बिहिबार , बैसाख १३, २०८१

रौतहट, साउन २३ ।

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारमा छिमेकी मुलुक भारतसँग दोहोरो संबाद गर्ने क्षमता नभएको बताएका छन ।

 

रौतहटको गौरमा आज आयोजित बृहत पार्टी प्रवेश कार्यक्रम तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

 

हरेक बर्ष बर्षाका समयमा गौरलगायत सीमा क्षेत्र डुबान पर्दै आएको अवस्थामा यो सरकारले भारतसँग दोहोरो संवाद गरेर सीमा क्षेत्रको ड्याम हटाउन नसक्ने उहाँले बताउनु भयो ।

 

एमालेका अध्यक्ष ओलीले तराई मधेशका जिल्लाहरु बर्षेणी कटान, डुवान र बाढीको समस्या झेल्दै आउँदा आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दा समाधान गर्ने आवश्वास दिएपनि अहिलेको सरकारले कुनै वास्ता नगरेको तथ्य खोल्नुभयो ।

 

‘भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी समक्ष सिमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भूभाग डुवान परिरहेको हुँदा त्यसको स्थायी रुपमा सधान गर्न पहल गर्ने थिएँ तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुवानमै परेर समस्या झेल्नु परेको छ,’ ओलीले भन्नुभयो ।

 

 

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।

 

‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले बैठकमा भएको छलफलबारे जानकारी दिँदै राजधानीसँग भने ।

 

बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुने’ जानकारी गराएका छन् । त्यसक्रममा देउवाले ‘विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँट निर्णय हुने’ जवाफ दिएका छन् ।

 

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय