बिहिबार , बैसाख १३, २०८१

चुनावी लेखाजोखा : सत्ता गठबन्धन मिले झापामा ओलीलाई चुनाव जित्न मुस्किल (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

२३ श्रावण २०७९, काठमाडौं ।

 

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यसअघि झैं झापा निर्वाचन क्षेत्र नं. ५ बाटै चुनाव लड्ने तयारीमा छन् । चुनावी माहोल बनाउनकै निम्ति ओलीको झापा दौडाहा बाक्लिएको छ ।

 

२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट विजयी ओलीले प्रतिद्वन्द्वीले भन्दा २८ हजार ८४२ बढी ल्याएका थिए ।

 

तत्कालिन समय ५७ हजार १३९ मत ल्याएर ओली विजयी हुँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २८ हजार २९७ मत ल्याएका थिए ।

 

तर, यसपटकको चुनाव ओलीका निम्ति सहज देखिँदैन । स्थानीय तहको निर्वाचनमा ओलीको क्षेत्र नं. ५ अन्तर्गतका चार स्थानीय तहमध्ये एक स्थानीय तहको नेतृत्वमा मात्रै एमाले विजयी भएको थियो । गठबन्धन बन्दा एमाले ओलीकै गृहपालिका दमक नगरपालिकामा पनि हारेको थियो ।

 

गठबन्धन बने मुस्किल

 

पाँच दलीय सत्ता गठबन्धन प्रतिनिधि सभा र प्रदेशसभामा एकमुष्ट गठबन्धन बनाएर चुनाव लड्ने तयारीमा छन् । झापामा पनि दलहरुले गठबन्धन बनाएरै चुनाव लड्ने तयारी गरेका छन् ।

 

स्थानीय तहको निर्वाचनमा झापाको निर्वाचन क्षेत्र नं. ५ अन्तर्गतका चार मध्ये एक पालिकामा मात्रै एमालेले नेतृत्व जितेको थियो ।

 

क्षेत्र नं. ५ अन्तर्गतका कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका र दमक नगरपालिकामा एमालेले हार व्यहोरेको थियो । एमालेले चारमध्ये गौरादह नगरपालिकाको नेतृत्व मात्रै जितेको थियो ।

 

०७४ को निर्वाचनमा एमाले र माओवादी केन्द्र वाम गठबन्धन बनाएर चुनावी मैदानमा गएका थिए । तत्कालिन समय ओलीले ल्याएको मत एमाले एक्लैको नभई वाम गठबन्धनको समेत मत थियो ।

 

तर, अहिले पाँच दलीय गठबन्धन एकातिर र विभाजित एमाले अर्कोतिर छ । जसको असर अध्यक्ष ओलीलाई चुनावी मैदानमा पर्ने निश्चित छ ।

 

एमालेबाट विभाजित बनेर गठन भएको एकीकृत समाजवादीको संगठन पनि झापामा राम्रै देखिन्छ । जसले स्थानीय तहको निर्वाचनमा केही वडाहरुको नेतृत्वसमेत जितेको थियो ।

 

यो पनि हेर्नुहोस, निर्वाचनका लागि नेपाल प्रहरी र सशस्त्रमा एआईजी नेतृत्वको सेल

 

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी थालेको छ ।

 

त्यसका लागि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल बनाएको छ ।

 

थापाको नेतृत्वमा रहेको सेलमा मानवस्रोत तथा प्रशासन, सञ्चार, कम्युटरलगायत अधिकृतहरु पनि सदस्य छन् । सेलले निर्वाचनका लागि आवश्यक पूर्वतयारी गर्ने केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

 

उनका अनुसार सेल नै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा योजना बनाउनेछ । त्यसलाई गृह मन्त्रालयमा पेश गरिनेछ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।

 

सशस्त्र प्रहरी बलमा पनि महानिरीक्षक (आईजीपी) राजु अर्यालले कार्य तथा सीमा सुरक्षा विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् ।

 

सशस्त्र प्रहरी प्रवक्ता विदुर खड्काका अनुसार सेलले निर्वाचनका लागि जनशक्ति बाँडफाट, निर्वाचन सुरुक्षा तयारी, निर्वाचित लक्षित शान्ति सुरक्षा व्यवस्थापन लगायतका काम गर्नेछ ।

 

निर्वाचनका लागि आवश्यक सामग्री र उपकरणका विषयमा पनि सेल नै अध्ययन गर्नेछ । दुवै प्रहरी संगठनको केन्द्रीय निर्वाचन सेलले प्रदेश र जिल्लामा निर्वाचन सेल गठन गर्न पनि सहजिकरण गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय