बिहिबार , चैत्र १५, २०८०

काठमाडौँ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ (राई) यत्तिबेला उनको कामका कारण चर्चामा छ । जति चर्चा हुने काम सक्रिय छन् उती नै उनी सामाजिक सञ्जालमा पनि सक्रिय हुन्छन् ।

 

दैनिक १० भन्दा बढी स्टाटस आफैले पोस्ट गरिरहेका हुन्छन् । आफुलाई लागेको कुरा तथा धरान उपमहानगरपालिकाबाट हुने कामको बारे उनले स्टाटस लेख्ने गरेका हुन्छन् ।

 

मेयर हर्क साम्पाङले नयाँ योजनालाई अगाडी सारेका छन् । साम्पाङले धराने जनतालाई ठूलो राहत दिने गरी नयाँ योजना अगाडी सारेका हुन् ।

 

उनले धरानका डाँडामा सरसर बहने हावाबाट विजुली निकालेर धरानलाई उज्यालो बनाउने योजना अगाडी सारेका हुन् ।

 

हिउँदमा खोलाको पानी सुकेर बत्ति बाल्न नपाउने जनताका लागि साम्पाङले यो योजना ल्याएका हुन् ।

 

यो योजनाबारे जानकारी दिदै मेयर साम्पाङले सामाजिक संजाल पोस्ट गरेका छन् । उनले आफ्नौ अफिसियल फेकबुकमा लेखेका छन्, ‘हिउँदमा खोलाको पानी कम भए पनि डाँडामा बहने हावा सरररर…हुन्छ ! त्यही हावाबाट बिजुली निकाल्ने हो ! त्यसको परीक्षण पनि गर्नेछौँ ! अहिले पानीबाट निकाल्न लागेका छौँ ! जय धरान !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय