बिहिबार , चैत्र १५, २०८०

एमालेको चुनाव चिन्ह सूर्य नरहने – अदालतमा राप्रपाको गाई चिन्हबारेको विषय पुगेमा एमालेको सूर्य चिन्हबारे पनि फैसला हुनसक्छ । गाई राष्ट्रिय जनावर हो भने सूर्य राष्ट्रिय झण्डामा अंकित चिन्ह हो । आयोगको पत्रलाई आधार मान्दा यी दुवै चिन्ह प्रयोग गर्न नपाइने स्थिति छ । गरेको भए पुनरावलोकन गर्नुपर्ने आयोगको भनाई छ । (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस)

 

प्रकाशित मिति । २३ साउन, २०७९ ।

 

काठमाडौं । नेकपा एमालेभित्र सूर्य चिन्ह खारेज गर्न खोजिएको भन्दै खैलाबैला भएको छ । निर्वाचन आयोगले नै राष्ट्रिय झण्डालगायत राष्ट्रिय पहिचान बोकेका चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने निर्णय कार्यान्वयन गर्न खोजेपछि सूर्य चिन्ह समेत तारोमा परेको भन्दै खैलाबैला भएको छ ।

 

रिपोर्टर्स नेपालले एमालेको चुनाव चिन्ह सूर्य नरहने शिर्षकमा तथ्यसहित समाचार प्रकाशित गरेको छ । समाचारमा यो विषय अब अदालतले छिनोफानो गर्ने अवस्था विकास हुँदै गएको समेत उल्लेख छ ।

 

एमाले वृत्तमा सूर्य चिन्ह खारेज गर्न खोजिएको भन्दै छलफलहरु चल्न थालेको छ । एमालेका एक नेताले रिपोर्टर्स नेपाललाई आफूहरु गम्भीर भइसकेको बताएका छन् ।

 

विशेषगरी २ माघमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगलाई लेखेको पत्रले तरंग ल्याइदिएको हो । निर्वाचन आयोगको उक्त पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ ।

 

आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ । यो विषय पनि अदालतमा जाने भएको छ ।

 

अदालतमा राप्रपाको गाई चिन्हबारेको विषय पुगेमा एमालेको सूर्य चिन्हबारे पनि फैसला हुनसक्छ । गाई राष्ट्रिय जनावर हो भने सूर्य राष्ट्रिय झण्डामा अंकित चिन्ह हो । आयोगको पत्रलाई आधार मान्दा यी दुवै चिन्ह प्रयोग गर्न नपाइने स्थिति छ । गरेको भए पुनरावलोकन गर्नुपर्ने आयोगको भनाई छ ।

 

गाई चुनाव चिन्हबारे अन्तरिम आदेशले तरङ्ग, एमालेको सूर्य चिन्ह नरहनसक्ने

 

काठमाडौं । सर्वोच्च अदालतले गाई चुनाव चिन्ह कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो ।

 

गाई राष्ट्रिय जनावर भएकाले चुनाव चिन्ह् दिन नमिल्ने गरी सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो । कमल थापा नेतृत्वको राप्रपा नेपालले गाई चिन्ह् माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएपनि नमिल्ने पत्र लेखेपछि सर्वोच्चमा रिट दिएको थियो । सर्वोच्चले एक हप्ताभित्र पूर्ण सुनुवाईमा पेश गर्न समेत आदेश दिएको छ ।

 

निर्वाचन आयोगले २ माघ २०७८ मा पत्र लेख्दै राप्रपालाई गाई चिन्ह हटाउन भनेको थियो । राप्रपाले हलो चिन्ह लिइसकेको छ । राप्रपालाई लेखेको पत्रमा,‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ निर्णयबारे उल्लेख गरेको थियो ।

 

आयोगले गाई चिन्ह दिन नमिल्ने गरी राप्रपा नेपाललाई पत्र लेखेकोमा सर्वोच्चले आज अन्तरिम आदेश जारी गरेको छ । अर्को हप्ता पूर्ण सुनुवाई हुने पक्का भइसकेको छ । यो आदेशले राजनीतिमा नयाँ तरङ्ग पैदा भइसकेको छ । यसको असर एमालेको चुनाव चिन्ह सूर्यमा पनि पर्नसक्ने देखिएको छ ।

 

सर्वोच्चको फैसलाले एमालेको सूर्य चिन्ह रहने या नरहने भन्नेमा पनि असर गर्न सक्छ । गाई चिन्हबारे निर्णयको नजिर सूर्य चिन्हमा पनि लागू हुनसक्छ किनभने निर्वाचन आयोगले गरेको निर्णयबमोजिम नेपालको पहिचान बोकेको चिन्ह कुनैपनि दलको चुनाव चिन्ह हुनसक्दैन र सूर्य राष्ट्रिय झण्डामा अंकित छ ।

 

सर्वोच्चले गाई चिन्ह दिन नमिल्ने गरी पूर्ण सुनुवाईपछि फैसला गर्दा सूर्य चिन्हमा पनि असर पर्न सक्छ ।

 

सूर्यमाथि आक्रमण हुनलागेको भन्दै एमालेभित्र खैलाबैला

 

काठमाडौं । नेकपा एमालेभित्र सूर्य चिन्ह खारेज गर्न खोजिएको भन्दै खैलाबैला भएको छ । निर्वाचन आयोगले नै राष्ट्रियझण्डालगायत राष्ट्रिय पहिचान बोकेका चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने निर्णय कार्यान्वयन गर्न खोजेपछि सूर्य चिन्ह समेत तारोमा परेको भन्दै खैलाबैला भएको छ ।

 

रिपोर्टर्स नेपालले एमालेको चुनाव चिन्ह सूर्य नरहने शिर्षकमा तथ्यसहित समाचार प्रकाशित गरेको छ । समाचारमा यो विषय अब अदालतले छिनोफानो गर्ने अवस्था विकास हुँदै गएको समेत उल्लेख छ ।

 

एमाले वृत्तमा सूर्य चिन्ह खारेज गर्न खोजिएको भन्दै छलफलहरु चल्न थालेको छ । एमालेका एक नेताले रिपोर्टर्स नेपाललाई आफूहरु गम्भीर भइसकेको बताएका छन् ।

 

विशेषगरी २ माघमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निर्वाचन आयोगलाई लेखेको पत्रले तरंग ल्याइदिएको हो । निर्वाचन आयोगको उक्त पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग सिम्रिक, राष्ट्रिय जनावर गाई, राष्ट्रिय पंक्षी डाँफे, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्वीर वा चिन्ह दललाई प्रदान नगर्ने र गरिसकिएको भए सोको पुनरावलोकन गर्ने’ भन्ने निर्णयसहित उल्लेख गरेको छ । आयोगले यसबारे २०७७ माघ ७ गते निर्णय भएको भन्दै राप्रपालाई गाई चिन्ह भएको भन्ने वाक्यांश हटाई विधानमा उल्लेख गर्न भनेको छ । यो विषय पनि अदालतमा जाने भएको छ ।

 

अदालतमा राप्रपाको गाई चिन्हबारेको विषय पुगेमा एमालेको सूर्य चिन्हबारे पनि फैसला हुनसक्छ । गाई राष्ट्रिय जनावर हो भने सूर्य राष्ट्रिय झण्डामा अंकित चिन्ह हो । आयोगको पत्रलाई आधार मान्दा यी दुवै चिन्ह प्रयोग गर्न नपाइने स्थिति छ । गरेको भए पुनरावलोकन गर्नुपर्ने आयोगको भनाई छ ।

 

संसदको चुनाव कहिले नहारेका देउवा र गच्छेदारको यसपाली के होला

 

काठमाडौं । नेपालको राजनीतिमा ६ पटक संसदको निर्वाचन जित्ने दुईमात्र नेता छन् । उनीहरु हुन् शेरबहादुर देउवा र विजयकुमार गच्छेदार । दुवै हाल नेपाली काँग्रेसका हुन् ।

 

देउवाले २०४८ सालयता डडेलधुराबाट प्रत्यक्षतर्फ चुनाव जित्दै आएका छन् । उनले एकपटक डडेलधुरा र कैलालीबाट पनि चुनाव जितेका थिए ।

 

विजयकुमार गच्छेदारले सुनसरीबाट चुनाव जित्दै आएका छन् । गच्छेदारले तीन पटक नेपाली काँग्रेस र तीन पटक मधेशवादी दलबाट चुनाव जिते । संविधान सभा अघि गच्छेदारले काँग्रेसबाट चुनाव जितेका थिए । त्यसपछि मधेशवादी दलमा आवद्ध भएर चुनाव जिते ।

 

देउवा र गच्छेदार मात्र नेपालको इतिहासमा ६ पटक लगातार संसदको चुनाव जित्ने नेताहरु हुन् । जनतामाझ भिजेका र बलियो संगठन रहेकाले पनि दुवैले चुनाव जित्दै आएका हुन् । राजनीतिमा रणनीतिक चार्तुयता पनि देखिन्छ उनीहरुमा ।

 

देउवाको डडेलधुरामा बलियो पकड छ । ८० टेक्न लागेका बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवा फेरि पनि डडेलधुराबाट चुनाव लड्ने चर्चा छ । ५ पटक प्रधानमन्त्री भइसकेका देउवा ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने गर्छन् । उनी सातौं पटक चुनाव जित्ने तयारीमा भने पक्कै छन् ।

 

गच्छेदार सुनसरीबाट चुनाव लड्ने चर्चा छ । उनको चुनावी क्षेत्र त्यही हो । थारु समुदायमा गच्छेदारको बलियो पकड छ । उनी पटक पटक मन्त्री भइसकेका छन् । उपप्रधानमन्त्रीसहित गृह, भौतिक जस्ता शक्तिशाली मन्त्रालय सम्हालेको इतिहास छ । गच्छेदार सातौंपटक चुनाव जितेर इतिहास रच्ने दाउमा छन् ।

 

देउवालाई यसपटकको प्रतिनिधि सभाको निर्वाचन कठिन भने हुनसक्छ । वृद्धावस्थाको हुनु, डडेलधुरामा नयाँ पीढीका युवाहरुको उदय हुनुले पनि देउवालाई चुनौती बढेको हो । तर, शक्तिमा लामो समय बसिसकेकाले उनलाई हराउन सजिलो छेन । नयाँ पुस्तामाझ देउवा लोकप्रीय नहुनुले परिस्थिति उल्टन सक्छ ।

 

गच्छेदार पनि वृद्धावस्थाका छन् । उनी नयाँ पुस्तामाझ लोकप्रीय छैनन् । यो उनका लागि चुनावी चुनौती बन्न सक्छ । तर, लामो राजनीतिक अनुभव भएकाले गच्छेदारलाई पराजित गर्न सजिलो छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय