बिहिबार , बैसाख १३, २०८१

काठमाडौं । नेपाली राजनीतिमा पदकै लागि आफ्ना नेतालाई तथानाम भन्ने, खुइल्याउने, अपमान गर्ने र पार्टी नै छाड्ने प्रवृति मौल्याउदै गएको छ । यसको तात्तातो दृष्टान्त बनेकी छन् माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्री ।

 

माधव नेपालको हात तानेर उहिले नेकपा एमाले फुटाउन मेनरोल खेलेकी झाक्री अहिले उनै माधव नेपाललाई लात हानिरहेकी छन् । यसैबीच, दिनदिनै अपमान र खुइल्याउने काम झाक्रीले नरोकेपछि माधव नेपाल एक्सनमा उत्रिएका छन् । झाक्रीलाई अनुशासनको डण्डा चलाउने तयारी नेपालको छ ।

 

नेकपा (एकीकृत समाजवादी) ले नेतृ तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई कारबाही गर्ने तयारी गरेको छ । पार्टीको विधानविपरित झाँक्रीले अभिव्यक्ति दिएको भन्दै उनलाई अनुशासनको कारबाही गर्न लागिएको पार्टीनिकट उच्च स्रोतले जनाएको छ ।

 

पछिल्लो समय झाँक्रीको पार्टीका शीर्ष नेताहरुसँग पानी बाराबारको सम्बन्ध छ । कतिपयले भने उनी अब एमाले फर्कने तयारीमा रहेको पनि बताउन थालेका छन् । अध्यक्ष माधव नेपालसँग पनि उनको बोलचाल बन्द छ । हिजोमात्रै अध्यक्ष नेपाल र सम्मानि नेता झलनाथ खनालले नेतृ झाँक्रीबारे छलफल गरेका थिए ।

 

उनीहरुले झँक्रीको व्यवहार यस्तै कायम रह्यो र पार्टीको हितविपरित अभिव्यक्ति दिए अनुशासनको कारबाही गर्नेसम्मको तयारी गरेको स्रोतको दाबी छ । झाँक्रीलाई मन्त्री बनाउनको लागि अध्यक्ष नेपालले नै ठूलो भूमिका खेलेका थिए । मन्त्री बनेपछि झाँक्रीको अध्यक्ष नेपालसँग राम्रौ सम्बन्ध थियो ।

 

तर, मन्त्रीबाट हटाउने निर्णय गरेपछि भने उनी अध्यक्ष नेपालसँग रुष्ट बनेको बताईन्छ । उनले आफूहरुलाई एक वचन पनि नसोधी अध्यक्षले अपमानजनक रुपमा मन्त्रीबाट फिर्ता बोलाएको भनेर सार्वजनिक रुपमै नेतृत्वको आलोचना गरेकी थिईन् ।

 

 

 

माधव नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय