेखि पुनःस्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश, जनता र पार्टीको हितभन्दा निजी स्वार्थ, अहं, प्रतिशोधी र षड्यन्त्रकारी चरित्र एवम् कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरी सम्झने जुनसुकै नेपाली नागरिकको मनमा घृणा उत्पन्न हुन्छ ।

 

यस्तो स्थितिमा अनैतिक राजनीति तथा देश र जनताविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा त्यसबाट अलगत हुनु श्रेयष्कर भएकोले उक्त प्रकारको दुषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।

 

धन्यवाद ।

 

भीम रावलले राजिनामा फिर्ता लिए पछि उनको खस्केको साख

 

काठमाडौ:राष्ट्रिय राजनीतिमा राष्ट्रवादी र अडान भएको नेताका रुपमा चिनिने नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आवेगमा दिएको सांसदबाट राजिनामा केही दिनमै फिर्ता लिए । उनले जुन कारण देखाएर राजिनामा दिएका थिए, त्यो अवस्थामा न त सुधार भएको थियो, न त परिवर्तन । राजिनामा दिन खोज्दा रावललाई नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेयले रोक्ने कोसिस गरेका थिए । तर उनले उल्टै पाण्डेयलाई हकारे ।

 

रावलले आइतबार देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि राजीनामाको घोषणा गरेका थिए । उनले आइतबार संघीय संसद् भवनमा सञ्चारकर्मीहरुको अगाडी राजीनामा पत्र पढेर सुनाएका थिए । र राजिनामा पत्र सभामुखलाई बुझाए ।

 

रावल तिनै नेता हुन्, जो नेकपा एमाले सहितका सांसदको अगुवाई गर्दै तत्कालिन प्रधानमन्त्री र राष्ट्रपतिका बिरुद्ध सर्बोच्चमा मुद्दा दायर गर्न पुगेका थिए । उनकै अगुवाईमा शेर बहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न सांसदहरुले हस्ताक्षर गरेका थिए । सांसदहरुको त्यही हस्ताक्षरलाई आधार बनाएर सर्बोच्चले ओलीलाई प्रधानमन्त्रीबाट हट्न बाध्य बनायो । र देउवाका लागि प्रधानमन्त्री हुने बाटो सुनिश्चित भयो ।

 

तर जव सुबिधाजनक बहुमत सहित देउवा प्रधानमन्त्री निश्चित भयो, तव रावल पछि हटे । त्यतिबेलासम्म उनले बरिष्ठ नेता नेपालको क्याम्प छोडेको हल्ला चलिसकेको थियो ।उनको राजिनामाको स्टन्टले शुक्रवार नयाँ मोड लियो । उनले राजिनामा फिर्ता लिए ।

 

रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाए । सबै नेताहरु र जनताको आग्रहमा राजिनामा फिर्ता लिएको अभिव्यक्ति दिएपछि उनलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना शुरु भयो । त्यो क्रम अझै रोकिएको छैन ।

 

कान्तिपुर दैनिकमा भीम रावलले सांसद पदबाट दिएको राजिनामा फिर्ता लिए शिर्षकमा छापिएको समाचारमा ३० घण्टामा एक हजार चार सय जनाले कमेण्ट गरेका छन् । ८८ जनाले शेयर गरेका छन् । र कमेण्ट गर्ने अधिकांशले रावललाई भद्दा गाली दिनुका साथै चर्को आलोचना गरेका छन् ।

 

तिनै मध्येका बिनोद कार्की लेख्छन्, फोकटमा आईरहेको तलब भत्ता अस्ति अरूले खान दिन्न भन्दा रडाको मच्चाउने अहिले आफैले चट्ट छोड्न काहा मन लाग्छ र कमरेड रु यो सबै नाटक नौटंकी हो, जनतालाई आँखामा छारो हाल्ने काम हो। हाहा लाज र सरम हरायेपछी यस्तै हो ।

 

हिमा कोईरालको प्रतिक्रिया यस्तो छ, जताजता फाइदा उतै उतै काइदा । राजनितिमा लाजको निति चाइ नहुने रैछ जे बोले पनि भयो, जे गरे पनि भयो आखिर कार्यकर्ताले ताली बजाउन थालिहाल्छन । यस्ता छेपारे नेताहरुले देश चलाउछन अनि देसकोखनाल निरिज प्रतिक्रिया दिदै लेख्छन्,भिम रावल अहिले नेपाली राजनितीका यस्ता पात्र हुन जस्ले निखिल उप्रेतीले कान्तिपुर पब्लिकेसन्सबाट हाम फालेको भन्दा बढी स्ट्न्ट गर्छन, जस्ले सबै मिडियाको ध्यानाकर्षण गराउछ्न त्यो भन्दा बढी कै हैन।

 

गोकर्ण गुरागाई लेख्छन्, अप्ठ्यारोमा आफुलाई बचाउने हतकण्डा मत पनि दिनुनपर्ने,गुट पनि चेन्ज गर्नु परेको त्यसै डाक्टर भका हुन् र हाम्रा सुदूरपश्चिम रावल जी।

 

शरद न्यौपानको प्रतिक्रिया यस्तो छ, यिनीहरुका घृणित हर्कत देखेर लाज आफैं लजाईसक्यो ।सीताराम कार्की लेख्छन्, यिनको राजीनामाले मुलुकलाई हुने घाटा के थियो र ? बहाली हुँदा फाइदै के थियो रु घुर्कीको राजनीति ।

 

द्धारिका करनजीत भन्छन्, सदर होस भन्ने चाहनाको साथ दिएको राजीनामा भए पो ? बाँदर घुर्की लाएर गरेको नाटक ।

 

ठगेन्द्र मगर भन्छन्, भीम रावलका पहिलेका गतिविधि लाई हेर्दा राम्रो र भविष्यका एउटा आश लाग्दा नेताको रूपमा जनताले हेरेका थिए । तर यिनले पनि आफ्नो औकात देखाई हाले । नाटक मञ्चन नै गर्नु थियो त पहिल्यै गरेकोभा हुन्थ्यो। गुमराहमा किन पार्नु अझै धेरै नाटक हेर्न पाइन्थ्यो त ?

 

यद्दपि रावल समर्थित नेकपा एमालेका नेताहरुले राजिनामा फिर्ताको स्वागत गरेका छन् । सुदूरपश्चिमका कतिपय सांसदहरुले त रावलले राजिनामा फिर्ता नलिए आफूहरुले पनि पदबाट राजिनामा दिने घुर्की समेत दिएको बताईन्छ बिकास पनि के होस र ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय